होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० असार। बाजुराको बडीमालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४७ करोड ३६ लाख १९ हजार रुपैयाँको बजेट ल्याएको छ । संघ र प्रदेशबाट प्राप्त बजेट दाता निकायसँगको साझेदारीमा सञ्चालित कार्यक्रम र आन्तरिक राजश्वबाट प्राप्त आम्दानी गरि ४७ करोड ३६ लाख १९ हजार ९ सय बजेट ल्याएको हो । हेर्नुहोस बजेटको पूर्णपाठ
काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंह चढेको जिप मंगलबार बझाङको केदारस्युँ गाउँपालिका–१ स्थित नयाँगाउँमा दुर्घटना भयो । दुर्घटनामा परेर मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भयो । मन्त्री सिंहको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जिप दुर्घटना हुँदा चालक […]
नागरिक रैबार/बाजुरा ७ असार।जिल्लाको खप्तड क्षेडेदह गाउँपालिका आजबाट आफ्नै नयाँ भवनमा सरेको छ । स्थानीय तह घोषणासंगै साविकको डोगडी गाउँ विकास समितिको कार्यालयमा सेवा सञ्चालन गर्दै आएको पालिका आजबाट आफ्नै नयाँ भवनमा सरेको हो । स्थानीय तह घोषणा भएको ६ वर्षपछि पालिकाले आफ्नै प्रसासकीय भवन निर्माण गरेर सरेको हो । नयाँ भवनमा आज पुजापाठ गरेर […]
नागरिक रैबार/बाजुरा ७ असार। बाजुराका सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश बहादुर सिह राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सिंहलाई नगद ५० हजार सहित सम्मानित गरेको हो । सिंहले युवाका क्षेत्रमा कलम चलाएको भन्दै सम्मानित गरेको हो । सिंह बडीमालिका खबरका सम्पादक तथा नेपाल टेलिभिजन र त्यस्तै दि हिमालयन […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको एक वर्ष पूरा हुँदैछ । गत वर्ष ७ असारमा रवि लामिछानेको नेतृत्वमा यो पार्टी गठन भएको हो । पार्टी गठन लगत्तै संसदीय निर्वाचनमा होमिएको यो पार्टीले उत्साप्रद नतिजा ल्याएर नेपालको राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ । यद्यपि, यो अवधिमा रास्वपा विवादको घेरामा पनि उत्तिकै रुमल्लिएको देखियो । […]
काठमाडौँ- हवाई भाडादर घटेको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो ।बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।
नागरिक रैबार/बाजुरा ५ असार।होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु गरिएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भेलेजमा सूरु गरिएको हो । कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल व्यवस्थापन तथा पर्यटन मैत्री […]
धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा […]
५ असार, जनकपुरधाम । जिल्ला अदालत धनुषामा मंगलबार दिउँसो ढुंगामुढा भएको छ । धनुषामा शंकास्पद मृत्यु भएकी आरती साहलाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारीले अदालतमा पनि ढुंगामुढा गरेका हुन् । प्रहरीले हत्यामा संलग्नलाई जोगाउन खोजेको भन्दै साहको माइती पक्षले अदालतबाहिर प्रदर्शन गरेका थिए । त्यसै क्रममा अदालतमा ढुंगामुढा भएको हो । प्रहरीले प्रदर्शनकारीलाई हटाउने […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको विभागका सदस्यहरूको टोलीले मंगलबार मन्त्री बस्नेतलाई मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा प्रत्येक अस्पतालले कुल शय्याको १० प्रतिशत […]
नागरिक रैबार बाजुरा ५ असार बाजुराको बडीमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । बडीमालिका नगरपालिकाले विभिन्न वडामा उत्पादन भएका कृषि उपज सुरक्षित तवरले बजार र उपभोक्तासम्म पुर्याउन आजबाट एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । कृषकका उत्पादनले सही समयमा बजारसम्म पहुँचको अवस्था सिर्जना गर्न नगरपालिकाले कृषि एम्बुलेन्से सेवा संचालन गरेको बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्काले […]
काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रवार हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रवार (असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो । सभाको मङ्गलवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रवार हुने गरी निर्धारण गरेको जानकारी दिए […]
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी संसदीय व्यवस्था मान्ने पार्टीहरु पहिलो पटक सहकार्य गर्दैछ । २०६९ सालमा तत्कालीन एकीकृत माओवादीबाट अलग भएपछि विप्लवले पहिलो पटक संसदीय व्यवस्था मान्ने पार्टीसँग मोर्चाबन्दी गरेका हुन् । २०६९ सालमा माओवादीबाट अलग भएपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा विप्लव सचिवको जिम्मेवारीमा दिए । २०७१ सालमा वैद्यबाट अलग भई […]
५ असार, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको आरोप लगाएका छन् । शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै एमाले सांसद बास्कोटाले बजेटको समन्यायिक वितरण नभएको बताए । आफ्नो गृहजिल्ला काभ्रेको पनौती नगरपालिकामा हुँदै नभएको वडाका नाममा बजेट परेको […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको हो । शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिए। अस्पतालका अनुसार बिहान मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका […]
५ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले मन्त्रालगत कार्यक्रम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएको छ । शहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले नियमापत्ति गरेको थियो । शहरी विकासमन्त्री सीता गुरुङले यदि त्रुटि भएको रहेछ भने सच्याउने बताइन् । सभामुखले […]
धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । दुर्घटनामा परि मन्त्री सिंहसहित ४ जना घाइते भएका प्रहरीले जनाएको छ […]
५ असार, काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ ।पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् । ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा […]
५ असार, काठमाडौं। नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका एक युवा बेहोस भएका छन् ।नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा गरेको प्रदर्शनमा सहभागी एक युवा बेहोस भएका हुन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै प्रदर्शन भएको […]