होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२६ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन एक हजार २०९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७६ हजार २७१ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९६ हजार ५५१ नयाँ संक्रमित थपिएका छन् । एकैदिन थपिएका […]
नेपालको राज्य पुनसंरचनापछि पहिलोपटक जनगणना हुँदैछ । संघीय नेपालमा २०७८ सालको जेठ/असारमा हुने जनगणनाले आगामी दशकमा देश विकासको खाका तयार गर्ने प्रमुख आधार तयार गर्नेछ । यस बर्षको जनगणनाले व्यक्तिगत रुपमा करिब हरेक व्यक्तिका करिब ५२ वटा सूचना संकलन गर्नेछ भने सामुदायिक तर्फ करिब १ सयवटा नयाँ सूचनाहरु ल्याउनेछ । यी सूचनाहरुको विश्लेषणबाट सरकारले आगामी […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ७ सय ४३ पुगेको छ । बिहीबार प्रदेशका बिभिन्न अस्पतालबाट थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ७ सय ४३ पुगेको हो । कैलालीका ६७, कंचनपुरका २ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ । सक्रिय संक्रमितमा अछाम […]
धनगढी : धनगढीबाट अछामका लागि छुटेको जीप डोटीमा दुर्घटना हुँदा १२ जना घाईते भएका छन्। आज बिहान ५ बजे से १ ज ११६६ नम्वरको जीप डोटीको पुर्वीचौकी गाउँपालीका १ शान्तीनगर नजीकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। कार्यालयका प्रहरी निरिक्षक कर्णवहादुर बोहराले घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको बताए। जिप सडकबाट एक […]
अछाम : अछाममा रुखमा च्यापिएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्साकी २१ बर्षीया निशा थापाको बिहिबार रुखले च्यापिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ। बिहिवार घर नजिकैको बनमा दाउरा ल्याउने क्रममा सल्लाको मुढाले घाँटी च्यापिएपछि उनको घटनास्थलमै ज्यान गएको हो। घटना बिहिवार दिउसो साढे ३ बजेतिर भएको स्थानीय […]
२६ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको व्यवस्था मिलाइएको छ । उनीहरुको पालनपोषण, संरक्षण र शिक्षाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो । अभिभावक गुमाएका ७ जना बालबालिकाहरु २५ भदौमा एसओएस बालग्राम काभ्रे पुगिसकेका छन् । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधासहित बस्नेछन् । […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ। जारी मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी […]
काठमाडौं, २५ भदौ । मन्त्रालयले विदेशबाट आउने, एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्दा आफ्नै घर र खर्चमा १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने नियम बनाएको छ । १४ दिनमा कुनै लक्षण नदेखिएमा परीक्षणको आवश्यकता नपर्ने उहाँले बताउनुभयो । यस्तै विदेशबाट आउँदा ७१ घण्टा अघि पीसीआर परीक्षण गरेको रिपोर्टलाई आधार मान्ने निर्णय पनि मन्त्रालयले गरेको छ । मन्त्रालयले […]
२५ भदौ, काठमाडौं । ट्युसन सेन्टरमा बसिरहेकी संगीता मगर र सीमा बस्नेतमाथि २०७१ फागुनको एक विहानै एसिड आक्रमण भयो । जेनी खड्कालाई २०७६ जेठमा श्रीमानले एसिड खन्याए, भदौमा स्कुल हिँडेकी मुस्कान खातुनमाथि एसिड प्रहार भयो । ६ वर्षदेखि एसिड आक्रमणमा परेकाहरुको उपचारमा जुटेका उज्ज्वल विक्रम थापाले एउटा टेलिभिजन कार्यक्रममा भने, ‘ट्रकको ठक्करबाट मृत्यु भएको व्यक्तिलाई […]
२५ भदौ, काठमाडौं । बाढी, पहिरो र चट्याङका घटनामा परी वैशाख १ गतेयता ३४६ जनाले ज्यान गुमाएका छन् भने ८५ जना बेपत्ता भएका छन् । विपद्को घटनामा परी ३९७ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेदेखि भदौ २४ गतेसम्म पहिरोका घटनामा परी २५० जनाले ज्यान […]
२५ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा मृत्यु भएको छ । स्थानीयवासीका अनुसार भिरबाट लडेर तामाङको पेट […]
कोभिड-१९ को खोप बनाउने विश्वव्यापी दौडमा एस्ट्राजेनेका-अक्सफर्डको साझेदारी अग्रपङ्क्तिमा रहेको मानिन्छ यूकेमा एक सहभागी बिरामी परेपछि अन्तिम चरणमा पुगेको कोरोनाभाइरसविरुद्ध बनाइएको खोपको क्लिनिकल परीक्षण अहिलेका लागि रोकिएको छ। झट्ट सुन्दा यो समाचारले अलकति झस्काउन सक्छ। तर खोप विकासमा अक्सफर्ड यूनिभर्सिटीसँग साझेदारीमा रहेको औषधि कम्पनी एस्ट्राजेनेकाले यसलाई “नियमित” स्थगन भनी व्याख्या गरेको छ। उसले ती व्यक्तिमा […]
जुम्ला – अहिले जुम्लाका किसानलाई स्याउ टिप्ने र निर्यात गर्ने चटारो छ । जिल्ला कृषि विकास कार्यालयले गएको भदौ १० गतेदेखि स्याउ टिप्ने अनुमति दिएपछि एक हप्तामै ७० प्रतिशत स्याउ टिपेर सकिएको छ । अहिले धेरैजसो किसानले स्याउ टिपिसकेका छन् । अहिले निर्यात तथा भण्डारणमा किसानहरु व्यस्त रहेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधक अधिकृत […]
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् । त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा […]
२५ भदौ, काठमाडौं । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क […]
२५ भदौ, काठमाडौं । कोरोनाको जालो विश्वभर फैलिइसकेको छ । धेरै देशहरुमा यो नियन्त्रणउन्मुख र संकुचित हुने क्रममा छ भने केही देशहरुमा उत्कर्षतर्फ लागेको छ । नेपाल दोस्रो श्रेणीमा पर्छ । कुनै पनि रोगले ठूला-साना भनेर विभेद गर्दैन । तर, गरिब निमुखाहरुले रोगको राम्रो उपचार नपाउने हुनाले उनीहरु बढी जोखिममा हुन्छन् । हुनेखानेहरुले समयमै उत्कृष्ट […]
२५ भदौ, काठमाडौं । यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुचारु गर्ने भएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको हो । अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित […]
काठमाडौँ — कोरोना महामारीका कारण लकडाउन अवधिमा देशभरका ४१ प्रतिशत महिलाले रोजगारी गुमाएका छन् । रोजगारी तथा व्यावसायिक क्षेत्रहरू बन्द हुँदा आयस्रोत गुमाएका महिलाहरूको यो संख्या पुरुषको तुलनामा बढी हो । यूएनडीपीको सहयोगमा इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलभमेन्ट स्टडिज (आईआईडीएस) ले तयार पारेको रिपोर्टअनुसार उक्त अवधिमा २८ प्रतिशत पुरुषले रोजगारी गुमाएका छन् । ‘महिलाहरू कोभिड महामारीले अधिक प्रभावित छन् […]
२५ भदौ, काठमाडौं । सरकारले अस्पतालको सेवा नपुगेका ६४९ वटा स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको छ । उक्त प्रयोजनका लागि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट बजेट खर्च हुने भएको छ । कोषले प्रतिशैया २ लाख रुपैयाँका दरले तोकिएका स्थानीय तहमा १० लाख रुपैयाँ निकासा दिने निर्णय गरेको छ । यो रकम महालेखा नियन्त्रक […]
धनगढी : आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला सुदूरपश्चिमका यातायात व्यवसायीले भने असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालनको तयारी गरेका हुन्। सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले १ गतेदेखि सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन गर्ने […]