होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपालको सन्दर्भमा अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहकार्यमा कोरोनाविरुद्धको खोप खरिद समिति बनेको छ। खोप आयात गर्न आवश्यक कानुनी व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारी भैरहेको छ। महामारीको अवस्थामा आकस्मिक रुपमा प्रयोग गर्नुपर्ने खोपलाई नेपालमा दर्ता नगरी प्रयोग गर्न पाइने गरी आवश्यक कानुनी व्यवस्था संशोधन गर्न आवश्यक छ। नेपालले निम्न तथा मध्यम आय भएका राष्ट्रले पाउने […]
नागरिक रैबार/बाजुरा २८ कार्तिक। जिल्लाको बडीमालिका नगरपालिका र जगनाथ गाउँपालिकाका ९ वटा वडाका २ सय ५० जना अति विपन्न तथा सिमान्तकृत महिलाहरुलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको छ । दलित महिला संघ, युएन वमनको सहयोग तथा स्थानीय तहमा सामाजिक विकास कार्यमा कार्यरत संस्थाहरु दलित महिला अधिकार मंच, र नेपाल मधेश फाउण्डेसनको सहकार्य तथा साझेदारीमा संचालित […]
काठमाडौं, २८ कार्तिक । पछिल्लो २४ घन्टामा ३५ सय ३७ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १२ सय […]
बाजुरा २८ कात्तिक,: जिल्ला आयुर्वेद कार्यालय बाजुराले विविध कार्यक्रम गरी राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ । “गुणस्तरिय आयुर्वेद सेवाको लागि आयुर्वेद औषधी” भन्ने मुल नाराका साथ दिवसको अवसरमा कार्यालयमा पुजा आरधाना गर्दै मनाइएको आयुर्वेद कार्यालय बाजुराले जनाएको छ । आयुर्वेद औषधीले उपचारले मानिसको शरिरमा हुने फाइदा औषधी प्रयोगले असर नपार्ने बारेमा जानकारी […]
२८ कात्तिक, कैलाली । दार्चुलाबाट तिहार मनाउन भन्दै कैलाली आउँदै गरेका कैलाली गोदावरीका यज्ञराज कठायतका लागि बिहीबारको रात सबैभन्दा त्रासदीपूर्ण र भयानक बन्यो । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बसले एक्कासी सडक छाड्दा अब बाँचिदैन भन्ने लाग्यो । अहिले आफूलाई अस्पतालको शय्यामा पाउँदा उनलाई पुनर्जीवन पाएजस्तै भएको छ […]
गलकोट : गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ । जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउन नपर्ने भएपनि गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवाका विद्यार्थीहरु कक्षा १० सम्मको शिक्षा लिन बास बस्नुपर्ने अवस्था छ । पाण्डवखानीको रमुवा गाउँमा आधारभूत विद्यालय भएपनि कक्षा ९ र १० अध्ययनका लागि बास बसेरै अध्ययन […]
जनकपुर । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले तेस्रो चरणको तैयारी शुरु गरेको छ । कोरोना महामारीको वर्तमान अवस्था, विगतमा भए गरेको कामकाजको समीक्षा र अगामी रणनीति बारे छलफल गर्न आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थान समिति (पिसिसिएमसी)को बैठकले कोरोना महामारी विरुद्ध तेस्रो चरणको तैयारीमा पुगी सकेको निष्कर्ष निकालेको छ । […]
२७ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरुलाई पत्राचार गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (एचईओसी) ले बिहीबार प्रयोगशाला र अस्पतालहरुलाई पत्र पठाएर कात्तिक २४ गतेको मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराएको हो । उक्त मन्त्रिपरिषद् बैठकले सरकारी प्रयोगशालामा कोरोना परीक्षण र अस्पतालमा उपचार […]
काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री अोलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ […]
२७ कात्तिक, काठमाडौं । बलात्कारपछि हत्या गरिएको बझाङकी १२ वर्षीय सम्झना बिकको परिवारलाई सरकारले ३ लाख आर्थिक सहायता प्रदाने गर्ने भएको छ यही कात्तिक २० गते बसेको मन्त्रिपरिषदको बैठकले बालिकाको परिवारलाई राहतस्वरुप ३ लाख आर्थिक सहायता दिने निर्णय गरेको हो । गत असोज ७ गते साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका- २ की […]
२७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ […]
२७ कात्तिक, काठमाडौं । सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिइन् । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी अर्की महिला सहयोगको हात फैलाउँदै थिइन् । ‘मेरी छोरी बिरामी छिन्, उपचार गर्न केही सहयोग गर्नुहोस् न’, भीडमा उनले अनुग्रहसहित बोलिन् । भीडमा हुनेखाने देखिएका धेरैले उनको अनुग्रह […]
डोटी: डोटीमा एक बुवाले छोरामाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको आदर्श गाउँपालिकामा बुवाले आफ्नै छोरामाथि चक्कु प्रहार गरेका हुन । घरायसी विवादमा गाउँपालिकाको वडा नम्बर १ का ५० वर्षीय धर्म धामीले आफ्ना २५ वर्षीय छोरा सुरेश धामीमाथि चक्कु प्रहार गरेको स्थानीयले बताएका छन् । चक्कु प्रहारपछि छोरा घाइते भई दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचाररत रहेका छन् […]
२७ कात्तिक, काठमाडौं । पूर्वउपप्रधानमान्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना पोजेटिभ एवं निमोनिया भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत छन् । राष्ट्रिय जनमोर्चाले उपचार खर्चका लागि सहयोगदाताहरुलाई आह्वान गरेको छ । तर, केसीको उपचारका लागि पार्टीले पैसा उठाउन थालेको भन्दै केसीका छोराले आपत्ति जनाएका छन् । वयोवृद्ध नेता केसीका दुई भाइ छोरामध्ये सचित्र केसी […]
कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गएको १० दिनमा प्रदेशमा छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुर जिल्लाका ६२ वर्षीय पुरुष सङ्क्रमितको बुधबार मृत्यु भएपछि प्रदेशमा कोभिड–१९ बाट […]
२७ कात्तिक, काठमाडौं । कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन् । केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ […]
डोटी – उच्च रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका-४ कुमालीकोटकी ३० वर्षकी डम्बरीदेवी साहु कठायतको ज्यान गएको स्थानीय योगेन्द्र कठायतले जानकारी दिनुभयो । राजपुरमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी उहाँको रक्तश्राव नरोकिएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।
भैलिनी खेल्नेहरु आउँछन् र भाका हाल्न थाल्छन्, ‘हरियो गोबरले लिपेको, लक्ष्मीपूजा पूजा पूजेको ।’ देउसी खेल्नेहरु आउँछन् र भट्याउन थाल्छन्, ‘आहै झिलीमिली झिलिमिली, आहै बत्तीको झिलिमिली ।’ यसबाटै के संकेत मिल्छ भने तिहारमा घर–आँगन सफा गर्ने, सजाउने, दियो–बत्ती बाल्ने, लक्ष्मी पूज्ने । धार्मिक मान्यता छ, औंसीको यो रातमा घरलाई सफासुग्गघर बनाइयो भने, फूलहरुले सजाइयो […]
२७ कात्तिक, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो । गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। […]
बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहलाई कोरोना पुष्टि भएको छ । केही दिन अगाडी स्वाव संकलन गरी अछामको कमलबजारमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा नगर प्रमुख शाहको कोरोना पोजेटिभ देखीएको बुढिगंगा नगरपालिकाले जनाएको छ । मेयर शाह लगायत ४७ जनाको स्वाव संकलन गरी पठाएको र मेयर शाह भन्दा बाहेक सबैको […]