होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
८ पुस, काठमाडौं । नेकपा ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दैछ । आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो । प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोकिएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सार्वजनिक गरेको नेताहरुको […]
मलाई लाग्छ, नेकपामा अहिलेको तामझामले नै भोलिको परसम्मको निर्णय त गरिहाल्दैन । किनभने हामीले एमालेबाट फुटेर माले बनाउँदा पनि तामझाम सानो थिएन । दुई/तीन मनिासम्म त जम्मै एमाले नै हामीले नै ल्याउँछौं कि जस्तो थियो । पछि फेरि विस्तारै मान्छेहरु फर्किँदै आफ्नै ठाउँमा गए । अहिले तलका अलि स्वतन्त्र खालका कार्यकर्ताहरुले ओलीले नै पार्टीलाई विभाजनमा […]
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठक आज पनि निरन्तर जारी रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बुधबार दिउँसो १ बजेदेखि बैठक सुरू हुनेछ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा संसद विघटन गरेपछि उक्त घटनालाई लिएर सडक आन्दोलनमा जाने कि नजाने भन्ने नै कांग्रेस बैठकको मुख्य एजेन्डा […]
८ पुस, काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले भण्डारीसँग भेट गरेकी हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया जनाएको छैन । यस अगाडि चीनले नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिएको थियो ।
नेकपाभित्र गण्डकीबाहेक ६ वटा प्रदेशमा ओली समूह कमजोर देखिएको छ । पार्टी विभाजन हुँदा अल्पमतमा पर्ने मुख्यमन्त्रीहरूले सरकार जोगाउन कांग्रेस र साना दलको साथ लिनैपर्ने देखिएको छ । हालका मुख्यमन्त्रीलाई हटाएर सरकार गठन गर्न प्रचण्ड–नेपाल समूहले पनि कांग्रेस र साना दलकै साथ लिनुपर्नेछ । प्रदेश–१ का मुख्यमन्त्री संकटमा प्रदेश–१ मा नेकपा पार्टी कमिटी र प्रदेश सभा दुवैमा प्रधानमन्त्री […]
खोटाङ : आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो । करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका […]
काठमाडौँ — तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपा फुटको इतिहास दोहोर्याउँदै मंगलबारबाट दुई धारमा विभक्त भएको छ । यो विभाजनमा तत्कालीन दुइटा पार्टी ढिक्काढिक्कै अलग भएका छैनन्, मूलत: तत्कालीन एमाले फुटेको छ । टोपबहादुर रायमाझी र लेखराज भट्टलगायत केही नेताबाहेक पूर्वमाओवादी धार करिब एक ढिक्का देखिन्छ । तत्कालीन एमाले भनेर चिनिने मूल नेतृत्व […]
८ पुस, पोखरा । पूर्व माओवादीका तर्फबाट स्याङ्जाको अध्यक्ष बनेका सूर्यप्रसाद गैह्रै ‘पारस’ प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्य भएको सार्वजनिक भयो । उनी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षका नेताका रुपमा चिनिएका जिल्ला अध्यक्षहरुमा कान्छामध्येका थिए । अहिलेसम्म कुनै पनि समूहमा नखुलेका गृहमन्त्री बादल पक्षका गैह्रे ओली समूहमा गएपछि को कता हुने हुन् भन्ने […]
८ पुस, काठमाडौं । मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको छ । अब अहिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसअघि निर्वाचन आयोगले करारमा समेत […]
बाजुरा ७ पुस । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा चरेश जस्तो देखीने कालो पदार्थ सहित एक महिला पक्राउ परेकी छन । आज मंगलबार दिउसाेँ दुई बजेतिर सदरमुकाम मार्तडी बजारबाट ५ सय ग्राम चरेश जस्तो देखीने कालो पदार्थ सहित एक महिलालाई समातेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन । प्रहरी प्रमुख […]
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले दुई दिनभित्रै प्रदेशमा भेला गर्ने भएको छ। भेलाका लागि वक्ता र समन्वयकर्ता तोकिएका छन्। बालुवाटार बैठककाे निर्णयले सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ। त्यस्तै कर्णालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेताहरुलाई जिम्मा दिइएको छ। लुम्बिनी प्रदेशमा खिमलाल भट्टराईले भेलाको […]
७ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूको एउटा समूहले प्रदर्शन गरेको छ । सहसंयोजक रञ्जित तामाङसहितको टोलीले संसद विघटनको विरोधमा असंवैधानिक कु भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले माइतीघरदेखि नाराबाजी गर्दै नयाँ बानेश्वरतर्फ आएका छन् ।
७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले वामदेव गौतम र रामबहादुर थापा ‘बादल’लाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । बादल र वामदेव पनि भोलिदेखि बैठकमा सहभागी हुने प्रचण्डले दाबीसमेत गरे । साथै केपी ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको प्रचण्डको दाबी छ । थापाथलीस्थित कार्की पार्टी […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेको आरोप लगाएका छन् । बबरमहलमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै कारण यतिबेला कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा आइपुगेको टिप्पणी गरे । प्रतिक्रियावादीहरुका एकपछि अर्को गढलाई तोड्दै आएको कम्युनिस्ट आन्दोलनले […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलत काम छाडेर पार्टीमा आउन आग्रह गरेका छन् । बबरमहलमा जारी पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गलत काम गरेको, संविधानको मर्म र भावनालाई कुल्चिएको, पार्टीभित्र गुटबन्दी गरेको कारण नै अहिलेको […]
प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपा केन्द्रीय समिति बैठकमा दुई तिहाइ बढी केन्द्रीय सदस्यको सहभागिता रहेको छ । बैठकमा स्थलमा राखिएको केन्द्रीय सदस्यहरुको हस्ताक्षर पुस्तिकामा ३१० जना केन्द्रीय सदस्यको नामावली रहेको छ । यो भनेको नेकपाको आधिकारिक केन्द्रीय सदस्य संख्याको दुई तिहाइ बढी हो । हाल नेकपामा ४४६ जनाको केन्द्रीय सदस्य रहेकोमा केही पद रिक्त रहेको […]
प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक जारी रहेको छ । राजधानीको कार्की ब्याङ्केटमा बैठक जारी रहेको हो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेलगायत ९ वटा प्रस्ताव पेश भएको […]
प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकका विभिन्न ९ एजेण्डा तय भएको छ । राजधानीको कार्की ब्यांकेटमा भएको बैठकका एजेण्डा यस्तो रहेको छः –आन्तरिक समस्या समाधानबारे प्रस्ताव –आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन –अनुशासनको कारवाही –अनुशासनको कारवाहीबारे आवश्यक निर्णय भइसकेपछि नेतृत्वकातर्फबाट विचार व्यक्त – कार्ययोजना र कार्यक्रम – विरोध कार्यक्रम […]
नेपालमा कुन चाहिँ पार्टी सत्तामा रहन्छ भन्ने कुरा चीनलाई फरक नपर्ने चिनियाँ सरकारी मिडिया ‘द ग्लोबल’ टाइम्स’मा प्रकाशित एक लेखमा भनिएको छ । भारतीय मिडिया द हिन्दुस्तान टाइम्समा नेपालमा देखिएको पछिल्लो पछिल्लो विवादले ‘चीनलाई चोट पुगेको’ र चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको उल्लेख भएपछि त्यसको खण्डन गर्दै चिनियाँ सरकारी मिडियामा उक्त लेख प्रकाशित भएको […]
७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको मंगलबार बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको प्रथम अध्यक्षका हैसियतले ओलीले केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी […]