होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
४ पुस, काठमाडौं । हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको आवाजमा आफूहरुको पनि समर्थन रहेको बताए । राप्रपाले झापा, मकवानपुर […]
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा अध्ययन विद्यार्थी, अभिभावक र शिक्षकलाई नि:शुल्क टेलिफोन र इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमसँगको सहकार्यमा ‘क्लोजर युजर ग्रुप’ बनाएर नि:शुल्क टेलिफोन, म्यासेज र इन्टरनेट सेवा दिन लागिएको हो । ‘क्लोजर युजर गु्रप’ भन्नाले शिक्षण सिकाइ प्रयोजनका लागि विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र […]
दोलखा– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन् । नेकपा दोलखा जिल्ला जिल्ला समिटीले आज बिहान चरिकोटमा आयोजना गरेको जिल्ला कमिटीका सदस्य तथा शैलुङ गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामाको श्रद्धाञ्जलिसभामा मन्त्री गुरुङले पार्टी विभाजन नहुने बताए । “पार्टी गम्भीर मोडमा छ तर विभाजन […]
धनगढीः वरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पैसा र फूलको मालाले सिङ्गारिएको आफ्नो तस्बिर सार्वजनिक गरे। नेपाली ५, १० र २० रुपैयाँको नोटले उनिएको माला लगाएको तस्बिरमाथि डाक्टर कायस्थले लेखेका छन,‘आज बिहानै ओपीडीमा बिरामीबाट मलाई फूलको माला, घरमै बनाइएको मिठाइ र फलफूलसहित मायाको टोकन प्राप्त भयो।’ कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको […]
४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न गएका छन् । सचिवालय सदस्य एवम् गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास गएका हुन् । अहिले प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री निवासमा छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली […]
जनकपुर, काठमाडौं — धुमधामले स्वागत गरेर गत असोजमा भित्र्याइएका रेल सेट त्यसै थन्क्याएर राखिएपछि जनकपुरवासीमा निराशा छ । जनकपुर–जयनगरका लागि ल्याइएका रेल सेट सरकारले कहिले चलाउँछ भन्ने अन्योल छ । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले बिहीबार ‘ओली सरकारको हस्तक्षेपका कारण रेल महिनौंदेखि थन्किएको’ स्टाटस सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरे । धनुषाको इनर्वामा […]
काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिबार बिहान खुमलटार जाँदैछन् । दाहालका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री ओली केही बेरमा दाहाल निवास खुमलटार आउन लागेको सूचना प्राप्त भएको जानकारी दिए । प्रधानमन्त्री ओली आउने भएपछि खुमलटार क्षेत्रमा सुरक्षाकर्मी अलर्टमा राखिएको छ । पार्टीमा आन्तरिक विवाद […]
चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैँडा र हात्तीको बच्चा मरेका छन् । पुरानो पदमपुरको खुल्ला खोरमा अर्नाको बच्चा जन्मिएको हो भने हात्ती प्रजनन केन्द्रमा हात्तीको र नमूना मध्यवर्ती सामुदायिक वनमा गैँडाको बच्चा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस १ गते खुल्ला खोरमा अर्नाले बच्चा जन्माएको छ । […]
राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् । नेपाली समाज ऐतिहासिककालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र रहेको जनाउँदै राष्ट्रपतिले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाहपञ्चमी पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान […]
४ पुस, गुल्मी । गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गौडाकोटबाट तम्घासतर्फ […]
३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने बताएका छन् । प्रदेश १ का प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अध्यादेश फिर्ता गर्ने पार्टी निर्णय भएकाले कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताएका हुन् । अध्यक्ष […]
३ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ । एक पटक फिर्ता भएको संवैधानिक परिषद ऐन संशोधन अध्यादेश आउनासाथ जारी गर्नु संविधानको भावना र मर्म विपरीत भएको कांग्रेसको ठहर छ । शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘फिर्ता लिइसकेको अध्यादेश फेरि लाँदा […]
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा तरंग उत्पन्न भएको छ । नेकपा स्थायी समिति बैठकले सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेपनि सो अध्यादेश फिर्ता हुनुअघि नै बैठक बोलाइएपछि तरंग उत्पन्न भएको हो । अध्यादेश फिर्ता लिनलाई मन्त्रिपरिषद् बैठक बसेर अर्को अध्यादेश जारी गर्नुपर्ने हुन्छ […]
२ पुस, काठमाडौं । रियालिटी शोमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिभाहरुको सूचीमा सिराहाका सन्तोष साह थपिएका छन् । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको शीर्ष ३ मा उक्लेका उनले अब उपाधिका लागि अन्तिम खुड्किलो छिचोल्न बाँकी छ । बीबीसी वान टेलिभिजनमा प्रशारण हुने यो रियालिटी शो पाककलाको प्रतिस्पर्धा हो । यसमा प्रोफेसनल सेफहरुले भाग लिन्छन् । नोभेम्बरको […]
२ पुस, काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’को शीर्ष तीनमा प्रवेश गरेका छन् । उनी बुधबार बेलुका प्रसारित कार्यक्रमबाट शीर्ष तीनमा छनोट भएका हुन् । नेपाली खानालाई विश्वमा चिनाउनेल लक्ष्य राख्ने सन्तोषका लागि बुधबार आफ्नो पि्रय मान्छेका लागि खाना बनाउन दिइएको थियो । बुधबार उनले आफ्नी आमालाई सम्झिँदै खाना बनाए […]
सरकारले संवैधानिक परिषद् अध्यादेश ल्याएपछि आक्रोशित भएको नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई आवेदन दिने निर्णय गर्यो । आवेदनसहितको ८३ सांसदको हस्ताक्षर बोकेर भीम रावल र पम्फा भुसाल शीतलनिवास गए । शीतलनिवासमा ५ घण्टा कुर्दा पनि राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल आएनन् । बरु मोबाइल स्वीच अफ गरेर दिनभर बाहिरै बसे । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष समेत प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए । सो अध्यादेश खारेजीका लागि […]
२ पुस, काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्रीलाई बोलाइएको लेखा समिति सभापति भरतकुमार शाहले बताए । समितिले चार महिनाअघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको थियो […]
पोखरा– बागलुङको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवति महिला लक्ष्मी गुरुङ सुत्केरी हुन नसकेपछि गत साउनमा हवाई उद्धार गरी पोखरा ल्याइयो । नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण स्वास्थ्यचौकीले सुत्केरी गराउन नसकेपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ रिफर गरियो तर बुर्तिवाङमा पनि सुत्केरी हुन नसकपछि उनलाई गण्डकी अस्पताल पोखरा रिफर […]
२ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालयले बिभिन्न मन्त्रालय र निकायका सहसचिवहरुको बुधबार काज सरुवा गरेको हो । मन्त्रालय स्रोतका अनुसार सूचना विभागका सहसचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी गण्डकी प्रदेशबाट हालैमात्र सरुवा भएर सूचना विभाग आएका थिए । […]