होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • स्वामीकार्तिकमा स्याउ रोपेको चार महिनामै फलेपछि किसान चकित
Breaking News

स्वामीकार्तिकमा स्याउ रोपेको चार महिनामै फलेपछि किसान चकित

  • नागरिक रैबार
स्वामीकार्तिकमा स्याउ रोपेको चार महिनामै फलेपछि किसान चकित

अनिल शाही/बाजुरा १७ असार । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला प्राथमिक विद्यालयमा परिक्षण स्वरुप लगाइएका उच्च घनत्वको स्याउ यसै बर्ष फलेको छ । विद्यालयको क्षेत्रमा गत चैत्र महिनामा लगाईएका १ हजार बोट स्याउ फल्न थालेको बताइएको छ । गाउँपालिकाले एक बर्षमै फल्ने स्याउको परिक्षण स्वरुप यो बर्ष मनाङ्गबाट ल्याइएका सो स्याउ फल्न थालेका हुन ।

यसै बर्षको गत चैत्र महिनामा रोपिएका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि साखाका जेटिए निरेश कट्टेलले जानकारी दिएका छन् । सो स्थानमा फुजी, गाला र गोल्डेन जातको उच्च घनत्वको स्याउ फल्न थालेको हो । लगाइएको तीन जात मध्य गोल्डेन र गाला जातको स्याउ फलेको जेटिए कट्टेलले जानकारी दिएका छन् ।

प्रतिबोटको झण्डै ११ सय रुपैया पर्ने सो स्याउ एग्रो मनाङ्ग संग समन्वय गरी इटालीबाट ल्याइएको गाउपालिकाले जनाएको छ । गाउँपालिकाले हाल स्याउ, दाँते ओखर, आपँ, अनार, जैतुन, लिची लगायत सुख्खा ठाउँमा हुने फलफूललाई प्राथमिकता दिएर हाल स्वामीकार्तिक खापर गाउँपालिकाको देउरा क्षेत्रमा रोपिएको जनाइएको छ ।

विज्ञापन

कर्णाली करिडोरको बाटो खुले संगै गाउँपालिकाले फलफूल खेतीलाई जोड दिदै माटो र ठाउँ अनुसार फलफूल खेतीलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले बताएका छन् ।। स्वामीकार्तिक गाउँपालिकामा सो फलपूmल सफल भए आगामी दिनमा थप विस्तार गर्ने तयारी गरेको जनाइएको छ । त्यस्तै बाजुराको गौमुल गाउँपािलकामा समेत सोहि प्रजातिको स्याउ पलेको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताएका छन् । स्याउ लगाएको ४ महिनामै फले पछि आगामिदिनमा समेत सहि प्रजातिका स्याउलगाउने तर्फ किसानहरु जागरुप भएको जुकोटका कपुर बहादुर शाहीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
Breaking News
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि