होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ। व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ। आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन छ। सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ। हिजो भिजाएका बिरुडाले […]
सुदूरपश्चिम प्रदेशमा आज परेको थारू समुदायको पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा आज बिदा दिइएको जानकारी दिए। अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ । विसं २०७७ […]
हरेक वर्ष भाद्र शुक्लपक्ष तृतियाका दिन महिलाहरूले हरितालिका तिजको व्रत वस्ने गर्छन्। विशेष गरेर हिन्दू महिलाले यो व्रत बस्छन्। महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ। यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने विश्वास गरिएको छ। विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि पनि यो व्रत […]
हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् । बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा एवं […]
सुर्खेतमा फिल्म सुटिङको क्रममा म सुर्खेत पुगेको थिएँ । सुटिङ हुनुभन्दाअघि म गाउँको एउटा सामान्य घरभित्र बसेको थिएँ । म बसेको ठउँमा थुप्रै मानिसहरु आएर झुम्मिनुभयो । कतिले कुरा गर्नुभयो, कतिले फोटो खिच्नुभयो र फर्कनुभयो । तर, मेरो ध्यानचाहिँ एउटा व्यक्तिमा थियो । ती व्यक्ति लामो समयदेखि ढोकाको संघार बाहिर टुसुक्क बसिरहेका थिए । कति […]
आज साउन १५ अर्थात् खीर खाने दिन। सुदूरपश्चिममा पनि यो दिनलाई विशेष पर्वका रुपमा लिने गरिन्छ। आजको दिन चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ। खीर उच्च क्यालोरी भएको खाना हो। साउनमा खीर खानुकोे वैज्ञानिक महत्व पनि रहेको डाक्टरहरु बताउँछन्। डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र […]
नागरिक रैबार/बाजुरा १० साउन। सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेको बाजुरामा अवस्थित बडीमालिका मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुलाई यस वर्ष मन्दिरसम्म पुग्न सहज हुने भएको छ । बडीमालिका नगरपालिकाको सहकार्य र बडीमालिका ८ का युवाहरुको सक्रियतामा सदरमुकाम मार्तडीबाट बडीमालिका मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुका लागि विभिन्न ठाउँमा साँकेतिक सूचकहरुका वोर्ड र खोलामा काठेपुल निर्माण गरिएपछि […]
साउन लाग्दैछ । धार्मिक आस्था राख्नेहरुका लागि यो महिना विशेष मानिन्छ । साउनलाई ‘पवित्र महिना’को रुपमा लिने गरिन्छ । त्यही कारण यस अवधिमा शरीरलाई शुद्ध राख्ने, भक्ति-आराधना गर्ने, सात्विक भोजन लिने गरिन्छ । अर्थात साउनमा मासुजन्य वा गरिष्ठ एवं तामासी परिकार त्याग्नु उपयुक्त मानिन्छ । कतिपयले प्याज, लसुन जस्ता खानेकुरा समेत त्याग्ने गर्छन् । साउन […]
३० असार, काठमाडौं । अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान गएको रूकुमकाे चाैरजहारी घटना नियोजित भएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ । आक्रमणको नेतृत्व वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको समितिले निष्कर्ष निकालेको छ । अन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको […]
काठमाडौं, १९ असार । कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् । लैङ्गिक विभेद […]
काठमाडाैं- रुकुम पश्चिम चौरजहारी–८ सोती घटनामा अभियोग लागेकाहरूका माध्ये नाै जनाकाे बयान आज सकिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताए । अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उहाँको भनाइ छ । बयान […]
