होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरामा तीजः शहरमा नाचगान, गाउँमा सुनशान
समाज

बाजुरामा तीजः शहरमा नाचगान, गाउँमा सुनशान

गाउँमा तीज आयो, गयो भन्ने थाहै हुँदैन्

  • नागरिक रैबार
बाजुरामा तीजः शहरमा नाचगान, गाउँमा सुनशान

प्रमित विक/बाजुरा १६ भदाै । यतिबेला जिल्लाका अधिकाँस शहरमा महिलाहरुले तीजको अवसरमा नाचगान गर्नुका साथै तीजको दर स्वरुप मिठा मिठा खानेकुराहरु खाएर रमाईरहेका छन् ।
जिल्लाको सदरमुकाम मार्तडी, कोल्टीबजार, बाम्का बजार र बेतालमाण्डौं बजारमा महिलाहरूले हर्षोल्लासका साथ तीज मनाईरहेका छन् । तर जिल्लाकै अति दुर्गममा रहेका महिलाहरुलाई तीज भनेको के हो ? तीज कसरी मनाउन्छन् थाहा छैन् उनीहरुलाई भने मात्र आफ्नो घरको कामको चटारो छ ।
शहरकी महिला यतिखेर रातो सारीमा चिटिक्क सजिएर तिजको भाकामा नाच्दै छन् । कोही मन्दिरमा पुजा गर्दै छन् कोही तीजको उपलक्ष्यमा मिठा मिठा खानेकुराहरु खाईरहेका छन् ।
तर गाउँकी महिला भने हातमा कोदाली, हसिया, समातेर खेतबारीमा काम गर्न दौडी रहेका देखिन्न्छन् त कोही महिला गिट्टी कुट्दै छन् बन पाखामा घाँस दाउरा काट्दै भेटिन्छन् ।
गौमुल गाउँपालिका वडा नं. ६ बाम्नीकी डल्ली वि.क भन्छिन् गाउँघरमा कुन चाडपर्व कतिबेला आउँछे, कतिवेला जान्छ भन्ने पत्तै हुदैन् । रेडियोले भनेपछि हामी गाउँघरका महिलाहरुलाई थाहा हुन्छ ।
गाउँकी कतिपय महिलाहरुलाई यो पर्व मनाउनु पर्छ भन्ने थाहा भएपनि रमाउन रहर हुँदा हुदै गाउँघरको चलन चल्ती र दबाबले गर्दा थाहैँ छैन् भन्नु पर्ने बाध्यता महिलालाई छ । गाउँमा शहरको जस्तै गरी महिला नाच्ने हो भने एक अर्काको कुरा काट्ने भेटिन्छन् ।
स्वयं आफ्नै श्रीमानबाट पनि कतिपय महिला अपहेलीत भएका पाइन्छन् । महिला अधिकारका जति नारा लगाए पनि अझैँ कतिपय स्थानीयले भने तीज पर्व केहो बुझेका छैन् । गाउँघरमा महिला कामको चटारोमा छन् । यतिखेर पहाडी भेगका महिला खेतमा कोदो, धान गोडमेल गर्न बेस्त छन् ।
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । तर गाउँघरकी महिला कामको चटारोमा हुन्छन् । यो पर्व भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार