होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • कार्ड अनिवार्य भएपछि गौमुलमा मदिरा सेवन कर्ता घटे
Breaking News

कार्ड अनिवार्य भएपछि गौमुलमा मदिरा सेवन कर्ता घटे

  • नागरिक रैबार
कार्ड अनिवार्य भएपछि गौमुलमा मदिरा सेवन कर्ता घटे

रमित विक/भदौ २० बाजुरा।बाजुराको गौमुल गाउँपालिकाले थालेको मदिरा व्यवस्थापनको काम प्रभावकारी बनेको छ ।
गाउँपालिकाले मदिरा सेवनका लागि कार्ड अनिवार्य गरेपछि, मदिरा विक्रि वितरण र सेवन गर्नेहरु उल्लेख्य मात्रामा घटेका छन् । गौमुल–६ सटेडाका गोरे मिजारको उमेर ५० वर्ष पुग्यो । उहाँले जाँड रक्सी खान छोडेको ६ महिना भयो ।

त्यसअघि रक्सी खानकै लागि मिजारले श्रीमतिका गहना देखि जग्गा समेत बेच्नु परेको थियो । गौमुल गाउँपालिकाले मदिरा सेवनका लागि कार्ड अनिवार्य गरेपछि मिजारको बानी मात्रै सुध्रिएन, घर परिवारसँगको सम्बन्ध पनि राम्रो भयो ।
गाउँपालिकाले मदिरा सेवनकर्ताको हकमा अनिवार्य कार्ड बनाउनु पर्ने र खाँदा साथमा बोक्नु पर्ने प्रावधान ल्याएको छ । गाउँपालिकाले यस्तो नीति ल्याएपछि सुरुमा धेरैले मदिरा कार्ड बनाए ।

तर कार्ड घाँटीमा झुन्डाएर हिड्दा मानिसहरुले जँड्याहा भन्न थालेपछि जाँडरक्सी खान छोड्नेहरु बढेका छन् । गौमुल १ का रामबहादुर रोकाया गाउँपालिकाले यो कानुन ल्याएपछि स्वास्थ्य सँगै आर्थिक रुपमा पनि सकारात्मक परिवर्तन आएको बताउनुहुन्छ । गौमुल गाउँपालिकाले मदिरा कार्ड विना मदिरा सेवन गर्नेलाई १५ हजार जरिवाना लिने गरेको छ । ५ सय तिरेर कार्ड लिनु पर्ने र प्रत्येक वर्ष नविकरण गर्नु पर्ने प्रावधान पनि राखेको छ ।

विज्ञापन

गाउँपालिकाको यस्तो नीतिले मदिरा सेवन गर्नेहरु घटेको बताउनुहुन्छ, गौमुल २ का भरत धामी । गाउँपालिकाले मदिरा सेवन गर्नेहरुको सूची राख्न थालेपछि धेरै जसो कर्मचारी र शिक्षकले मदिरा सेवन गर्न छाडेका छन् ।
पहिलो वर्ष १ हजार ३ सय ५४ जनाले मदिरा सेवन कार्ड बनाएका थिए । तर यो वर्ष भदौ १६ गतेसम्म ३ सय ७७ जनाले मात्रै नविकरण गरेका गाउँपालिकाका प्रशासन सहायक गणेश रोकायाले बताउनुभयो ।

अघिल्लो वर्ष मदिरा कार्ड लिनेमा शिक्षक र कर्मचारी बढि थिए, यो वर्ष उनीहरु कसैले पनि नविकरण गरेका छैनन् । पछिल्लो एक वर्ष यता महिला हिंसा, गाली बेइज्जती र आपसी विवादका घटनामा कमी आएको स्थानीयले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै