होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२३ पुस, धनगढी । नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको छ । अनलाइनखबरसँग भट्टले भने, ‘उहाँलाई हामीले कार्बाही गर्न […]
अनेरास्ववियुका संयोजक ऐन महरले संगठनको सम्पत्ति दुरुपयोग नगर्न चेतावनी दिएका छन् । माउ पार्टी नेकपा दुई समूहमा विभाजित भएपछि बागबजारस्थित कार्यालयमा प्रचण्ड–माधव समूहले कब्जा गर्ने तयारी गरेपछि महरले कार्यालय, लेटरप्याड र सम्पत्ति दुरुपयोग नगर्न सचेत गराएका छन् । ‘यस्ता क्रियाकलाप जारी राखे संगठनात्मक कारवाही गर्न र संगठनको सम्पत्तिको सुरक्षाको लागि कडा कदम चाल्न अनेरास्ववियु बाध्य […]
२२ पुस, गुल्मी । गुल्मी जिल्ला प्रशासनले नागरिक मैत्री सेवा दिने थालनी गरेको छ । जिल्ला प्रशासनमा विभिन्न सेवा लिनआउने सेवाग्रहीले छिटो छरितो सेवा पाएसँगै प्रशासनले दिनेसेवा प्रति सेवाग्रहीले खुसी व्यक्त गरेका छन् । प्रशासनले सेवाग्राहीको कामलाई अधिकत्तम छिटो छरितो सेवा दिन थालेको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता लगायत प्रशासनबाट हुने विभिन्न सेवा […]
२२ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको छ । जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी छन् । ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, […]
२२ पुस, सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता, कम्युनिस्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन […]
धनगढीः नेकपा सुदूरपश्चिम ओली समूहको प्रदेश कमिटिको बैठक धनगढीमा सुरु भएको छ। बुधबार दिउँसो १२ बजे बस्ने भनीएको बैठक १ बजेपछि धनगढीस्थित ओम प्यालेसमा सुरु भएको हो। बैठकमा नेकपा ओली समूहका सुदूरपश्चिम इन्चार्ज एवंम उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापा, वन तथा वातावरण मन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासन […]
विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट प्रत्यासी रहेका साह अहिले नेकपाभित्रको किचलोमा प्रधानमन्त्री ओली नेतृत्वको समूहमा उभिएका हुन् । जिल्लामा साहको […]
हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै […]
२२ पुस, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले किन ढिलाइ गरिरहेको भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी हुँदाहुँदै पनि अदालतले ढिलाइ गर्नुले अदालतमाथि प्रश्न उठ्ने बताए । ‘प्रतिनिधि सभा विघटन अदालती व्यवस्था अनुसार प्रथम दृष्टिमै […]
२२ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले यो विवाद वृहत् पूर्णइजलासमा पेश गर्न माग गरेका छन् । उनले वृहत् पूर्णइजलासमा पेश गर्न माग्दै निवेदन पनि दर्ता गराए । दुई तिहाइ बहुमत नजिक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–नेपाल पक्षले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमा प्रचण्ड–माधव सूमहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभालाई पुनःस्थापना नहुँदासम्म आन्दोलन जारी […]
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताए । नेपाल पत्रकार महासङ्घ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले वर्तमान सरकारले छिमेकी देशसँग सम्बन्ध सुमधुर राखेको जानकारी गराए । सरकारले नेपाल र नेपालीको शिर उचो […]
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताएका छन् । शनिबार काठमाडौमा आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्ना कारण नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन आफू सफल भएको र भारतका हरेक मानिसले नेपालको प्रधानमन्त्रीको नाम कण्ठ भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा धेरै विकासका […]
१८ पुस, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् । काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा […]
१८ पुस, बिराटनगर । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी एवं कठपुतली भएको बताएका छन् । बिराटनगरमा शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै शर्माले ओलीलाई विदेशीको इशारामा चलेको कठपुतली भएको आरोप लगाए । ‘उनी लम्पसारवादी, कठपुतली हुन् । यो देशमा कोही निरीह प्राणी छ भने ओली […]
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप लगाएका छन् । उनले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताए । मजदूर विशेष जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता […]
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार ओली पक्षको नेकपाले राखेको कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो । सो कार्यक्रममा सहभागी हुनका लागि ओली पक्षका नेता कार्यकर्ता पुग्दा ‘कालो लगाउन नपाइने’ सुरक्षाकर्मीले रोकेका थिए । उनीहरुलाई […]
१८ पुस, जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ । पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् । उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय […]
काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने नेता हिमाल शर्माले जानकारी दिए । पत्रकार सम्मेलनअघि कार्यक्रमको स्वरुपबारे छलफल गर्न नेताहरुबीच छलफल गरिने नेता शर्माले बताए । ‘संघर्षका स्वरुपबारे नेताहरुबीच दिउँसो छलफल […]
१८ पुस, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीबाट लखेटीलखेटी हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका आमा–बाबु न्याय खोज्दै काठमाडौं आएका छन् । जाजरबोटबाट बसमा २४ घण्टाको यात्रा गरेर मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका […]