होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन् । हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् । बुधबार […]
नागरिक रैबार/बाजुरा ५ फागुन । बुढिगंगा नगरपालिकामा स्थानीयले लगाएको ताला ४ दिन पछि आज खुलेको छ । नगर कार्यपालिकाका पदाधिकारी र स्थानीय बिचको सहमती पछि चारदिनपछि ताला खोलेको स्थानीय हिक्मत थापाले बताएका छन् । चार दिन अगाडीदेखी स्थानीयहरुले नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत चाहियो भन्दै तालाबन्दी गरेका थिए । नगरपालिकाको आर्थिक अधिकार सहित प्रमुख प्रशासकिय अधिकृत […]
बागलुङ–ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन ताराखोला गाउँपालिकाले ८५ वर्ष नाघेका सबैलाई फाइबर सिरक र टर्च लाइट प्रदान गरेको छ । पाँचवटै वडामा गरी ८३ ज्येष्ठ नागरिकलाई ती सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिकको सम्मानार्थ गाउँपालिकाले चालु आवमा रु दुई लाख ५० हजार बजेट छुट्टयाएको थियो । सोही बजेटबाट ८५ वर्षमाथिका सबै नागरिलाई […]
सुर्खेत‚ मुगु‚ कालीकोट — कहिले कोरोना महामारी त कहिले हिमपात । हिमाली जिल्लामा यो वर्ष मुस्किलले दुई महिना मात्र पढाइ भएको छ । हुम्लाको नाम्खा, मुगुको मुगमकार्मारोङ, डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे-फोक्सुन्डोका अधिकांश विद्यालयका बालबालिकाले खासै पढ्न पाएनन् । गत वर्ष र अघिल्लो वर्ष पनि कर्णालीका हिमाली जिल्लामा शैक्षिक अवस्था यस्तै थियो । यहाँ बर्सेनि फागुनबाट शैक्षिक सत्र सुरु […]
कञ्चनपुर — महाकाली नदी किनारमै बसोबास छ । एकातिर महाकाली नदीमा आउने बाढीको त्रास । अर्कोतिर घरजग्गा दर्ता नभएको वनजंगल क्षेत्रबाट कतिबेला उठिबास हुने हो भन्ने त्रास । कञ्चनपुरको भीमदत्त नगरपालिका— ९ खल्लाकी ममता रावललाई यही चिन्ता छ । पछिल्लो पटक कात्तिक पहिलो साता महाकाली नदीमा आएको भीषण बाढीले उनको होसहवास नै उडाएको छ । तीन दशकदेखि खेतीपाती गर्दै आएको […]
विराटनगर । धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ । आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको […]
एजेन्सी : ह्युमन इम्युनोडेफिसियन्सी भाइरस (एचआईभी) बाट लाग्ने रोगलाई निको नहुने मानिन्छ तर क्रमशः अवस्था परिवर्तन हुँदै गइरहेको छ। हालै अमेरिकी वैज्ञानिकहरूले एचआईभी संक्रमित एक महिलालाई निको पारेका छन्। यो एचआईभी ठीक भएको विश्वको तेस्रो घटना हो। यसअघि दुई पुरुषलाई यो घातक रोगको चंगुलबाट बाहिर ल्याइएको थियो। कसरी गरियो उपचार ? वैज्ञानिकहरूले नयाँ स्टेम सेल […]
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने भएका छन् । उनीहरू पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने छन् । स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचारसंहितामा पनि समावेश गरेको हो । आचारसंहिताको मस्यौदामा बहालवाला जनप्रतिनिधिहरू स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ । ‘अहिलेका जनप्रतिनिधि पदमा […]
नागरिक रैबार/बाजुरा ५ फागुन। जिल्लाको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधिहरुको लापरवाहीका कारण नगरबासी हैरान बनेका छन् । नगरपालिकाका नगरप्रमुख दिपक विक्रम शाह र उपप्रमुख तारा खातिको लापरवाहीका कारण नगरपालिकामा ३ महिना वित्न लाग्दा समेत प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको भन्दै नगरबासी आक्रोसित बनेका छन् । नगर सरकार गठन भएको सूरुदेखि नै विवादित बन्दै आएको बुढीगंगामा स्थानीयहरुले कार्यकारीको […]
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा […]
सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् । सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन […]
काठमाडौंः अमेरिकी सहायता परीयोजना (एमसीसी) विरुद्ध प्रदर्शनमा उत्रिएका २४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशभरबाट २४२ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । नियन्त्रणमा लिएका सबैलाई छोड्ने तयारी भइरहेको छ ।प्रवक्ता केसीले भने, ‘धनजनको कुनै क्षति भएको छैन । पक्राउ परेकालाई छोड्दै छौं ।’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी […]
धनगढीः कञ्चनपुरमा एक वडाध्यक्षको मोटरसाइकल समातिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वार्ड ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराको सरकारी मोटरसाईकल नेपाल बन्दकर्ताले नियन्त्रणमा लिएका हुन्। बन्दकर्ताले अध्यक्ष बोहराको मोटरसाईकल बसपार्क नजिकबाट नियन्त्रणमा लिएको बताएका छन्। नेपाल बन्दको समयमा सरकारी मोटरसाईकल चलाएको भन्दै मोटरसाईकल समातेको उनीहरुले बताएका छन्।
चितवन। देशका बाघ पाइने निकुञ्ज, आरक्षण तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघको गणना जारी छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको वरपरका मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघ गणनाको काम सकिएको छ । बाघ गणनाको प्रारम्भिक चरणका तथ्याङ्कले संरक्षणकर्मीहरु निकै खुसी देखिएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण […]
धनगढीः दार्चुलामा गाउँपालिका अध्यक्षकी छोरीको नाम पनि गरिबका सूचीमा राखिएको भेटिएको छ। जिल्लाको दुहुँ गाउँपालिकामा यस्तो भेटिएको हो। काँग्रेस दार्चुलाका सचिवसमेत रहेका पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी २७ वर्षीया छोरी सावित्री कार्कीको नाम गरिबको सूचीमा भेटिएको हो। सावित्रीले गरिब घर परिवारको सूची संकलनमा आफूलाई सामान्य गरिबमा राख्न लगाएको भेटिएको हो। तर, उनको आर्थिकस्तर तथा अवस्था भने […]
नागरिक रैबार/बाजुरा ४ फागुन। एमसिसीको विरोधमा बाजुरामा पनि बन्दको प्रभाव परेको छ । एमसिसिको विपक्षमा रहेका दलहरुले आज नेपाल बन्दको घोषणा गरेसंगै बाजुरामा समेत बन्दको प्रभाव परेको हो । बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि बाजुरामा नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बाजुरा र बैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपाल बाजुराको अगुवाईमा मार्तडीमा रहेका बजार […]
नागरिक रैबार/बाजुरा ३ फागुन। जिल्लाको जगन्नाथ गाउँपालिकाले एक्सरे सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाको केन्द्र जुड्डीमा रहेको कोरोना अस्पतालबाट एक्सरे सेवा दिने गरी संचालनमा ल्याईएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् । एक्सरे मेसिन संचालनमा ल्याउनका लागि गाउँपालिका ५ लाख रकम खर्च गरेको छ । गाउँपालिका नागरिकहरुको स्वास्थ्य उपचारलाई मध्येनजर गरेर गाउँपालिकाले १ वर्ष […]
काठमाडौं । साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् । २०२६ सालको मदन पुरस्कार विजेता शर्माको […]
सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ। अर्नाहाबाट पत्थरगाढातर्फ जाँदै गरेको फलाम रड लोड भएको स १ त ६ १०८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ महुकीमा दुर्घटना हुँदा घाइते सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का २७ वर्षीय सन्तोष सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। उपचारका क्रममा गजेन्द्रनारायण […]
डोटीको पूर्वीचौकी गाउँपालिकामा मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नामक संस्थाले ३ महिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको छ। सोमबार पूर्वीचौकी गाउँपालिका–४, सानागाउँस्थित सरस्वती माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ३ महिने निःशुल्क कम्प्युटर तालिमको उद्घाटन गरेको हो। साईन नेपालका अध्यक्ष भक्तराज जोशीको सभाध्यक्षता तथा पूर्वीचौकी गाउँपालिका–३ का वडाध्यक्ष अमर चयडाको प्रमुख आतिथ्यमा उद्घाटन […]