होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
११ कात्तिक, काठमाडौं । उनको जम्म नेपालमा भएको हो । उनले (आग्रहमा नाम नराखिएको) भारतको गोर्खा रेजिमेन्टमा झण्डै २८ वर्ष काम गरे र सुवेदारबाट अवकाश पाए । तर, यतिबेला उनले आफू राज्यविहीन भएको महसुस गरिरहेका छन् । उनी भारतको नागरिकता प्राप्त गर्न चाहान्छन् तर अहिलेसम्म पाएका छैनन् । उनले भने, ‘मेरो जन्म पोखरा नजिकैको एउटा […]
दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बाँया खुट्टा छिनिएका अवस्थामा फेला परेका हुन् । खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि उनलाई सोमबार […]
गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट पक्राउ गरेको हो । सोमबार राति विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा ११ जना जुवाडेलाई पक्राउ गर्नुका साथै ३२ हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको […]
टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागेर कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कएकी हुन् । दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै थिइन् । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका छन्, आफ्नो घरमा अन्नपात […]
नागरिक रैबार । बाजुरा ८ कार्तिक । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी स्थीत कारागारमा रहेका ४७ बढी कैदी बन्दीहरुलाई दसैँ मनाउँन बडीमालिका नगरपालिकाकी उप–प्रमुख कविता विष्टले दुईवटा खसी उपहार दिएकी छिन् । विभिन्न परिघटनामा परि कैदीबन्दी हुन पुगेर जेल जिवन विताई रहेकाहरु दाजुभाइहरुले पनि बडादसैँमा उमङ्गित हुन् पाउँनु पर्छ । हिन्दुहरुको महान चाँडाबाडका बेला गाउँघरमा खुशीयाली […]
नागरिक रैबार कार्तिक ७ बाजुरा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाजुराका कार्यालय सदस्य नेता गगन रावलले जिल्लाको सदरमुकाम मार्तडीमा आर्कषक खेल स्टेडियम बनाउँन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार रानीबन स्पोर्टस क्लबद्धारा बडा दसैँको उपलक्ष्यमा आयोजित सेवेन ए साईड खुला फुटबल प्रतियोगिताको समापन कार्यक्रममा खेलाडीहरुलाई उत्साहित पार्दै सो कुरा बताएका हुन् । […]
आहुती विचार । सुरुवात । कृषि युगलाई भव्यतापूर्वक भोगेर अगाडि बढेको दुनियाँका सबै समाज र जातिका परम्परागत चाडपर्वमध्ये बाली लगाउने र बाली भित्राउने समयका चाडपर्व विशेष महत्वका रहिआएका छन् । नेपालका जनजातिहरूका अधिकांश पर्व पनि यसै कोटीमा रहेको पाइन्छ । दक्षिण एसियाको सिन्धु उपत्यका र गंगा मैदान कृषिका निम्ति शानदार भूमि रहिआएका छन् । […]
काठमाडौं : सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करीब रु २४ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। सरकारले अन्तरराष्ट्रिय श्रम संगठनको विधान अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। विद्युत् नियमन आयोगको संगठन संरचना र दरबन्दी तेरिज […]
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् । ‘घर वा डेरामा बहुमूल्य सामान नराख्नुस्, घर वा डेराको सुरक्षामा शंका लागे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर जानुस्,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले भने । प्रहरीले […]
६ कात्तिक, काठमाडौं । अमेरिकामा अबको दुई महिनामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउन सक्ने नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले बताएका छन् । बुधबार उनले कोरोनाको खोप रोग पत्ता लागेको एक वर्षभित्रै खोप पत्ता लाग्न लागेको भन्दै यो महत्वपूर्ण हुने बताए । एक समारोहमा बोल्दै कोलिन्सले भने, ‘हामी खोप पाउने दिशामा अघि बढिरहेका […]
नागरिक रैबार बाजुरा ६ कार्तिक। बडीमालिका नगरपालिका ८ की एक किशोरीको भिर बाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ८ की १७ बर्षिया बिमला थापा रहेकी छन । उनी बिहीबार बिहान गाईबस्तुका लागि घाँस काट्न गएकि थिईन् । अवेर सम्म घर नआएपछि आफन्तले खोजि गर्दा भिरबाट लडेर मृत अवस्थामा फेला परेको पारिवारिक […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। एकातिर कोरोनाको डर । हाटबजारका भारी त बोक्दा छियाउँ । त्यहीपनि कामकाज काँहीँनाई । अर्कातिर अशक्त घाईते अर्धचेतका साथमा पति । पासमा पैसोपानी छैन् । दुई साना छोराछोरी । आफू एक्ली क्यापठी गरु । पतिलाई खकछोल्याई (काखमा) लिई बाहिरभित्र गर्नुपर्ने । घरको चुलो बालुकी ? औषधी मुलो यीनको दवाई पत्ताईगरु । […]
६ कात्तिक, डोटी । कोभिड–१९ को महामारीको संक्रमण पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षणको संख्या सुदूरपश्चिम प्रदेशमा एक लाख नाघेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म एक लाख एक हजार दुई सय ६ जनाको स्वाब परीक्षण भएको छ । बुधवारसम्म एक लाख तीन हजार पाँच सय ४९ जनाको स्वाब संकलन गरिएकोमा दुई हजार […]
६ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो । तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने […]
६ कात्तिक, काठमाडौं । दशैंको टीकाको दिन नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको छ । महान चाड दशैं मनाउन घर फर्किनेहरुको भीडभाड उपत्यकाका मुख्य नाकाहरुमा देखिन्छ । आउजाउ गर्दा कोरोना संक्रमणको जोखिम कायमै रहे पनि गाउँ फर्किनेहरुको ताँती देखिँदा घरमै सबै परिवारका सदस्य भेला भएर दशैं मनाउने चाहना धेरैमा रहेको बुझ्न सकिन्छ । यद्यपि दशैंको […]
चाडबाडका बेला खाद्यान्नलगायतका अत्यावश्यकीय वस्तुको कालोबजारी हुनु या अचाक्ली मूल्य बढ्नु नेपाली बजारको नकारात्मक विशेषता नै हो । झारा टार्नै सही, सरकारले पर्वलक्षित अनुगमन नगर्ने पनि होइन । यसपालि पनि केही सरकारी टोलीहरू बजार अनुगमनमा निस्किएका थिए, तैपनि महँगी अकासिन रोकिएन । यसबाट के बुझिन्छ भने, बर्सेनि अनियन्त्रित मूल्य वृद्धि हुनुमा कि नेपाली बजारमा केही प्रणालीगत […]
५ कात्तिक, काठमाडौं । व्यावसायी वसन्त चौधरी नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका छन् । नर्भिक अस्पतालका अध्यक्ष चौधरीले आफ्नो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन् । कोरोनाको केही लक्षण देखिएको र चिकित्सकको सल्लाह अनुसार घरमै आइसोलेसनमा बसेको चौधरीले जानकारी दिए । पछिल्लो केही दिन यता आफ्नो सम्पर्कमा आएकाहरूलाई परीक्षण गर्न र सावधान […]
काठमाडौं । दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन् । कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने छन् । नेपाल बैंकर्स संघले आज सूचना जारी गर्दै दसैं बिदामा ५ दिन सबै बैंकका शाखा बन्द […]
काठमाडौँ — कोरोना परीक्षण र उपचारमा सरकारले शुल्क लिन थालेपछि संक्रमण तीव्र विस्तारको जोखिम बढ्ने चेतावनी विज्ञहरूले दिएका छन् । सामान्य लक्षण देखिएका शंकास्पद व्यक्तिले परीक्षण नै नगर्ने भएकाले समुदायमा संक्रमण व्यापक फैलिने उनीहरूले बताएका छन् । विज्ञहरूले कोरोना उपचारमा शुल्क तोकेपछि हुने महामारीले मुलुकको अर्थतन्त्रलाई नै प्रभाव पार्ने चेतावनी दिएका छन् । उनीहरूले शुल्क लिने निर्णय […]
निमेन्द्र शाही बाजुरा, १ कात्तिक ‘पूर्ण सरसफाइ रणनीतिक योजना २०७२’ कार्यान्वयनमा नआउँदा बाजुरामा सरसफाइको अवस्था पुरानै दिसामा फर्किने चिन्ता थपिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि रणनीतिक योजना कार्यान्वयन नहुँदा सरसफाइको अवस्था परिवर्तन नहुने भन्दै चिन्ता थपिएको हो । ‘१२ मंसिर २०७१ मा खुला मञ्चमा भएको विशाल कार्यक्रम अहिले पनि सम्झनामा छ । […]