होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरलेको सरुवा भएको छ ।प्याकुरेलको बडीमालिका नगरपालिकाबाट राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबारमा सरुवा भएको हो । ०७८ चैत्र १३ गतेबाट बडीमालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका प्याकुरेल ३ महिना नपुग्दै सरुवा भएका हुन् । स्थानिय तह निर्बाचनको बेला बुढिगंगा नगरपालिकाको निर्वाचनमा अनुगमन समितिको संयोजक भएर […]
धनगढीः बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्मा गाउँपालिका १ नाउलाकी ३० वर्षीया सिन्की बोहरा रहेकी छन्। बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीसँग रहेका अरु भने भागेर बाँच्न […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिका वडा नं. ९ मा कल सेन्टर स्थापना गर्ने निणर्य गरेको छ । वडामा आज बसेको वडा समितिको पहिलो बैठकले वडाको सेवा क्षेत्र भित्रका सेवाग्राहीहरुको जनगुनासोलाई सम्वोधन गर्न नेपाल टेलिकमसंग समन्वय गरि वडा कार्यालयमा कल सेन्टरको स्थापना गर्ने निणर्य गरेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । कल सेन्टरमा सेवाग्राहीहरुको […]
बझाङ — रेडियोको स्टुडियो भित्र पसेर एक व्यक्तिले पत्रकारलाई कुटपिट गरेका छन । जिल्ला सदरमुकाम चैनपुर स्थित जयपृथ्वी एफएम कार्यरत पत्रकार कर्ण धामीलाई सुर्मा गाउँपालिका–४ का खडक बोहराले कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएका छन् । मदिरा सेवन गरेर स्टुडियोमा पसेका बोहराले रेडियोमा प्रसारण हुने श्रद्धाञ्जलीको विषयमा कुरा गर्ने क्रममा आफूमाथि कुटपिट भएको […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडिमालिका नगरपालिकाका जेष्ठ नागरिकहरुको सम्मानका लागि दुई दिने कार्यक्रम सम्पन्न भएको छ । बडिमालिका नगरपालिका वडा न ८ र ९ का जेष्ठ नागरिकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । बडिमालिका नगरपालिकाको आर्थिक सहयोग तथा बडिमालिका जेष्ठ नागरिक कल्याण संस्था र अपाङ्ग कल्याण संघ मार्तडी बाजुराको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको बडिमालिका […]
नागरिक रैबार/बाजुरा २० जेठ। बुढीगंगा नगरपालिका ९ बासुरेका चन्द्रबहादुर शाहीका १६ बर्षिया छोरा धर्म शाही मृत्त फेला परेका छन् । घरबाट चार दिन पहिला मात्र काठमाण्डौ गएका थिए । काठमाण्डौ जिल्लाको कागेश्वर मनोहरा नगरपालिका ६ मुलपानीको लक्ष्मीनारायण मन्दिर नजिक रहेका ब्रदी प्रसाद कुईकेलको खाली जग्गामा जेठ १९ गते बिहान मृत्त अवस्थामा फेला परेका मृतकका अंकल […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरा जिल्लामा रहेका आर्थिक अवस्ता कमजोर भएका बालवालिका तथा एकल महिलाहरुलाई यूनिसेफ नेपालको आर्थिक सहयोग र वास नेपालको सहकार्यमा महिला तथा बालवालिकालाई आर्थिक सहयोग गर्दै आएको छ । बडिमालिका वडा न.९मा एक कार्यक्रमको आयोजना गरी यूनिसेफ नेपाल र वास नेपालको सहयोगमा एकल महिला दुई जना र दुई बालवालिकालाई गरि पांच हजार […]
नागरिक रैबार/बाजुरा १९ जेठ। गौमुल गाउँपालिकाले पनि आईतबार सार्वजनिक विदा नदिने निर्णय गरेको छ । सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी सार्वजनिक विदा दिने निर्णय गरेको भएपनि गौमुल गाउँपालिकाले भने आईतबार सार्वजनिक विदा नदिने निर्णय गरेको हो । गौमुल गाउँकार्यपालिकाको दोस्रो बैठकले काममा प्रत्यक्ष असरपर्ने भन्दै आईतबार सार्वजनिक विदा नगर्ने निर्णय गरेको […]
काठमाडौं। तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो । दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको […]
डडेल्धुराः डडेल्धुरा अस्पतालमा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–५ का प्रकाश थापा मगरकी पाँच वर्षीया छोरी यनुसा थापा मगरको मृत्यु भएको हो। बिहीबार बिहान ५ बजे निमोनियाको आशंकामा अस्पताल भर्ना भएकी थापामगरको करिब ७ बजे मृत्यु भएको हो। बिरामी बालिकालाई अस्पताल पुगाएको तीन घण्टासम्म डाक्टरले नहेरिदिएपछि बालिकाको मृत्यु भएको आफन्तले बताएका छन्। उनीहरुले […]
