होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एसीसी यू-१६ : उपाधि बिजेता नेपाली टोली स्वदेश फिर्ता
समाचार

एसीसी यू-१६ : उपाधि बिजेता नेपाली टोली स्वदेश फिर्ता

  • नागरिक रैबार
एसीसी यू-१६ : उपाधि बिजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं, बैशाख १६

एसीसी यू–१६ एशिया पूर्वी क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । थाइल्याण्डमा सम्पन्न प्रतियोगिताको उपाधि जितेको नेपाली टोली सोमबार स्वदेश फर्किएको हो ।

थाइल्याण्डको चियाङमाईमा आइतबार मलेसियालाई पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको थियो । फाइनलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गरेको थियो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार बिष्ट, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा लगायतले स्वागत गरेका थिए । प्रतियोगितामा नेपाल सत प्रतिशत जित निकाल्न सफल भएको थियो । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार