होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
झापा । झापाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्रमणमा परी एक स्थानीय गम्भीर घाइते भएका छन् । सडकमा ढल बनाउने विषयमा विवाद हुँदा सिग्देलले स्थानीय अर्जुन थेवेको टाउकोमा इटा प्रहार गरेका थिए । थेवेको चारआलीस्थित मनकामना अस्पतालमा प्राथमिक उपचार पश्चात बिएण्डसी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते थेवेको अवस्था सामान्य रहेको […]
१८ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भूभागमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान […]
१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शंकाको लाभ लिएर पार्टीलाई जेठ २ मा फर्काएको दाबी गरेका छन् । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले आफूहरुको हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिइएको बताए । आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपति कहाँ जानु लाजमर्दो भएको उनले बताए […]
१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई बैठकमा निरन्तर आउन आग्रह गरेका छन् । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्दै केन्द्रीय कमिटीको बैठक बोलाएपछि गौतम शुक्रबार बैठकमा उपस्थित भएका छन् । बैठकमा उनलाई स्वागत गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत […]
१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि चाहिने जति कोरोना खोप आउने दाबी गरेका छन् ।नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले सो दाबी गरेका हुन् । उनले भने, ‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’ भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने […]
वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभाले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा शुक्रबार बहस गर्दै गुरागाईंले सभामुख एकातिर, संसद एकातिर र दलहरु एकातिर भएको अवस्था रहेको बताए । अदालतले पुनः स्थापना गरेको संसदले पनि सरकार दिन नसकेको हुनाले दोस्रो पटक विघटनको आवश्यकता परेको उनको भनाइ […]
मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सक्रिय रहने भएकाले देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। यसैगरी, शुक्रबार दिउँसो […]
१८ असार, धनगढी । सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक -डीआईजी) पुरुषोत्तम कंडेलले पाएका छन् । प्रहरी प्रधानकार्यालय मानव स्रोत प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालबाट सरुवाभएर आएका कंडेलले बिहीबार धनगढी पुगेर कमाण्ड सम्हालेका हुन् । कंडेलले प्रदेशमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण, सीमा सुरक्षालगायतका विषयलाई प्राथमिकतामा राखेर […]
काठमाडौँ, १७ असार: वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गर्ने क्रममा उनले पार्टीभित्रको सदस्य भएपछि आफ्नो पार्टीको निर्णयविपरीत […]
तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ । चेतबहादुर भुजेलको घरमाथि पहिरो आई पुरिएको घरबाट ५५ वर्षीया खगिमाया भुजेल र १४ […]
एक महिनादेखि भइरहेको लगातारको वर्षाले यहाँका कम्तीमा पनि एक दर्जन बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि गाउँका सडकमा सवारी साधन चलाउन बन्द भएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञा खुकुलो गरिएसँगै जिल्लामा यातायातका साधन सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिए […]
काठमाडौँ — एमाले स्थायी कमिटीले मंगलबार माओवादी केन्द्रसँग एकता हुनुअघिको केन्द्रीय कमिटीलाई ब्युँताउने, महाधिवेशन आयोजक कमिटी भंग गर्ने र आयोजक कमिटीबाट भएका निर्णय स्वतः खारेज हुने निर्णय गरेको थियो । तर एमालेले पार्टीभित्रको असन्तुष्ट समूहले समेत प्रश्न खडा गरेको आयोजक कमिटीको बुधबारका लागि पूर्वनिर्धारित बैठक स्थगित गरेन । एकातिर आयोजक कमिटी खारेजको निष्कर्षमा पुग्ने तर अर्कोतर्फ त्यही […]
१७ असार, काठमाडौं । सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले भक्ति थापालाई राष्ट्रिय विभूतिको सूचीमा समावेश गरिएको जानकारी दिएका हुन् । नेपाल एकीकरणको अभियानको क्रममा देउथलमा अंग्रेज सेनासँग लड्दालड्दै ७३ वर्षीय थापाले वीरगति प्राप्त गरेका […]
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार(आज)देखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन्। सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक […]
१७ असार, म्याग्दी । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार […]
१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ । मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]
१६ असार, काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले ९ […]
धनगढी: अछामको बान्नीगढी जयगढी गाउँपालिकाले अनौठो आर्थिक ऐन ल्याएको छ। जसअनुसार उपभोक्ता समितिले संघीय र प्रदेश सरकारका योजना भुक्तानीका लागि सिफारिस लिँदा २ प्रतिशत दस्तुर गाउँपालिकालाई बुझाउनु परिरहेको छ। गाउँपालिकाभित्र सञ्चालन भइरहेका योजनाको रकम भुक्तानीका लागि आवश्यक पर्ने सिफारिस गरेवापत योजनाको कूल रकमको २ प्रतिशत तिर्नुपरेपछि उपभोक्ता समितिका पदाधिकारी बिचल्लीमा परेका छन्। योजनाको इस्टिमेटमा समावेस […]
१६ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले साउन ९ गतेदेखि १३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि आयोगले तालिका सार्वजनिक गरेको हो । यो पटक परीक्षार्थीले आफूलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिने पाउने भएका छन् […]
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अन्तिम बैठक बालुवाटारमा सुरु भएको छ । बैठक ११ बजेबाट सुरु हुने भनिएपनि एक घण्टा ढिलो मात्रै सुरु भएको हो । एमाले नेताहरुका अनुसार आयोजक कमिटीको बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणाको निर्णय गर्नेछ । यसअघि मंगलबार बसेको ओली पक्षीय स्थायी समिति बैठकले नै पार्टीलाई […]