होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१४ जेठ, धनगढी । नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएका छन् । उनले सभामुखलाई पत्र पठाउँदै लामालाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिएका हुन् । दल नेता शाहले लालबहादुर खड्कालाई प्रमुख सचेतक र दुर्गाकुमारी कामीलाई सचेतक नियुक्त गरेको सूचना पनि […]
नागरिक रैबार/शुक्रबार १४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेधीले नेकपा एमाले सुदूरपश्चिम प्रदेशका नेता कर्ण थापालाई उल्टै प्रति प्रश्न गर्दै आफूलाई स्पष्टीकरण सोध्नु पूर्व आफैले आफैलाई को हुँ भन्ने थाहा पाउन जरुरी रहेको बताएका छन् । मन्त्री सुवेदीले एक पत्रमार्फत आफ्नो स्पष्टिकरण दिदै प्रदेश अध्यक्ष थापालाइ यस्तो आरोप लगाएका हुन । […]
काठमाडौँ– सर्वोच्च अदालतका चारजना पूर्वप्रधानन्यायाधीशहरूले नेपालको संविधान नै समाप्त हुने खतरा बढेर गएको भन्दै सबैमा संविधान प्रतिको निष्ठा र जवाफदेहिता बोध गर्न अनुरोध गरेका छन्। आज एक संयुक्त वक्तव्य जारी गर्दै पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी , अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले संसदलाई बारम्बार विघटन गरी संसदलाई अकारण दण्डित भएको भन्दै आपत्ति जनाएका हुन्। […]
गत फागुन २३ गते नेकपालाई फुटाएर एमाले–माओवादी अलग–अलग बनाउने फैसला सुनाएका न्यायाधीश बमकुमार श्रेष्ठ यसपालि संसद विघटनको मुद्दा हेर्ने संवैधानिक इजलासमा छानिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा शुक्रबार गठित ५ सदस्यीय संवैधानिक इजलासमा न्यायाधीश श्रेष्ठसमेत परेका हुन् । इजलासमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई र तेजबहादुर केसीसमेत छन् । सत्तारुढ नेकपाले आफ्नो […]
उपनिर्वाचनबाट राष्ट्रिय सभामा निर्वाचित खिमलाल देवकोटाले पद तथा गापनीयताको सपथ लिँर्दैछन् । दिउँसो १ बजे संघीय संसद सचिवालयमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ खुवाउने छन् । यही जेठ ६ गते भएको उपनिर्वाचनमा ओली पक्ष एमालेका उम्मेदवार रामबहादुर थापालाई देवकोटाले पराजित गरेका थिए । देवकोटाले ५ हजार ८८ मत भार पाएका थिए भने पराजित भएका […]
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्न लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको छ ।
१३ जेठ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमले राम्रो नतिजा दिन नसके आफूले जिम्मा लिने बताएका छन् । सामाजिक सञ्जालमा प्रशंसकहरुले उठाएको प्रश्नको जवाफ दिंदै उनले नेपाली फुटबल टिमको नतिजाको जिम्मा आफूले लिने उल्लेख गरेका हुन् । नेपाली राष्ट्रिय टोली हाल मैत्रीपूर्ण खेल खेल्न इराकमा छ । त्यसपछि नेपालले कुवेतमा गएर […]
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणलाई सरकारले सत्ता सुरक्षाको कवच मात्रै बनाएको आरोप लगाएका छन् । सभापति देउवाले विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको नियन्त्रणमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा निषेधाज्ञा कडाइका नाममा अनावश्यक रुपमा आतंकित बनाएको समेत बताएका छन् । उनले सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमण बढेको भएपनि नियन्त्रणका लागि सरकारले काम नगरेको आरोप […]
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई तीन बुँदे स्पष्टीकरण साधेको छ । एमाले सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै तीनै जनलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा […]
१३ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगका नौ पूर्वउपाध्यक्षहरुले अध्यादेशबाट बजेट नल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वउपाध्यक्षहरुले संविधान अनुसार १५ जेठमै बजेट ल्याउनु पर्ने बाध्यकारी व्यवस्था भएपनि अध्यादेशबाट भने बजेट ल्याउन नहुने बताएका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि मुलुकमा अर्को संवैधानिक संकट र […]
१३ जेठ, काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । राष्ट्रियसभा निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आयोगले जेठ ६ गते सम्पन्न उपनिर्वाचनको परिणामसहितको विवरण बिहीबार राष्ट्रपति भण्डारी समक्ष पेश गरेको हो । उक्त निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै स्वतन्त्र […]
काठमाडौं । सभामुख अग्नि सापकोटाले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै देश र जनतालाई केन्द्रविन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा बिहीबार कानुनविदहरुसँग परामर्शपछि सभामुख सापकोटाले संविधान, देश र जनताको रक्षार्थ असाधारण निर्णय लिनसक्ने बताएका हुन् । उनले संसदको अवमूल्याङ्कन स्वीकार्य नहुने पनि बताए । ‘आवश्यक पर्दा देश जनता, संविधान, […]
१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् ।२० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा […]
१३ जेठ, बाजुरा । बाजुरामा निषेधाज्ञाको अवधि आगामी जेष्ठ २१ गते सम्मका लागि थप गरिएको छ । बाजुरा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ । बाजुरा जिल्लामा संक्रमण पनि दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पार्टीका नेता, पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको उल्लेख गरेका छन् । […]
१३ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई […]
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको नाम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको कर्मचारी विवरणमा राखिएको पाइएको छ। मन्त्रालयको आधिकारीक वेबसाइट http://moeap.sudurpashchim.gov.np/officials मा मुख्यमन्त्री भट्टको तस्बिरसहितको नाम कर्मचारीको विवरणमा राखिएको पाइएको हो। मुख्यमन्त्री भट्टको नाम र फोटोसँगै स्वकीय सचिव, नासु तथा कार्यालय सहयोगी विवरण्ण राखिएकोे छ। तत्कालीन प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले […]
१३ जेठ, काठमाडौं । कोभिड १९ का कारण शैक्षिक सत्र दुई महिना पछाडि धकेलियो । महामारीको दोस्रो लहर तीव्र बनेपछि एसईई र कक्षा १२ का विद्यार्थीको परीक्षा हुन सकेन । जेठको दोस्रो हप्ता बित्न लाग्दा पनि परीक्षा विधि एवं तालिका निश्चित हुन नसकेपछि विद्यार्थी अन्योलमा छन् भने अभिभावक आफ्ना बालबालिकाको भविश्य के हुने भन्ने तनावमा […]
१३ जेठ, बाजुरा। बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन्। बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताएका छन् । अलपत्र पर्नेमा सात वर्षीया करुणा नेपाली, छ वर्षीया कोपिला नेपाली, चार वर्षीया स्माया नेपाली र […]
१३ जेठ, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ सुरु भएको हो । पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । जोशीले बहस सुरु गरेका छन् । अन्तरिम आदेश माग गरिएका १९ रिटहरुको सुनुवाइ प्रधाननन्यायाधीश जबराले आफ्नो एकल बेन्चमा […]