होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जिल्ला प्रशासन कार्यालय झापामा नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिनेको दैनिक भीड हुने गरेको छ। भीड बढेसँगै काममा ढिलासुस्ती हुँदा सेवाग्राही आक्रोशितसमेत हुने गरेका छन्। गाउँगाउँमै परिचयपत्रको विवरण सङ्कलन गर्न टोली गएपछि अन्य जिल्लाबाट बसाइँ सरेर आउनेहरुले नागरिकता आद्यावधिक गर्ने, प्रतिलिपि निकाल्ने र नयाँ नागरिकता बनाउनेको समेत चाप बढेको कारण भीड बढेको हो। दैनिक सात […]
बाजुरा ३ माघ । नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा सरकारको असंबैधानिक कदमका विरुद्ध एकै साथ प्रदर्शन गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको सर्कुलर अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गरेको हो । सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिको आयोजनामा विरोध कार्यक्रमको आयोजना […]
काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ५६ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४४ […]
भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन्। यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ । \ अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय […]
प्राकृतिक विपत्तीबाट यस वर्ष कर्णालीमा ठूलो क्षति पुगेको छ । बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागी जस्ता प्राकृतिक विपत्बाट चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो चौमासिकमा ठूलो धनजनको क्षति भएको पाइएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार साउन, भदौ, असोज र कात्तिक महिनामा बाढी, पहिरो, हावाहुरी र आगलागीबाट गरी रु १८ करोड २५ […]
चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । “हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय […]
३ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-३१ बेल्वाका गणेश माझीको घरमा बालबालिकाहरु भुजाको लड्डु खाँदै थिए । कठ्यांग्रिने शीतलहरमा उनीहरुको शरीर पूरै ढाक्ने कपडा छैन । गणेशका दुई छोरा र एउटी छोरी छिन् । ज्वाइँ र नातिनातिनीहरु यतै रहेकोले परिवार १० जनाको छ । १० जनाको परिवार सानो फुसको घरमा बस्न बाध्य छ । बालबालिकाका लागि […]
आजदेखि भारतले सर्वसाधारणका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरू गर्ने भएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ। अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुरा गर्नेछन्। भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार ६ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुनेछन्। अभियानको पहिलो दिन आज हरेक […]
आज काठमाडौंका विभिन्न ठाउँमा बिजुली काटिने भएको छ ।नेपाल विद्युत प्राधिकरणका अनुसार आज काठमाडौंको बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट हुने विभिन्न ठाउँको विद्युत प्रवाह रोकिने भएको हो । प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको गणेशथान फिडर अन्तर्गत पर्ने धापासी महिला संघ एरियामा ट्रान्सफर्मर जडानका लागि यो फिडर अन्तर्गतका स्थानमा १२ बजेदेखि २ बजेसम्म बत्ती […]
नयाँदिल्ली — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री सिंहलाई भेटेका हुन् । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित छन् […]
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपी किशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष […]
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिने भएका छन्।माघ ११ मा उनले काठमाडौंमा लगनगाँठो कस्नेछन्। उनीनिकट स्रोतले वैवाहिक जीवनमा बाँधिन लागेको जानकारी सेतोपाटीलाई दियो। ५० वर्षका मुख्यमन्त्री राईको अन्तरजातीय बिहे हुने भएको उनीनिकट उक्त स्रोतले बतायो।मुख्यमन्त्री राईले यसबारे सोधिएको जिज्ञासामा भने, ‘यसलाई अहिले नै नभनौं।’ आफ्नै दलका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता […]
आज माघ ३ गते सुदूरपश्चिम प्रदेशवासीको अर्को प्रमुख चाड उत्तरायणी पर्व शुरु भएको छ । यहाँका नौवटै जिल्लाका महिलाले बिहानैदेखि उक्त पर्व मनाउन थालेका छन् । विषेशगरी यो पर्व सुदूरपश्चिममा महिलाले मनाउने चलन रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, डोटी, बैतडी तथा दाुर्चलाका गाउँघर तथा बजारमा रहेका स्थानीयवासी सबै आ–आफ्नो पायक […]
नागरिक रैबार/बाजुरा ३ माघ। प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा विरोध प्रर्दशन गर्ने भएको छ ।नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गर्न लागेको हो । जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रमा सम्वन्धित स्थानीय तहका पार्टी प्रतिनिधिहरु जम्मा भएर […]
शनिबारदेखि भारतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु हुँदैछ । भारतले कोरोना खोप कार्यक्रमका लागि आवश्यक तयारी भइसकेको बताएको छ । चीनपछि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा कसरी सुरु हुँदैछ त कोरोना खोप कार्यक्रम ? पहिला कसले पाउँछन् ? भारत सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु अर्थात् डाक्टर, नर्स तथा स्वास्थ्यसँग जोडिएका […]
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ। यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। पार्टी सभापति शेरबहादुर देउवाले ७ सय ५३ स्थानीय तहमा शनिबार हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी […]
पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी लिनेदिने र रणनीतिबारे छलफल–बहस गर्नुपर्ने नेताहरु विगतका कोठे बैठकमा कसले के बोल्यो, को कस्तो थियो, कसले कुन पद माग्यो भन्नमै व्यस्त देखिएका छन् । काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार १४ गते भारतले आफूलाई सरकारबाट हटाउन खोजेको र त्यसमा नेकपाका नेताहरूले नै साथ दिएको आरोप लगाए । त्यही घटनापछि […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति कार्यालयबाट जारी भएको सूचनाकै विषयमा विवाद भएको छ । सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ भइरहेका बेला निवेदकहरूका कानुन व्यवसायीले सरकारले गरेको निर्णयमा व्यहोरा थप गरी राष्ट्रपति कार्यालयबाट सूचना जारी भएको भनी आपत्ति जनाएका हुन् । ‘२०७७ पुस ५ गते नेपाल सरकारको निर्णय अनि प्रधानमन्त्रीले राष्ट्रपति […]
२ माघ, काठमाडौं । मन्त्रिपरिषदले संविधानको कुनै धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको खुलासा भएको छ ।पुस ५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर संविधानको कुन धाराअनुसार प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्ने निर्णयमा उल्लेख नै छैन । मुख्यसचिव शंकरदास बैरागीले राष्ट्रपति कार्यालयका […]