होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौैं । कोरोना भाइरसको महामारी चलेसँगै विश्व मास्कमय बनेको छ । धेरै मुलुकमा सरकारले नै मास्क अनिवार्य गरेको छ भने कतिपय मुलुकमा नागरिक नै सचेत भएर मास्क लगाउन थालेका छन् । नेपालमा सरकारले मास्क नलगाइ हिँड्नेलाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार १०० रुपैयाँ कारबाही गर्ने गरेको छ । तर मास्क कस्तो लगाउने र कसरी लगाउने […]
पछिल्लो २४ घण्टामा देशभर ६४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १७२ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिए । उनका अनुसार उपत्यकाका संक्रमितमध्ये काठमाडौं जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ […]
काठमाडौं । इतिहास हेर्ने हो भने अहिलेसम्म सबैभन्दा छिटो बनेको खोप निर्माणका लागि चार वर्ष लागेको थियो । अन्य खोप निर्माण गर्न १० देखि १५ वर्ष लागेकाे थियो । तर अहिले वैज्ञानिकहरु एक वर्षभित्रै कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप तयार गर्ने दौडमा छन् । दर्जनौं शोधकर्ताको टोलीले कोरोना भाइरसविरुद्धको खोप बनाउन काम गरिरहेका छन्, जसमा […]
३२ साउन, काठमाडौं । संघीय संसदले नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित नयाँ प्रतीक (लोगो) तयार पारेको छ । आइतबार उक्त लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो […]
त्यसबेला चार्टर्ड फ्लाइटको संख्या बढाएको सरकारले भदौ १ बाट नियमित उडान गर्ने मिति तोक्यो । तर, देशभित्र कोरोना जोखिम बढेको भन्दै नियमित उडान १५ दिन पर धकेलेको सरकारले विदेशबाट स्वदेश फर्काउनेको संख्यामा दैनिक ५०० कोटा तोकेको छ । सरकारले दूतावासहरुमार्फत अनुमति पाएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा २०० जनालाई मात्र नेपाल आउन उडान […]
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार बिहानलाई सचिवालय बैठक बोलाएको छ । भोलिबिहान साढे ९ बजेबस्ने गरी सचिवालय बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । भोलिको सचिवालय बैठकले नेकपाको विवाद सुल्झ्याउन बिहीबार गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यदेश दिनेछ । खनालले भने, ‘बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता दिने […]
काठमाण्डाै – तीन वर्षअघि नै बस्ती सार्न सुरु भएको सिन्धुपाल्चोकमा शुक्रबारको पहिरोले लिदीमा ३७ घरमा क्षति पुग्यो । पहिरोमा हराएका ३९ जनामध्ये १८ जनाको शव फेला परेको छ । गृहमन्त्री रामबहादुर थापा, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रभावित क्षेत्रमा पुगेको टोलीले बस्तीको संरक्षण र सुरक्षित आवास पुनर्निर्माणबारे आवश्यक पहल गर्ने निर्णय गरेको छ। वाग्मती प्रदेशको […]
३२ साउन, विराटनगर । विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकी वृद्धाको शनिबार राति मृत्यु भएको हो । मृतक वृद्धाकी छोरामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन् । उनको स्याहारमा बसेकी बुहारीलाई पनि आइतबार बिहान कोरोना पोजेटिभ रिपोर्ट आएको छ । वृद्धाको रिपोर्ट नेगेटिभ आए पनि पुनः परीक्षण गर्न […]
नेपालमा कृषिसँग टुटेको सम्बन्ध पुनस्र्थापित गर्ने मौकाको रूपमा कोरोना कहरलाई हेरिएको छ । कृषि क्षेत्रको पुनर्जागरणको मुद्दा देशमै कैयौँले रोजगारी गुमाएपछि र वैदेशिक रोजगारमा गएकाहरू धमाधम फर्कन थालेपछि बहसमा आएको छ । कोेभिड–१९ का कारण विश्व नै यतिबेला आक्रान्त छ । विश्वले अहिले आर्थिक र स्वास्थ्य सङ्कट एकै पटक सामना गरिरहेको छ । कोरोनाका कारण […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ६ सय १६ पुगेको छ । शनिबार गरिएको परिक्षणबाट थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ६ सय १६ पुगेको हो । सेती प्रादेशिक अस्पताल धनगढीबाट १३ , डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट, २ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ […]
सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ। तीज, गौराजस्ता पर्वहरु नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भीडभाड नहुने गरेर मात्रै चाडपर्व मनाउन आग्रह गरिएको […]
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । उनी ७१ वर्षका थिए । उनको न्यूयोर्कस्थित अस्पतालमा उपचार भइरहेको थियो । डोनल्ड ट्रम्पले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । ट्रम्पले न्यूयोर्क सिटी अस्पतालमा भर्ना भएका भाइलाई शुक्रबार भेटेका थिए । उनको मृत्युको कारण भने खुलाइएको छैन । ‘मेरो भाइ रोबर्टको […]
काठमाडौं- नेपालमा विहीबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । मन्त्रालयका अनुसार महोत्तरी मटिहानीका ७५ वर्षीय पुरुष, धनुषा मिथिला-७ की ८५ वर्षीय महिला, अछाम रामारोसनका १८ वर्षीय पुरुष, मोरङ विराटनगर-३ का ५७ वर्षीय पुरुष गरी ४ […]
धनगढी: अत्तरिया उद्योग वाणिज्य संघले साउन ३० गते(भोली) बजार बन्दको आवह्वान गरेको छ। गोदावरी नगरपालिका –२ महेन्द्रनगर रोडमा रहेको न्यु उग्रतारा बिजुली भण्डारका प्रोपराइटर खेम साँकीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका कारण उनको शोक मनाउन बजार बन्दको आवह्वान गरिएको हो। गोदावरी नगरपालिकाका सम्पूर्ण व्यापारीहरुलाई व्यापार व्यवसाय बन्द गर्न अनुरोध गरेको उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले […]
काठमाडौं । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवजव) मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ । ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको कुनैपनि नेपाली संस्करणमा पहिलो एप्लिकेशन पनि बनेको छ जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ । बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ)का लागि […]
अछाम – अछाममा चुलोमा पेट्रोल छर्केर आगो बाल्न खोज्दा चार जना गम्भीर घाइते भएका छन् । रामारोशन गाउँपालिका ३ कालापानीका रतन बुढामगरको घरमा पेट्रोल छर्केर आगो बाल्ने क्रममा उहाँसहित पार्वतीदेवी बुढामगर, भीम बुढामगर तथा पञ्चदेवल विनायक नगरपालिका २ बस्ने जनक शाही घाइते भएको दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । घाइतेहरुको जिल्ला अस्पताल […]
काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि काठमाडौबाट बाहिरिन तथा काठमाडौं भित्रिनका लागि सवारी पास बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार सूचना प्रकाशन गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौंबाट अन्य जिल्लामा जानका लागि दिइदै आएको पास र काठमाडौं भित्रिनका लागि दिइने पास पनि बन्द गरिएको जनाएको छ । अर्को व्यवस्था नभएसम्मका लागि […]
२९ साउन, काठमाडौं । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । भेटमा पार्टीको समस्या समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ । स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा […]
२८ साउन, काठमाडौं । काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई मान्यता दिएको घोषणा गरे । ‘स्पुतनिक भी’ नाम दिइएको यो खोप आफ्नी छोरीलाई दिएको र उनको ज्वरो पहिलेभन्दा कम भएको दाबी गरेका छन् । विश्व कोरोनाले आक्रान्त बनेका बेला रुसले बनाएको भनिएको यो खोपले आशासँगै आशंका पनि जन्माएको छ […]
एजेन्सी । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार गरेको दाबी गरे । रुसको स्वास्थ […]