होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले बुधबार मात्र नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । नेकपा एमालेमा विगत १ दशकदेखि केन्द्रीय सदस्य रहेका शाहले एकाएक एमाले छाडेर पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतकाे नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि उनकाे गृह जिल्लाबासी कार्यकर्ता निरास बनेका थिए । बाजुरामा नेकपा एमालेकाे तेस्राे वरियतामा रहेका नेता […]
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुनः प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘मतपेटिका शतप्रतिशत नै छ ।’ अन्य आवश्यक सामग्री खरिदसहितको निर्वाचन बजेट तयार भएको छ । तयार भएको […]
अछाम:राजनीतिक आडमा जिल्ला समन्वय समिति अछामको कार्यालय भित्रकै भवन अनाधिकृत व्यक्तिको कब्जामा रहेको छ। कार्यलय भित्र रहेको शौचालय सहितको भवनमा मंगलसेन नगरपालिका ५ का राजाराम भाटले ५ बर्ष देखि कब्जामा लिएका छन। सँगै रहेका अन्य भवनका कोठाहरुको अन्यले भाडा तिरिरहदाँ भाटले भने फ्रिा कोठा र ट्वाईलेट कब्जा लिएका छन् ।त्यति मात्रै होइन भाटले बिजुली समेत […]
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरुसँग छलफल गर्ने भएकी छन् । Tata Futuressoft RATOPATI PATRO बुधबार कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । बैठक भोलि अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक […]
काठमाडौँको तीनकुनेमा २०८१ चैत १५ मा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईँले छठपछि फेरी आन्दोलन गर्ने उद्घोष गरे । प्रसाईँको उद्घोषपछि उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एसएसपीहरूले छलफल गरेका छन् । कात्तिक ९ मा भएको छलफल र त्यसपछिको संवादमा प्रसाईँ आन्दोलनका कार्यक्रम पछि सार्न सहमत भएका छन् । प्रसाईँसँगको छलफलमा काठमाडौँका […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका सुरक्षाकर्मी फिर्ता भएका छन् । सरकारले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले बतायो । यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाकर्मीको दुरुपयोग रोक्ने निर्णय गरेका थिए । भ्रष्टाचारका अभियुक्तलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सुविधा दिन नमिल्ने भन्दै सुरक्षाकर्मी फिर्ता बोलाइएको गृह […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (आइतबार) पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन् । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीले पहिलो पटक पत्रकारहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “म नेपालको जुनसुकै स्थानमा जाने, रोकेर देखाउनुस्।” ओलीले वर्तमान परिस्थितिलाई अँध्यारो रहेको बताउँदै तिहारमा औँसीको रात उज्यालोले चिर्ने जस्तै देशमा पनि अँध्यारोलाई उज्यालोले […]
प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शनिबार शीतलनिवासमा भएको छलफलपछि उनले सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी हुन् । ‘फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति […]
नेपाल विद्यार्थी संघ (नेविसंघ) बाजुराले भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। नेविसंघको केन्द्रीय सर्कुलरअनुसार बाजुराले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलमार्फत अन्तरिम सरकारलाई सरकारी संरचना र नेताहरूको घर जलाउने तथा ध्वस्त पार्नेहरूविरुद्ध कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएको नेविसंघ बाजुराका अध्यक्ष जनक […]
राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास जगाउन सरकार र चारै सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन्। राष्ट्रपति भवन शितल निवासमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्री र सुरक्षा निकाय प्रमुखहरूको सहभागितामा शनिबार बसेको छलफलमा उनले राजनीतिक दल र आम नागरिकलाई चुनावप्रति आश्वस्त पार्नु सुरक्षा निकायको पहिलो दायित्व भएको […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको जावलाखेलमा जारी बैठकमा नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्न थालेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बिहीबार दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आफ्ना धारणा र सुझाव […]
जेनजी आन्दोलनपछि नेतृत्वसहित पार्टी पुनर्गठनको माग चर्किएको कांग्रेसमा सभापति शेरबहादुर देउवाले सक्रिय पदबाट बिदा लिएका छन् । उनले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकबाट उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरेसँगै देउवा अब कांग्रेसको अभिभावकीय भूमिकामा पुगेका छन् । विधान अनुसार नयाँ महाधिवेशनबाट यत्तिकै पनि देउवा तेस्रो कार्यकालका लागि सभापतिमा उठ्न पाउँदैनथे । स्वत: नेतृत्व हस्तान्तरण […]
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीबाट कुटिएपछि सार्वजनिक नभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक हुँदै छन् । आज दिउँसो १ बजे पार्टी कार्यालयमा बस्न लागेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा उपस्थित हुने कांग्रेस नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरु यो बैठकमा […]
नेकपा (एमाले) को ११औं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ। आइतबार बसेको सचिवालयको ५८औं बैठकले एमालेको ११औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार महाधिवेशनको मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्नेछ। केन्द्रीय कमिटी बैठक यही असोज २९, ३०, ३१ गते बस्दैछ। एमालेको १० औं […]
काठमाडौँ । नेकपा एमालेले जेनजी विद्रोहपछिको परिवर्तनलाई नस्वीकार्ने प्रस्ट संकेत गरेको छ । यसको संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरको गुण्डुबाट गर्जनभावका साथ दिएका हुन् ।जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको सुरक्षामा केही दिन बसेपछि भक्तपुरको गुण्डु सरेका ओलीले झण्डै एक महिनापछि जेनजी विद्रोहपछिको परिवर्तन नस्वीकार्ने उद्घोष गरेका […]
धरानका मेयर हर्कराज साम्पाङले ‘श्रम संस्कृति पार्टी’को झण्डा नहुने बताएका छन्। उनले पार्टीमा चुनाव चिह्न मात्रै रहने र झण्डा प्रयोग नगर्ने स्पष्ट पारेका हुन्। साम्पाङका अनुसार पार्टीमा ‘कार्यकर्ता’ भन्ने शब्द प्रयोग हुने छैन। बरु, सबै सदस्यलाई ‘श्रमदाता’ भन्ने उल्लेख गर्दै उनले फेसबुकमा भनेका छन्, ‘कोही कसैको कार्यकर्ता बन्नु पर्ने छैन, सबैले देशका लागि श्रमदान गर्ने […]
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठकमा मुख्यतया सात एजेन्डामा छलफल हुने छ। जसमा समसामयिक अवस्था र बैठक बारे, प्रदेश बैठकहरूबाट प्राप्त विवरण (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा […]
काठमाडौँ । च्यासलको पार्टी कार्यालय भदौ २३ र २४ को आन्दोलनका क्रममा आगजनी भएर काम नलाग्ने भएपछि नेकपा एमालेले केन्द्रीय कार्यालय राख्ने भवन खोज्न सुरु गरेको छ । आन्दोलनकारीले कार्यालयमा आगजनी र तोडफोड गरेर ध्वस्त भएकाले बैठक बस्न र पार्टीका अन्य गतिविधि समेत सञ्चालन गर्न मिल्ने अवस्था नभएकाले नयाँ भवनको खोजी गर्नुपरेको एमाले केन्द्रीय कार्यालयका […]