होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरूको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिए । उपभोक्ताहरूको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिए । गत शुक्रवारदेखि […]
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् । यता, काठमाडौँको कीर्तिपुर […]
बाजुरा १ मंसिर। बाजुराको सदरमुकाम मार्तडीमा निर्माण गरिएको कृषि बजार तथा कोल्ड च्याम्बर बडीमालिका नगरपालिकालाई हस्तान्त्रण गरिएको छ । कृषि निर्देशनालय डोटी र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त च्याम्बर शनिबार सुदूरपश्चिम प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्री बीरबहादुर थापाले बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् । कृषि बजार तथा कोल्ड […]
नागरिक रैबार/बाजुरा २६ कार्तिक।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर– ६ स्थित जडागांमा करेन्ट लागेर घाइते भएका २ जनाको उद्धार कार्यमा प्रयोग गरिएको हेलिकप्टरको सम्पूर्ण खर्च बडीमालिका नगरपालिकाले बेहोर्ने भएको छ । गत भदौ ५ गते सोही नगरपालिकाको वडा नम्बर –६ स्थित जडागांमा कोर्दाली गाड लघुजलविद्युतको लाईन विस्तार गर्ने क्रममा घाईते भएका सोही वडाका २८ वर्षिया रुप […]
नागरिक रैबार। बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आइतवार जिल्लाको हिमाली गाउँपालिका ५ कि अन्दाजी २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । प्रेमकलाले कात्र्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले हिमाली गाउँपालिकाकाे एम्बुलेन्समा जिल्ला अस्पतालमा पुगाएका […]
सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् ।आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए । दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी […]
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो । देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी लुङ्गेलीले अहिले घरमा धारामा पानी आएसँगै पहिले आफूहरूले गरेको दुःख बिर्सिएको बताइन् […]
काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन भएको हो । प्यूठानका हरिप्रसाद रिजालको अध्यक्ष रहेको आयोगमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, अनिलकृष्ण प्रसाइँ, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोबर्द्धन कोली र आरती भण्डारी सदस्य छन् । यसअघि आयोग गठनका लागि […]
काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन […]
नागरिक रैबार। छेडेदह गोल्डकप २०८१ को भव्य उद्घाटन गरिएको छ । छेडेदह स्पोर्टस् क्लवको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको छेडेदह गोल्ड कपको उद्घाटन सुदूरपश्चिम प्रदेश सांसद पदम बहादुर शाहीले गरेका हुन् ।खप्तड छेडेदह गाउँपालिका ७ आटिचौरमा सुरु भएको गोल्डकपको शनिवार औपचारिक कार्यक्रमकाविच सांसद शाहीले उद्घाटन गरेको आयोजकले जानकारी दिएको छ । गोल्डकपमा […]
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन् […]
नागरिक रैबार/बाजुरा २७ असोज।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ५ मा अरिङ्गालको टोकाईबाट एकजनाको मृत्यु भएको छ । भने अर्का एकजना घाईते भएका छन् । शुक्रबार विहान सोही वडाको पानलोटे भन्ने ठाउँमा अरिङ्गालले टोक्दा वर्ष ६५ का अंगे बडुवालको मृत्यु भएको बडीमालिका–५ का वडा अध्यक्ष धरमपाल मिजारले जानकारी दिए । वडा अध्यक्ष मिजारका अनुसार अरिङ्गालको टोकाईबाट […]
काठमाडौं । गृहमन्त्री रमेश लेखक काभ्रेको बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गएका छन् ।गृहमन्त्री लेखक सोमबार पनौती नगरपालिका–१२, बेथानचोक गाउँपालिका–४ लगायतका क्षेत्र पुगेका हुन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले राहत वितरणका साथै सडकको अवरोध हटाउने, खानेपानी, विद्युत लगायतका आधारभूत सेवा सञ्चालन गर्ने भएको बताए । लगत्तै पुनर्स्थापना तथा पुनर्निर्माणमा जु्ट्ने उनले बताए । […]
नागरिक रैबार बाजुरा १८ असोज। बाजुराकाे सदरमुकाम मार्तडीमा भोलि शनिबारको दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र अन्तरगत साँफे-मार्तडी ३३ केभिको राष्ट्रिय प्रशारण लाईन भोलि विहान ८ बजेदेखि बेलुकी ६ बजेसम्मका लागिअवरुद्ध हुने भएको हो । बाजुरा वितरण केन्द्रले शुक्रबार साँझ एक सूचना जारी गर्दै उक्त प्रसारण लाइन […]
काठमाडौँ– पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ। पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै […]
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी […]
काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै भएको बाढीपहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या २२८ पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म २५ जना बेपत्ता छन् भने १५८ जना घाइते छन् । यस्तै, बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन […]
काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको थियो । यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।