होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कोरोना संक्रमित एक शिशुको मृत्यु भएको छ। ४५ दिनको शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए। घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । शिशुको बुधबार साँझ निधन भएको हो। उनका बुबा, आमा र फुपुको स्वाब संकलन गरी परीक्षणका […]
काठमाडौं । पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला केही युवाहरुले बिहीबार राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जुलुस निकालेका छन् । युवाहरुले प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रो काम गरेको भन्दै उनको समर्थनमा जुलुस निकालेका हुन् । राजधानीको माइतीघर क्षेत्रमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिप्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् […]
अछाम – अछाममा बुधबार एकैदिन ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार साँफेबगर नगरपालिकाका चार जना र रामारोशन गाउँपालिकाका ८२ जना गरी ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे हाे । बुधबार ८६ जना थपिएसँगै अछाममा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई सय ७६ पुगेको छ […]
१७ असार, काठमाडौं । निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) ले बुधबार संयुक्त रुपमा आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् । प्याब्सनका […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली विरोधी समूह छलफलमा जुटेको छ । केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनप्रति विरोध जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताहरुले दुबै […]
काठमाडौं । सरकारले लागू गरेको लकडाउनको आज १०० दिन पूरा भएको छ । कोरोनाभाइरसको संक्रमण र जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यसयता विभिन्न चरणमा सरकारले लकडाउनको समय लम्ब्याएपनि संक्रमित बढेको बढ्यै छन् । लकडाउनको प्रभावकारी कार्यान्वयन नहुनु, भारतबाट विना परीक्षण नेपाली नागरिकलाई प्रवेश दिनुलगायतका कारण कारण संक्रमण […]
काठमाडौं । मंगलबार र बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताले नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि सो पाटीभित्रको आन्तरिक राजनीति थप जटिल मोडमा पुगेको छ । यसक्रममा तीनथरी धारणाहरु सार्वजनिक भैसकेका छन् । पहिलो ओलीको राजीनामा बाहेकको विकल्प […]
धनगढी : सुदूरपश्चिममा आज थप दुई सय ४१ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय ४१ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका १० महिला र ४९ पुरुष गरी ५९ जना, बझाङका चार महिला र १४ […]
१७ असार, काठमाडौं । बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
बाजुरा: बाजुराको गौमूल गाउँपालिकाको सातौँ गाउँ सभाले सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट एक सय १० प्रकारका औषधि निःशुल्क दिने नीति अघि सारेको छ। गाउँपालिकाका सातौँ गाउँ सभाको बजेट र कार्यक्रमबाट सो नीति पास गरिएको छ। स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनाका साथै स्थानीय सरकारले पहिलोपटक एक सय १० प्रकारका औषधि निःशुल्क गर्ने गरी नीति पारित गरिएको गाउँपालिका उपाध्यक्ष […]
भक्तपुर: पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ। गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल नजीकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व भक्तपुरका सेक्रेटरीसमेत रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको […]
१६ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्याउन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण एसईई हुन नसकेपछि आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा तयार पारेर पठाउन निर्देशन दिइएको हो । ‘शिक्षा विकास तथा समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिद्वारा […]
१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ७११ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार […]
धनगढी : धनगढीमा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ४४ बर्षीय पुरुष र अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ का ४५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै कोरोना परीक्षण भएको छ। यो सँगै […]
काठमाडौं- सरकारले पछिल्लो समय खुकुलो बनाएको लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘लकडाउन खुकुलो हुँदा जोखिम बढेपछि […]
नागरिक रैबार बाजुरा १६ असार । देशभर सोमबार असार १५ अर्थात १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विविध कार्यक्रम गरी मनाईको थियो । सोही अनुसार कृषि ज्ञान केन्द्र बाजुरालेपनि बडीमालिका नगरपालिका वडा नं. ८ स्थित बाउलीमा किसान खन्टे रावलको खेतमा धान रोपेर उक्त दिवस तथा रोपाई महोत्सव मनाएको हो । धान उत्पादनमा बृद्धि, […]
१५ असार, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले खुकुलो लकडाउन (लुजडाउन) मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ । सीसीएमसी निर्देशक समितिको सोमबार बसेको बैठकले भाषा परीक्षा, उद्योग सञ्चालन लगायतको मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि जनाएको छ । अघिल्लो बैठकले मापदण्ड बनाएर लागू गर्न भनेपनि नभएको भन्दै सोमबारको बैठकले कडाईका साथ लागू […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएसँगै नेपालको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । प्रधानमन्त्री ओलीले आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो सरकार ढाल्ने प्रयास भइरहेको आरोप लगाएका हुन् । आफू राष्ट्रियताको पक्षमा दृढ भएकै कारण प्रधानमन्त्रीबाट आफूलाई हटाउन देशी […]
काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो । मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिए । ती संक्रमितको ललितपुरको सानेपास्थित स्टार अस्पतालमा […]