होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट […]
काठमाडौँ : बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाइका लक्ष्मण विकको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । दाङको तुल्सीपुर नगरपालिका–१८ मा रहेको ससुराली गएका २० वर्षीय उनी गत माघ ४ गतेदेखि सम्पर्कविहीन भएका थिए । चौध महिनाअघि दाङकी गायत्री कुमालसँग विकको विवाह भएको थियो । लक्ष्मण ससुरालीबाट नै बेपत्ता भएका उनका दाई गणेश विकले बताए ।
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु […]
१९ माघ, बुटवल । नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नुपर्ने लगायतका माग राख्दै दाङको राजपुर गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । राज्यको प्राकृतिक स्रोत र सार्वजनिक सम्पत्तिमाथि मनपरी दोहन र कब्जा हुन थालेको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले नै गाउँ कार्यपालिकामा ताला लगाएका हुन् । वडा नम्बर ३ को खरदरिया घाटबाट केसी निर्माण सेवालाई नदीजन्य पदार्थ […]
१९ माघ, काठमाडौं । प्रधानमन्त्रीले केपी शर्मा ओलीले संसद भंग गरेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र सदस्य अग्नि खरेलको पुरानो अभिव्यक्ति भाइरल बन्यो । दुबैले त्यसबेला अब प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने भनेका थिए र, अहिले संसद भंग हुँदा प्रधानमन्त्री ओलीको पक्षमा छन् । महान्यायाधिवक्ता भएकाले खरेल प्रतिनिधिसभा विघटनको बचाउ गर्नुपर्ने भएको छ […]
काठमाडौँ — म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको छ । सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो । याङ्गुनको सिटी हलमा सेना तस्बिर : रोयटर्स सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्रीसमेत रहेकी सु कीसहित राष्ट्रपति विन मिन्टलगायतका नेतालाई पनि हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार […]
काठमाडौँ- नेकपा कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समीर हायूले दाहालविरुद्ध अपहेलना मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेसी मंगलबारलाई तोकिएको छ । दाहालले अदालत र न्यायाधीशहरूलाई पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा दाबी गरिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख […]
धनगढी: धनगढीमा डिउटीमै मदिरा सेवन गरेको पाइएपछि एक प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ। अस्थायी प्रहरी पोष्ट चटकपुर कार्यरत प्रहरी जवान किशोर विष्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। नियन्त्रणमा लिएर उनीमाथि आन्तरिक छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
नुवाकोट । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेको बताएका छन् । सदरमुकाम विदुरमा नेकपा ओली समूहको आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । उपप्रधानमन्त्री पोखरेलले भने– ‘तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको आज बस्न लागेको केन्द्रीय कमिटी बैठकअघि स्थायी समिति बैठक सुरु भएको छ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नका लागि काठमाडौँस्थिति कार्की ब्याङ्क्वेटमा यतिबेला पार्टीको स्थायी समिति बैठक बसिरहेको हो । यसअघि आज बिहान शीर्ष नेताहरुको पार्टी मुख्यालयमा बैठक बसेको थियो । एजेन्डा तय गर्नका लागि ११ […]
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डको सोमबारको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको हो । बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिका भन्दा ढिला गरी मंसिरमा र संक्रमित परीक्षार्थीहरुको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार […]
धनगढी। नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई कटाक्ष गरेका छन्। शनिबार धनगढीमा आयोजित जनसभामा बोल्दै नेपालले ओलीले पार्टी बिधानविपरित नियुक्त गरेका केन्द्रीय सदस्यलाई निर्वाचन आयोगले मान्यता नदिएपछि कटाक्ष गरेका हुन्। कार्यक्रममा नेपालले छिट्टै प्रतिनिधिसभा पुनस्र्थापना भई केपी ओलीको बहिर्गमन हुने बताए। उनले प्रधानमन्त्री केपी ओली आफ्नै कर्तुतले गर्दा पतन हुने […]
संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो । युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन् लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका काबिल व्यक्तिहरुलाई युएईको […]
आज ६८ औं विश्व कुष्ठरोग दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उदेश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम हुँदै छ । यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको सङ्क्रमणले लाग्ने गर्छ । सङ्क्रमणको सुरुमा कुनै […]
सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो । ‘बेटी पढाउ, बेटी […]
काठमाडौँ — प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई कांग्रेस केन्द्रीय कार्यसमितिले धेरैपटक ‘असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदम’ भनेको छ । त्यसविरुद्ध सडक संघर्ष पनि जारी छ तर संघर्ष केका लागि भन्नेमा न पार्टी स्पष्ट छ न त नेताहरूका सार्वजनिक अभिव्यक्तिमै एकरूपता छ । पार्टी निर्णयमा ‘प्रतिनिधिसभा पुनःस्थापना’ को शब्द अहिलेसम्म परेको छैन । निर्वाचनमा जानुपर्छ भन्ने निर्णय […]
१८ माघ, कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित शनिबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र […]
१८ माघ, काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् । बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ । चिकित्सकका अनुसार बर्डफ्लुको […]
धनगढीः नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्। निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भनेको तर उनले सुन्न नचाहेको आरोप लगाएका हुन। नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, […]
काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो । हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा […]