होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३१ साउन।बाजुराको त्रिवेणी नगरपालिकाले भदौ २ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकामा साउन २४ गते बसेको बैठकले भदौ २ गते आईतबारका दिन सार्वजकि विदा दिने निर्णय गरेको हो । नगरपालिकास्थित नेपालकै प्रसिद्ध पर्यटकीय तिर्थ स्थल तथा धार्मिक आस्थाको धरोहर बडीमालिका माताको मन्दिरमा पुजा हुने भएकोले भदौ २ गतेका दिन […]
नागरिक रैबार/बाजुरा २९ साउन।जन्मदिनको अवसर पारेर दिपक कडाराले काठमाण्डौंमा उपचारारत रहेकी बाजुराकी रमिला कुमारी विकको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका घर भई हाल मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कवाडी हुम्लामा शाखा प्रबन्धकमा कार्यरत रहेका कडाराले आफ्नो जन्मदिनको अवसर पारेर रमिलाको उपचारका लागि आर्थिक सहयोग स्वरुप ४ हजार […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । कार्यवाहक प्रवक्ता मनिष झाले बैठकमा छलफलका लागि मुख्यगरी पाँच एजेण्डा तय गरिएको बताए ।उनका अनुसार समसामयिक राजनीतिक घटनाक्रमसहित प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकहरू सम्बन्धी, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा करेन्ट लागेर मृत्यु भएका बडीमालिका नगरपालिका–७ का ३१ वर्षिया मनबहादुर विष्टको परिवारलाई ठेकेदार कम्पनि र नेपाल विद्युत प्राधिकरणले उचित क्षेतिपुर्ति दिने सहमति गरेको छ । आज जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलसहित पीडित परिवार, ठेकेदार कम्पनि (ईश्वर निर्माण सेवा) र नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र लगायतका […]
जुम्ला – जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिकातर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली शुक्रबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौं भक्तजनको टोली बडिमालिका प्रस्थान […]
नागरिक रैबार/बाजुरा २५ साउन।बाजुराका स्थानीय तह ३ सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्त सम्म पालिकाको काम सकेर यहाँका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न कामको सिलसिलामा ३ सातादेखि जिल्ला बाहिर रहेका छन् । जिल्लाका ९ वटा स्थानीय तहमध्ये खप्तड क्षेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द […]
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् । दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ । […]
गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ रेसेफाँटको पहिरोमा परि घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कैलाश एयरको हेलिकप्टरमार्फत उनीहरुलाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले बताए । पहिरोमा परि सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय छमबहादुर गुरुङ घाइते भएका थिए । उनीहरुमध्ये दिलिपको अवस्था गम्भीर […]
नागरिक रैबार/बाजुरा ३१ असार। बाजुराबाट प्रतिनिधि सभामा निर्वाचित सांसद बद्रीप्रसाद पाण्डे नेपाल सरकारकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका छन् । नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डे नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका हुन् । काँग्रेसका सहमहामन्त्री पाण्डे पहिलो पटक मन्त्री बनेका हुन् । […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन […]
धनगढी । सुदूरपश्चिमका तीन राजनीतिक दलद्वारा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग गरेका छन् । नयाँ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले आज धनगढीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सोडारीको राजीनामा मागेका हुन् । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भने, ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसक्नुभएको छ । […]
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बन्ने बताएका छन् । प्रधानमन्त्रीको विश्वासको मत लिने क्रममा बोल्दै लेखकले त्यसमा कांग्रेसले समर्थन गर्ने बताए ।उनले प्रधानमन्त्री प्रचण्डमा अरूमा मात्रै दोष देख्ने समस्या रहेको बताउँदै त्यसरी अगाडि बढ्न नसक्ने उल्लेख गरे । दुई […]
काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । […]
नागरिक रैबार/बाजुरा १४ असार। बाजुराको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रलाई रातिको समयमा उज्यालो बनाउन थप ६० वटा सडक बत्ति जडान गर्न थालेको छ । बडीमालिका नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार बजारका सार्वजनिक ठाउँहरुमा नेपाल विद्युत प्राधिकरण अन्तरगतको सडक बत्ति जडान गर्न थालेको हो । बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा मार्तडी बजारभित्रका सार्वजनिक ठाउँहरुमा नेपाल […]
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटको पेशी पोखरेलको इजलासमा १० औँ नम्बरमा रहेको छ। महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले […]
बाजुरा। बाजुराबाट शैक्षिक भ्रमणका लागि मुगुकाे राराताल तर्फ जाँदै गरेकाे जीप मुगुमा दुर्घटना भएकाे छ । बुढीनन्दा नगरपालिका-२ मा रहेकाे जनप्रकाश माबिका बिध्यार्थी शैक्षिक भ्रमणका लागि राराताल तर्फ जान लागेकाे जीप दुर्घटनामा परेकाे हाे । जीपमा सवार ११ जना बिध्यार्थी, शिक्षक र चालक घाइते भएकाे प्रारम्भिक सुचना छ । मुगुको खत्याड गाउँपालिका वडा नं २ […]
नागरिक रैबार/बाजुरा १८ चैत।बाजुराको बडीमालिका नगरपालिकाले नगरभित्र विभिन्न व्यवसायी गर्दै आएका व्यापारीलाई करको दायरामा ल्याउने गरि सराेकारवाला निकायसंग छलफल गरेकाे छ । बडीमालिका नगरपािलकाको राजश्व शाखाको आयोजनामा व्यवसायी दर्ता, कार्यविधि र कर सम्बन्धी स्थानीय जनप्रतिनिधि,बैंक तथा वित्तिय संस्थाका प्रमुख, घरेलु तथा साना उद्याेग कार्यालय, उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुको सहभागितामा छलफल गरिएको हो । […]
नागरिक रैबार/बाजुरा १ चैत । नेकपा एमाले बाजुराको आज बस्ने भनिएकाे १२ औं जिल्ला कमिटीको बैठक स्थगित गरिएको छ । यहि चैत १६ र १७ गते हुने आठौं जिल्ला अधिवेशनकाे तयारीका लागि बाेलाईएकाे बैठकमा पदाधिकारी तथा सदस्यहरुको संख्या नपुगेपछि बैठक स्थगित गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार अर्काे सूचना जारी नहुन्जेल सम्मका […]
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले एकीकृत समाजवादी पार्टीबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एकजना मन्त्रीलाई बर्खास्त गरेका छन् । शाहले आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीलाई बर्खास्त गरेका हुन् । यसअघि, केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरिएको थियो । अब सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस र नागरिक उन्मुक्ति […]