होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । उपचुनाव हुने दुवै जिल्ला समन्वय समिति सभापति नेपाली कांग्रेसले सुरक्षित गर्ने पक्का भएको छ । ओखलढुंगा र कैलालीमा जिसस सभापतिका लागि उपचुनाव हुँदैछ । दुवै जिल्लाको सभापति पदमा एमालेले समर्थन गरेको छ । जिसस सभापतिका लागि ओखलढुंगामा कांग्रेस एक्लैको बहुमत छ । ८ पालिका रहेको ओखलढुंगामा कांग्रेससँग ९ जना (स्वतन्त्र जितेको एक पनि […]
नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ५ दलले उम्मेदवारी दर्ता गराएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको निर्वचान अधिकृतको कार्यालयमा आईतबार विभिन्न ५ वटा राजनितिक दलले आज मनोनयन दर्ता गराएका हुन । गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी हुन् । त्यसैगरी […]
स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ।स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आसन्न स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । पार्टी महासचिव कञ्चनले आज एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन बहिस्कार गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । ‘विभिन्न कारणले रिक्त रहेका देशका केही स्थानीय निकायहरूमा यही मङ्सिर १६ गते उपनिर्वाचनको मिति निर्धारण गरिएको छ । यो चुनाव पनि विगतका संसदीय […]
नागरिक रैबार/बाजुरा १ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन बाजुरा आउने भएका छन् । मंसिर ३ गते बाजुराको कोल्टीबाट सूरु गरिने राप्रपाको सुदूरपश्चिम प्रदेशको यात्रा अभियानका लागि अध्यक्ष लिङ्देनको नेतृत्वमा राप्रपाका शीर्ष नेताहरु बाजुरा आउन लागेका हुन् । राप्रपाले सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा यात्रा गर्दैछ । यात्रा सोमबारदेखि बाजुराको कोल्टीबाट सुरु हुने […]
काठमाडौँ । मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुनेछ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम उपनिर्वाचन हुने […]
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् । यता, काठमाडौँको कीर्तिपुर […]
धनगढीः केन्द्रमा सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) ले आसन्न उपनिर्वाचनका निम्ति उमेदवारको टुंगो लगाएको छ। शनिबार एमालेले सुदूरपश्चिम प्रदेशभित्र स्थानीय तहमा रिक्त ५ पदमा नै उम्मेदवार हुने व्यक्तिका नाम सार्वजनिक गरेको छ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि सुलोचना कुमारी भण्डारीको नाम टुंगो लगाएको छ। यस्तै बझाङको सुर्मा गाउँपालिका–४ वडाअध्यक्ष पदका लागि लखीचन्द बोहरा, […]
काठमाडौँ । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री पाण्डेले दलकै नेता राजेन्द्र बजगाईंविरूद्ध उजुरी दर्ता गराएका छन् । मन्त्री पाण्डेले पार्टी अनुशासन समिति तथा संसदीय दलमा पार्टी नेता तथा सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दर्ता गराएका हुन् । सांसद बजगाईँले पार्टी अनुशासन र हित विरुद्ध काम […]
कात्तिक,बुटवल । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी अभियोगमा रुपन्देहीमा मुद्दा चल्ने वा नचल्ने यकिन भई नसकेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले जनाएको छ । बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा भैरहवामा तीन दिनको बयान सकिएपनि अन्य आरोपितको बयान लिएपछि मात्रै मुद्दा चल्ने नचल्ने यकिन हुने छ । अन्य आरोपितको बयानपछि रविसँग पुनः […]
नागरिक रैबार/बाजुरा २८ कार्तिक। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा ७ हजार ४ सय ६० जना मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराको अन्तिम नामावलि प्रकाशन अनुसार स्वामीकार्तिकका ५ वटा वडामा महिला र पुरुष गरेर ७ हजार ४ सय ६० जना मतदाता रहेका छन् । जसमा वडा नम्वर […]
सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् ।आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए । दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी […]
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक कोटेश्वरको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बताइएको छ । बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने सचिव दिनानाथ शर्माले जानकारी दिए । बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरुबीच तालमेल गर्ने÷नगर्ने विषयमा पनि छलफल हुने बताइएको छ […]
कास्की । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चौथो पटक अदालत उपस्थित गराइएको छ । यस अघि तीन पटकसम्म थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले पुन आज म्याद थपको माग गर्दै अदालत पेश गरेको हो । लामिछाने माथि लागेको आरोपका विषयमा बयान र अनुसन्धान सकिएपनि प्रहरीले […]
काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी मंसर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालनका लागि गठित दुई दलीय समन्वय सयन्त्रलगायत विषयमा छलफल हुने एमालेले जनाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । साथै आगामी मङ्सिर १६ गते […]
ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन्। नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल संवतको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए।उनले भने, ‘यो नेपाल संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्छ।’ प्रधानमन्त्री ओलीले माध्यमिक तहका ऐच्छिक विषयको पनि […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। नेकपा एमाले जिल्ला कमिटी बाजुराको कार्तिक १२ गते पार्टी कार्यालयमा बसेको सचिवालयको प्रथम बैठकले यस अघि जिल्ला कमिटीका बैठकले गरेका विभिन्न निर्णयहरु र कार्यसुचिहरु पारित गरेको छ । नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षता र एमाले केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाको प्रमुख आतिथ्यतामा बसेको सचिवालयको […]
काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय निर्माणको प्रयोजनार्थ मीनबहादुर गुरुङले दिएको जग्गा दानको प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सार्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दान प्रक्रिया तत्काल अघि नबढाउन भनेको हो । एमालेलाई जग्गा दान दिने निर्णय बदरको माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्चमा रिट […]
काठमाडौं– सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्याइएकाे थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी […]