होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको संशोधित नक्सा जारी गरेको करिब साढे तीन महिना बितिसकेको छ । उक्त नक्सालाई संविधानको अनुसूचीमा समेट्दै संसदको दुवै सदनबाट संविधान संशोधन प्रस्ताव पारित भएको पनि तीन महिना बितिसकेको छ । तर अझै पनि कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित अतिक्रमित भूभाग फिर्ता पाउनु त परै जावस् नेपाली जनताले नेपालको समग्र क्षेत्रफल कति हो […]
२० असोज, काठमाडौं । आमरण अनशन थालेको २२ औं दिन डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली पुगेको छ । शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीले मंगलबार डा. केसीलाई भेटेको हो । टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न डा. केसीलाई आग्रह गरेको छ । जवाफमा डा. केसीले भने यसअघि सरकारका […]
१९ असोज, । बाजुराको हिमाली गाउँपालिका-५ स्थित कवाडीमा शुक्रबार बेपत्ता भएका एकै परिवारका ५ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली शुक्रबार साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन् । छोराछोरीसहित कवाडी […]
केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो । अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन् । महाशाखाले […]
कोरोना कहरले सबैभन्दा वढी जनस्वास्थ्यका क्षेत्रमा गम्भीर असर पु¥याएको छ । यसले सामाजिक परम्परा र प्रचलनलाई समेत परिवर्तन गरिदिएको छ । गाउँघरमा चल्दै आएको ऐँचोपैँचो गर्न अहिले मानिसहरु डराउन थालेका छन् । भजनी नगरपालिका–२ का भागीरथ विकले आजभोली छिमेकीसँग तरकारी ऐँचोपैंचो गरेर खान पनि छोडेको बताए । ‘‘छिमेकमा तरकारी, अन्नपात साटेर खाने चलन थियो, कहिलेकाही […]
शुक्लाफाँटा नगरपालिका–८ मा अलपत्र अवस्थामा फेला परेका डडेल्धुराका तीन बालकलाई परिवारको जिम्मा लगाइएको छ। डडेल्धुराको पर्शुराम नगरपालिका–११ भटयानीका एकै परिवारका तीन बालकलाई आज बिहान परिवार जिम्मा लगाइएको हो। भटयानीका गम्भीर सिंह खड्काका छोराहरु १४ वर्षीय पुष्कर खड्का, १३ वर्षीय विमल खड्का र १२ वर्षीय नवीन खड्कालाई वडाध्यक्ष बहादुरसिंह महराको जिम्मा लगाइएको थियोे। दुई दिनअघि अलपत्र […]
१८ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)ले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने भारत तेस्रो मुलुक हो । अमेरिकामा २ लाख ९ हजार र ब्राजिलमा १ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारता मृतकको संख्या एक लाख एक हजार ७८२ पुगेको स्वास्थ्य मन्त्रालयले […]
सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ। आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए। […]
१८ असोज, काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड्का साइबर अपराध सम्बन्धी कसूरमा दोषी ठहरिएका छन् । खड्काले आफ्नो फेसबुक आईडीबाट बुहारीलाई अश्लील गालीगलौज गरेको अभियोगमा जिल्ला अदालत, काठमाडौंले उनलाई दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । तत्कालीन महानगरीय अपराध […]
१८ असोज, काठमाडौं । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो । उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् […]
१७ असोज, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज महिनाको तथ्यांक हेर्दा औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ । भदौ ३१ गते कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ थियो । १७ असोजमा आइपुग्दा […]
डोटी: संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन्। कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन। दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका […]
धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने बताएका छन्। लामो समयदेखी बन्द रहेका सुदूरपश्चिम प्रदेशका ३ विमानस्थलको निरक्षणका लागि डोटी पुगेका उनले विमानस्थललाई नियमित रुपमा संचलान गर्न आफ्नो मन्त्रालय चिन्तीत रहेको बताएका छन्। साथै उनले अझै दिपायल विमानस्थलमा केहि गर्न बाँकी देखिएको बताएका छन्। रनवे बढाउनुपर्ने देखिएकाले त्यसका लागि […]
काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका–७ ओख्रेनाकी २३ वर्षीया महिलालाई परपुरषसँग सम्बन्ध राखेको आरोपमा दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सात जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य सुवेदीले जानकारी दिए । ती महिलालाई प्रहरीले उद्दार गरिसकेको छ […]
शुक्रबार काठमाडौं उपत्यकासँगै देशभर दैनिक गणनाका आधारमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए । उपत्यकामा एक हजार ६ सय ३८ गरी देशभर २ हजार ७ सय २२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको छ । यसरी संक्रमण दिन प्रतिदिन बढ्दै जाँदा सक्रिय संक्रमितको ग्राफ पनि उकालो लाग्दै गएको छ । हालसम्म कोरोनाभाइरस […]
सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको शनिबार एकैदिन उद्घाटन हुने भएको छ । डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा जहाज उडाएर उद्घाटन गर्न लागिएको हो । यात्रु अभावका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका तीन जिल्लाका तीनवटा विमानस्थलमा आज उडान हुने सांसद प्रेमबहादुर आलेमगरले जानकारी दिनुभयाे कालोपत्रेको काम सम्पन्न गरी उडानको तयारीमा रहेका विमानस्थलको पर्यटन […]
१६ असोज, काठमाडौं । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालका अनुसार प्रजिअ पौडेल, सहायक प्रजिअ थापासहित प्रजिअका चालक र सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘प्रजिअ पौडेललाई ज्वरो, रूघाखोकी लागेपछि बुधबार पीसीआर परीक्षण […]
१६ असोज, महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो । ‘खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउदको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]
काठमाडौँ । भारतले नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई बस तथा एम्बुलेन्स उपहार दिएको छ । महात्मा गान्धीको १५१औँ जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतीय राजदूतावासले सो बस तथा एम्बुलेन्स प्रदान गरेको दूतावासद्धरा जारी विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स […]
१६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् । विश्व अहिंसा दिवसको अवसर पारी त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’ साथै उनले आफ्नो स्वास्थ्य हेरेर […]