होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दशै मनाउन अपाङग परिवारलाई खाद्यन्न सहयोग
समाचार

दशै मनाउन अपाङग परिवारलाई खाद्यन्न सहयोग

  • नागरिक रैबार
दशै मनाउन अपाङग परिवारलाई खाद्यन्न सहयोग

नागरिक रैबार/बाजुरा १५ असाेज। जिल्ला प्रहरी कार्यालय बाजुराले दशैं मनाउनका लागि अपाङ्ग दम्पति परिवारलाई आर्थिक र खाद्यन्न सामाग्री सहयोग गरेको छ ।
प्रहरीले दशैंको अवसर पारी जिल्लाको बडिमालिका नगरपालिका वडा नं. ९ मार्तडी घर भएका शारीरीक रुपमा अपाङ्ग दम्पतिं दान बहादुर खत्री र उनकी धर्म पत्नी पार्वती थापाको परिवारलाई दशै मनाउनका लागि खाद्यन्न र लत्ता कपडा किन्न आर्थिक सहयोग गरेको हो ।


अपाङ्ग दम्पति परिवारलाई सहयोग स्वरुप रकम ६ हजार पाचँ सय र ५० किलो चामल ५ किलो दाल र ५ लिटर तेल उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाटले बताए ।
प्रहरीको सहयोगार्थ खाद्यन्न र नगद बुझ्दै अपाङ्ग दान बहादुर खत्रीले भने प्रहरीले गरेको यो सहयोगले मेरो परिवारलाई दशैं मनाउनका लागि ठुलो राहत भएको छ ।

आफु अपाङ्ग श्रीमती दृष्टीबिहीन साना छोराछोरी छन् यस वर्षको दशै कसरी मनाउला भन्ने सोचेको थिए प्रहरीले आर्थिक र खाद्यन्न सहयोग गर्यो उनले खुसी व्यक्त गर्दै उनले भने ।
जिल्ला प्रहरी कार्यालय बाजुराले पछिल्लो समयमा जनताको जीउधनको सुरक्षा मात्र नभई जिल्लामा रहेका दिनदुखी गरिवहरुको लागि आर्थिक तथा भौतिक सहयोग गर्दै आईरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै