होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
त्रिभुवन शिक्षण अस्पतालमा मुसा र साङ्लाको बिगबिगी भएपछि अस्पतालले ठेकेदारको खोजी गर्दै टेन्डर नै आह्वान गरेको छ । मुसा, साङ्ला, उडुस, उपियाँ मार्न मासिक कति लिने हो खुलाइ गोप्य सिलबन्दी पेस गर्न अस्पतालले टेन्डर आह्वान गरेको हो । अस्पतालको विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी र युनिट लगायत अस्पताल परिसरभित्रका अन्य स्थानहरुमा मुसा, साङ्ला, उडुस, उपियाँ […]
राजधानीको बूढानीलकण्ठ स्कुलमा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्तिमा अध्ययनको अवसर दिनेगरी आवेदन खुला गरिएको छ । बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तरगत शिक्षा मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार कक्षा ५ देखि अध्ययनका लागि २०६७ वा ०६८ सालमा जन्म भइ कम्तीमा २ वर्ष अघिदेखि स्थानीय सामुदायिक विद्यालयमा नियमित रुपमा अध्ययन गरी शैक्षिक सत्र २०७७ मा कक्षा ४ […]
२१ साउन, रोल्पा। निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरुलाई सो नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताए पनि । केही वर्ष प्रक्रियामा अलमलिएका जनप्रतिनिधिले बस्ती बस्तीमा भरपर्दो टेलिफोन सेवाका लागि मन्त्रालय धाइरहेका कारण जिल्लाका अधिकांश डाँडामा टेलिफोनका अग्ला–अग्ला टावर ठड्याउन सम्भव भयो। टावर ठडिएको […]
१८ साउन, काठमाडौं । असार मसान्तसम्म देशभरका ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको हो । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज […]
काठमाडौं । पेगासस साफ्टवेयरले धेरै मानिसको मोबाइल ह्याक गरेको समाचार सार्वजनिक भएसँगै मोबाइल प्रयोगकर्तामा सुरक्षाबारे आशंका पैदा भएको छ । पेगाससजस्ता अन्य सफ्टवेयर तथा एपबाट पनि हाम्रो मोबाइल ह्याक हुन सक्छ । यीमध्ये केही एपले मोबाइल फोनबाट वित्तीय जानकारी पनि चोर्ने गर्छन् । केहीले तपाइँको फोनको ग्यालरी, फोन कल, म्यासेजलगायतका सबै कुरालाई कन्ट्रोल गर्न चाहिरहेका […]
जतिधेरै शक्तिशाली र सुपथ स्मार्टफोन उपलब्ध भएतापनि ल्यापटप तथा डेस्कटप कम्प्युटरको महत्व र आवश्यकता घटेको छैन । कतिपय कामका लागि तपाईलाई ठूलो स्क्रिन तथा फिजिकल किबोर्डसहितको राम्रोसँग काम गर्ने पर्सनल कम्प्युटर अथवा सजिलोका लागि ल्यापटप नै चाहिन्छ । दशौँ लाख विद्यार्थीहरु, कार्यालयका कामकाजी मानिसहरु तथा अन्य विभिन्न खाले प्रयोगकर्ताहरुका लागि ल्यापटप अनिवार्य आवश्यकता जस्तै बन्दै […]
६ साउन, काठमाडौं । आइतबार राति अमेरिकी पत्रिका वासिङटन पोस्ट र भारतको द वायरमा विश्वभरका मानिसहरुको निगरानी राख्न बनाइएको पेगासस सफ्टवेयरको बारेमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा पेगाससबाट विश्वभरका धेरै पत्रकार र सामाजिक कार्यकर्ताको फोन ह्याक गरिएको उल्लेख थियो । समाचारमा उल्लेख गरिएअनुसार ५० हजार फोन नम्बरको विवरणहरु लिक भएको छ । जसमध्ये […]
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने […]
यदि तपाईंले आफ्नै युट्युब च्यानल सुरु गर्ने सोच गर्नुभएको छ वा इन्स्टाग्राम तथा अन्य प्लाटर्फमका लागि भिडियो बनाउँदै हुनुहुन्छ भने तपाइँले भिडियो कसरी रेकर्ड गर्ने तथा कसरी इडिट गर्ने भन्ने जान्नुपर्ने हुन्छ । राम्रो हार्डवेयर स्पेसिफिकेसन तथा क्यामरा भएको स्मार्टफोन तपाईंसँग छ भने भिडियो सिर्जनाका लागि तपाईंलाई अरु कुनै पनि उपकरणको आवश्यकता पर्दैन । साथै […]
