होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • सेनाका हाकिमले नै तिर्दैनन् इन्धनको पैसा !
पत्रपत्रिका

सेनाका हाकिमले नै तिर्दैनन् इन्धनको पैसा !

  • नागरिक रैबार
सेनाका हाकिमले नै तिर्दैनन् इन्धनको पैसा !

२१ कात्तिक, काठमाडौं । नेपाली सेनाले सञ्चालन गरेको पेट्रोल पम्पमा सेनाकै उच्च अधिकारीले इन्धनको रकम नतिरेको पाइएको छ ।

भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलस्टेशनमा ३० जना सेनाका अधिकारीहरुले ईन्धनको रकम नतिरेको भनी सूचना टाँस गरिएको छ । उनीहरुले गत असोज महिनासम्मको सहुलियतमा पाउने इन्धन प्रयोग गरेर पनि थप इन्धनको रकम नतिरेको सूचनामा जनाइएको छ ।

इन्धनको पैसा नतिर्ने सेनाका अधिकारीहरुमा उपरथी सरोजप्रताप रााणा, सहायक रथी ईश्वरकान्त मैनाली, दीपक कुमार बानियाँ, अंशबहादुर तामाङ, प्रावधिक सहायक रथी अरुणा राई, सूर्यराज शर्मा छन् ।

विज्ञापन

यस्तै महासेनानी मदनकुमार केसी, खुमबहादुर कुँवर, ज्योतिन्द्र महत, अनिल सिंह, सानुकाजी थापा, प्रकाशबहादुर चन्द, पुरन घले, कमल बानियाँ, राजेन्द्र सुनुवार, राजाराम बस्नेत, किरण श्रेष्ठले पनि सहुलितय रकमको समेत इन्धन लिइसकेर उधारो इन्धन लिएका छन् । यस्तै, प्रावधिक महासेनानी सजिव घिमिरे र राजेश शाहलाई पनि इन्धनको रकम तिर्न बाँकी देखिएको छ ।

३० जनाले तिर्नुपर्ने कुल रकम ४ लाख ३६ हजार ३६ रुपैंया रहेको छ । सूचनामा कसको कति रकम बाँकी छ भनेर पनि उल्लेख गरिएको छ । उनीहरुलई उधारो रकम नतिरेसम्म इन्धन नदिन सूचनामा जनाइएको छ । साभार अनलाइन खबरबाट 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै