गायक तथा संगीतकार हिमेश रेसमिया ‘इंडियल आइडल ११’ को नयाँ जज बनेका छन् । उनी शो मा अनु मलिकको स्थानमा आएका हुन् ।
मी टुको आरोप लागेका अनु मलिक गत महिना अनु मलिक शोबाट बाहिर भएका थिए । अहिले शोमा जजको रुपमा नेहा कक्कड र विशाल ददलानी रहिरहेका छन् । हिमेशसँगको एक कुराकानीमा इंडियन आइडलको जज रुपमा अनुबन्धित भएको स्वीकार गरेका छन् ।
हिमेशले भनेका छन्, ‘म ‘सुपरस्टार सिंगर’ नामक शो को एक हिस्सा थिएँ । अब म ‘इंडियल आइडल’सँग हुनेछ । यो भारतको सबैभन्दा लामो रियालिटी शो मात्र नभएर आइकोनिक शो पनि हो ।’
उनले आफू शो को हिस्सा बन्न पाएकोमा शुसी व्यक्त गरेका छन् । उनले आफ्नो जिम्मेवारी दुई गुणा बढेको बताएका छन् । शुरुवातदेखि नै पछ्याउँदै आएको बताएका हिमेशले शो मा कैयौँ अभूतपूर्व गायक गायिकाहरु भएको उल्लेख गरेका छन् । अनु मलिक नोभेम्बरमा शोबाट बाहिरिइका थिए ।
फेसबुक प्रतिक्रियाहरु