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको हो । […]
३१ असार, काठमाडौं । शुक्रबारबाट नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्दैछ । विदेशबाट मोबाइलको चोरी पैठारी रोक्न एवं हराएको मोबाइल सजिलै पत्ता लगाउन सहयोगी मानिएको यो सिस्टम सबै खालका मोबाइलमा अनिवार्य गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । आइएमइआई युनिक आइडेन्टिफाइड कोड हो । जसले हरेक मोबाइल डिभाइसलाई सरकारी सिस्टममा समेट्ने काम गर्छ […]
अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन l आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई […]
लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले प्रयोगकर्तालाई ३ मिनेट सम्मका भिडियो पोस्ट गर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ । हाल १५ सेकेण्ड र अधिकतम एक मिनेटसम्मका भिडियोमात्र टिकटकमा पोस्ट गर्न सकिने सुविधा रहेकोमा निकटले भिडियोको अधिकतम लम्बाइलाई ३ मिनेट बनाउने तयारी गरिरहेको हो । टिकटकका प्रडक्ट म्यानेजर ड्रिउ किर्चहोफले एक ब्लगपोस्टमा भनेका छन् : […]
१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो । ट्विटरको नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा […]
८ असार, काठमाडौं । आइतबार साँझ ‘क्लबहाउस’को दोहोरी गायन समूहमा एक युवकले आफ्नो रहस्य खोल्दा सहभागीहरू आश्चर्यमा परे । ती युवकका अनुसार समय कटाउन लगातार २० घन्टादेखि उनी क्लबहाउसकै विभिन्न ग्रुपमा जोडिएका थिए । त्यस्तै दुई सातादेखि निरन्तर क्लबहाउसका विभिन्न विषयमा बहसमा सक्रिय थिए । छलफलमा ती युवकले भने, ‘म बीस घन्टादेखि क्लबहाउसमै छु, साथीहरू […]
जोकर नामक भाइरसले गुगलमाथि पुनः आक्रमण गरेको छ । क्विक हिल सेक्योरिटीका शोधकर्ताहरुले गुगल प्ले स्टोरमा नयाँ जोकर मालवेयरयुक्त विभिन्न ८ वटा एप पत्ता लगाएका छन् । जोकर मालवेयर एन्ड्रोइड डिभाइसहरुमा निरन्तर आक्रमण गरिरहने भाइरस हो । यो डाटा चोर्ने भाइरस हरेक महिना जसो कोड परिवर्तन गरी गुगल प्लेस्टोरमा छिर्ने गरेको छ । शोधकर्ताहरुका […]
आमाको दूध बच्चाको लागि अमृत समान हुन्छ भनिन्छ । स्तनपान बच्चाको लागि पर्याप्त पोषणको श्रोत हो र यसले बच्चाको सर्वाङ्गीण विकासमा सहयोग गर्दछ । आमाको दूधमा विभिन्न खाले पोषक तत्व हुन्छन् जसले शिशुलाई विभिन्न खाले गम्भीर रोगबाट बचाउँदछ । त्यसैले आमाको दूधलाई शिशुको सम्पूर्ण आहार भनिन्छ । बच्चालाई एक वर्षको हुन्जेल आमाको दूध चुसाउन […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकामा मार्तडीस्थि क्रेटर जोन एकेडेमीले “जुम” मार्फत शिक्षक र अभिभावकसंग आफ्ना शिक्षक र विद्यार्थीहरुका अभिभावकसंग अन्तरक्र्रिया गर्ने भएको छ । कोभिड–१९ का कारण विद्यालय पूर्ण रुपमा बन्द भएको भएपनि शैक्षिक सत्र २०७७ को परिक्षाफल प्रकाशन र शैक्षिक सत्र २०७८ को भर्ना र कक्षा संचालनका विषयमा पहिलोपटक जुम मिटिङ्ग मार्फत शिक्षक […]
१८ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ ।विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम […]
पछिल्ला दिन चीनको रकेट अन्तरिक्षमा अनियन्त्रित भएर चारैतर्फ चक्कर लगाइरहेको छ । अब यो रकेट धर्तीतर्फ तिव्र गतिमा अघि बढिरहेको छ । विशेषज्ञहरुका अनुसार शनिबार यो रकेट कुनै पनि समय धर्तीमा खस्न सक्छ । यस रकेटलाई लिएर विशेषज्ञहरूले धेरैखाले सम्भावना व्यक्त गरेका छन् । विशेषज्ञहरुका अनुसार यो रकेट धर्तीको वातावरणमा प्रवेश गर्दागर्दै जल्न सुरु हुनेछ […]