नागरिक रैबार/बाजुरा २ असार। बाजुरा जिल्लाका समग्र दलित समुदायलाई लक्षित गरेर सामाजिक संजाल (फेसबुक) मार्फत लिखित रुपमा अपशव्द प्रयोग गरि जातीय भेद्भाव गर्ने १ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरिएको छ । सोमबार बाजुरा जिल्लाका दलित अगुवा र दलित समुदायका पत्रकारहरुले बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँ बाह्रवीसका सत्यराज जोशी विरुद्ध […]
काठमाडौँ – पश्चिम रुकुममा प्रेमपछि विवाह गर्न खोज्दा जातीय विभेदलाई लिएर ६ जनाको ज्यान गएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन रहेका छन् । घमण्ड र बिष्णु मृतक परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी गरेका फरार व्यक्ति हुन् । सबिनलाई […]
प्रेम सुनार काठमाण्डाै २१ जेठ । ‘सुन्नहोस् है, तपाईंहरुले जति पीडा, वेदना, रोदन र चित्कार छाड्नुहुन्छ उति नै छिटो न्याय पाउनु हुन्छ ।’ शोकाकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्याउनुअघि युट्युबरहरुले यसरी सम्झाउँछन् । आफन्त गुमाएका शोकाकूल परिवारको स्वतःस्र्फुत आँशु बग्छ । कोही नरोइ एकाग्र भावुक हुन्छन् । पीडा भएपनि रुदारुदा सकिएको आँशु युट्युबरका लागि भन्ने […]
जाजरकोट — भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो । मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका उनीसहित १८ जनामाथि गाउँलेले ढुंगामुढा […]
आधुनिक युगमा दलितभित्र पर्ने जात प्राचीनतम कालमा शुद्र भित्र पर्ने एउटा जात हाे । यो जात खसहरु बाटै विभाजित भएर बनेको समूह हो । जसको इतिहास तीन तरिकाबाट भएको पाइन्छ । एउटा हो , युरोप बाट पूर्वतिर हिदै जाँदा आज भन्दा ५००० वर्ष पहिले इरानको सिन्धु घाँटी हुँदै भारत वर्षाबाट नेपालको पश्चिमी भेग जहाँ हुम्ला […]
१७ मंसिर, डोटी । सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल (नाच) भुँवाखेल सोमबार डोटीमा पनि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट उक्त खेल शुरु भएको हो । करिब पाँचदेखि सात दिनसम्म खेल खेलिने भएको सो वडाध्यक्ष मदन भण्डारीले बताए ।उनका अनुसार डोटी राजाका पालादेखि भुवाँखेल खेल्न शुरु गरिएको हो । कम्तीमा पनि […]
आजको युग लोकतान्त्रिक बिज्ञानको युग हो । बिज्ञानका हजारौं तथ्थहरुले मान्छे सबै एउटै भन्ने कुरा प्रमाणित गरिसकेको छ । यो एकपटक मात्र होईन । सयौं पटक प्रमाणित भईसकेको छ । हिन्दु धर्मका नाममा कथित पण्डित बाह्मण भन्नेहरुले धर्मको नाममा जातीय भेदभाब तथा छुवाछुत प्रथालाई कामय गरिरहेका छन । त्यसैको सहाराले दलित समुदायलाई कथित अछुत र […]
काठमाडौं : तपाईं धर्म-कर्ममा कत्तिको विश्वास गर्नुहुन्छ ? भनिन्छ महिला घरकी लक्ष्मी हुन् । महिलालाई सम्मान गर्नुपर्छ । कुनै पनि घरमा सुख शान्ति र समृद्धि ल्याउनु छ भने महिलालाई सत्कार गर्नु आवश्य हुन्छ । साधारणतया बोली चालीको भाषामा भन्ने गरिन्छ की जुन घरमा महिलाको सम्मान हुन्छ त्यो घर सधै सुख र शान्तिमय हुन्छ । यदि […]
ॐ ह्रीं श्रीं लक्ष्मीभ्यो नमः।। जीवनमा समृद्धिको कुनै कमी नहोस्। जीवनमा कुनै दुःख, कष्ट नआओस् र ऋणमुक्त भएर जीवन सुखपूर्वक बितोस् यो सबै मानिसको चाहना हो। जीवनमा लक्ष्मी प्राप्त भएपछि सबै समस्या समाधान हुन्छन् भन्ने आशा र भरोसा पनि हामी सबै नेपालीलाई छ। तर त्यो लक्ष्मी स्वरूप के हो त जान्न जरुरी छ। एउटा जागृत […]