मुगुमा कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा यार्सा टिप्न गएपछि विद्यालय बन्द गएका हुन् । उनीहरू सातु, माल सामान, खाजा बोकेर […]
खोटाङ, दोलखा, धादिङ, बुटवल र अछाम — खोटाङको केपिलासगढी गाउँपालिकाकी १५ वर्षीया किशोरी गत मंसिर १० मा बलात्कृत भइन् । स्थानीय ३० वर्षीय अतीत राईबाट बलात्कृत भएकी उनले वैशाख २ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बच्चा जन्माइन् । ६ महिना नपुग्दै जन्मिएको बच्चाको तत्कालै मृत्यु भयो । बलात्कारको आघात र नवजात शिशु मृत्युको दोहोरो पीडा खेपेकी […]
चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत भएपछि […]
नागरिक रैबार/बाजुरा १९ जेठ।जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले फोरजि सहितको नेपाल टेलिकमको टावर निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरु आएर पदभार ग्रहण गरेसंगै बसेको गाउँपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिकाका स्थानीयहरुलाई संचारको पहुँचमा ल्याउन फोरजि सहितको टेलिफोन टावर निर्माण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । गाउँपालिकाको […]
नागरिक रैबार/बाजुरा १९ जेठ। जिल्लाको त्रिवेणी नगरपालिकामा उत्कृष्ट मेयर छात्रवृति पुरस्कार प्रदान गर्ने भएको छ । त्रिवेणी नगरपालिकाको पहिलो कार्यपालिकाको बैठकबाट प्रत्येक बर्ष नगरका सामुदायिक विद्यालयबाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने एकजना छात्र र एक जना छात्रालाइ उत्कृष्ट मेयर छात्रवृति प्रदान गर्ने नगरपालिकाले निर्णय गरेको नगरपालिकाका नगर प्रवक्ता खेमराज गिरीले बताएका छन् । सामुदायिक विद्यालयमा अध्ययन […]
नागरिक रैबार/बाजुरा १९ जेठ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकामा बहु प्राबिधीक शिक्षालय खोल्ने निणर्य गरेको छ । बाजुरा, हुम्ला, मुगु र कालिकोट जिल्लालाई बेश बनाएर प्राबिधिक शिक्षालय खोल्ने निणर्य गरेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन । त्यसै गरी गाउँपालिकामा फोर जि सहतिको नेपाल टेलिकमको टावर नर्मिाण गर्ने कृषि […]
२०५८ जेठ १९ गते शुक्रबार राति।करिब पौने नौ बजे। त्रिभुवन सदनस्थित खोपीबाट सैनिक कम्ब्याट लगाएर तत्कालीन युवराज दीपेन्द्र सोही भवनमै रहेको बिलियार्ड हल छिरे र अन्धाधुन्ध फाइरिङ सुरु गरे। सुरुमा सिलिङ र पश्चिम भित्तामा।केही सेकेन्डभित्रै बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर शाही नातेदारसँग कुरा गर्दै आफ्ना बुबा तत्कालीन राजा वीरेन्द्रलाई फायर गरे। वीरेन्द्र लडे। उनलाई बहिनी […]
बुढीनन्दा नगरको बैठकले गर्यो यस्ता निर्णयहरु (सूचिसहित) १ न्यायक समिती गठन । २ विषयगत समिती गठन। ३ कार्यपालिकाको प्रबत्ता गठन (जस्मा जङबिर रोकाया ) ४ जनप्रतिनिधिले अनिवार्य ड्रेस लगाउने र पालिकाको लोगो निर्माण गर्ने । ५ पद बाहाली गर्दा गरिएका निर्यको अनुमोदन गरेर कार्यनयन गर्ने । ६ कोल्टी क्षेत्रमा बिधुतको रास्ट्रय प्रशारण लाई जडानको पहल […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बडीमालिका नगरपालिकाले बाजुराको सदरमुकाम समेत रहेको मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने निर्णय गरेको छ । बाजुराको मुटुका रुपमा रहेको सदरमुकाम मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी बजारको सरसफाई व्यवस्थापन गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् । प्रवक्ता पाध्यायका अनुसार नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आएर पदभार ग्रहण गरेसंगै […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकाको पहिलो बैठकबाट गरिएका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । बुधबार नगरपालिकाको नगर प्रवक्तामा तोकिएका बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले कार्यपालिकाको पहिलो बैठकले गरेका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् । कार्यपालिकाको बहुमतबाट पारित भएका बैठकका निणर्यहरु पत्रकार सम्मेलनको आयोजना […]