होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकीकरणको उद्देश्यविपरीत एकलौटी ढंगले अघि बढ्न थालेपछि पार्टी अहिलेको अवस्थामा आइपुगेको बताएका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको औचित्यमाथि प्रकाश पार्दै प्रधानमन्त्री ओली विचार, नीति, विधि र पद्धतिलाई बेवास्ता गरेकै कारण यो संकट आइपुगेको प्रस्ट […]
७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए । आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले […]
५ पुस, काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री […]
५ पुस, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई साथ दिएका छन् । प्रचण्ड र माधव नेपाल निकट नेताहरु कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री […]
५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम गलत रहेको बताएका छन् । संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु गलत र भर्त्सनायोग्य रहेको गौतमले बताएका हुन् । आइतबार प्रेस नोट जारी गर्दै उनले भनेका […]
५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेको केही घण्टापछि नै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । आगामी वैशाख १७ र वैशाख २७ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएको छ । बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रावधान संविधानमा छैन । संसद विघटन गर्दा राष्ट्रपति कार्यालयले चारवटा […]
धनगढी: दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो दाङको बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्ग पुलमा टिकटक बनाउने क्रममा लडेर तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भीर घाइते भएका हुन्। गम्भीर घाइते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर […]
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरेको सिफारिसलाई सदर गरि दिएको विषयमा सर्वोच्च अदालतमा आज रिट दायर नहुने भएको छ । रिट दायरको तयारीमा रहेका कानुनविद्हरुका अनुसार रिट दायरका लागि भोलि बिहानै अदालती प्रकृया सुरु गरिनेछ । अधिवक्ता राजनकुमार निरौलाका भनाइमा सामान्यत ‘टि ब्रेक’ अघि प्रकृया सुरु गरियो भने मात्र […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले संसद विघटनको सिफारिस गरेकोमा राष्ट्रिय जनमोर्चाले गम्भीर आपत्ति प्रकट गरेको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो दलको विवाद मिलाउन नसकेर मन्त्रिपरिषद्को निर्णयद्वारा प्रतिनिधिसभा विघटन गर्ने र त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने कार्य गरेकोमा त्यसको भर्त्सना गरेका हुन् । […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार प्रवेश गरेका छन् । आइतबारका लागि तय भएकाे पार्टी स्थायी कमिटीकाे अन्याैलताकाबीच नेताहरू बालुवाटार आउने क्रम जारी छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्यसँग छफलमा रहेकाे बुझिएकाे […]
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि […]
सिंहदरबारस्थित संघीय संसद् सचिवालमा भेला भएका नेकपा सांसदहरुले संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको विरोध गरेका छन् । बिहान विभिन्न संसदीय समितिको बैठकका लागि सिंहदरबार पुगेका उनीहरुले प्रधानमन्त्रीको अप्रत्याशीत निर्णयको खबर बाहिरिएछि सो निर्णयको भत्सर्ना गरेका हुन् । नेकपा सांसद जयपुरी घर्तीले भनिन्–‘अघि बिहान हामी केही सांसदहरु उपस्थित भएका थियौँ । प्रधानमन्त्रीले संसद् […]
काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने भएका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेको […]
५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस […]
५ पुस, काठमाडौं । विसं २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को वाम गठवन्धनलाई जनताले झण्डै दुईतिहाई मत दिनुको कारण थियो- लामो राजनीतिक अस्थिरताको अन्त्य भई मुलुक राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा जाओस् । चुनावी अभियानमा तत्कालीन वाम गठबन्धनले अगाडि सारेको राजनीतिक स्थिरता र समृद्धिको नाराले धेरै नेपालीको मन […]
टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन् । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । “बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखेँ, निकै कमजोर भएको छ”, सन्ध्याले भनिन्, “चिसो बढ्यो, घाम लागेन, बाक्ला लुगा छैनन्, बच्चालाई चिसो गढेछ […]
५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने/नहुने यकिन नभएको उनको सचिवालय स्रोत बताउँछ । ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको समूहले पनि ठोस मनस्थिति बनाइसकेका छैनन् […]
५ पुस, विराटनगर । चिसो भगाउन भन्दै बालेको घुरको आगोले घर जल्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगोले घर जल्दा विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा रविनको […]
सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका […]
शीतलहर, हिमपात तथा चिसोको जोखिम र प्रभाव न्यूनीकरण गर्न केन्द्रीय विपद् व्यवस्थापन समितिले यस वर्ष जिल्लामा तत्कालका लागि रु पाँचदेखि रु १५ लाखसम्म राहत रकम उपलब्ध गराउने भएको छ । माग भएमा प्रभावित जिल्लाअनुसार उक्त रकम उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तराईका र बढी प्रभावित ११ जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रु […]