होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले उत्तरी र दक्षिणी छिमेकी मुलुकसँग सम्बन्ध जटिल बनेको विश्लेषण कूटनीतिक मामिलाका विज्ञहरूले गरेका छन् । ‘भारतलाई चिढ्याएर चीन गुहार्ने र चीनलाई देखाएर भारतसँग साँठगाँठ गर्ने’ कार्यशैलीका कारण दुवै छिमेकीका नजरमा नेपालले साख गुमाएको उनीहरूको ठम्याइ छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग […]
३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि मंगलबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकको एउटा तस्वीर बुधबार सामाजिक सञ्जालमा भाइरल छ । राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रोशन सापकोटाले खिचेको मन्त्रिपरिषद् बैठककक्षको राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरमा पट्टी लगाएको जस्तो देखिन्छ । देउवालाई प्रधानमन्त्री नियुक्ति गर्दा राष्ट्रपति कार्यालयले प्रयोग गरेको भाषाका कारण विवाद […]
३० असार, काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले आफूले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् । कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’ यो सबैको साझा प्रतिवद्धता […]
३० असार, म्याग्दी । जिल्लाको बेनी नगरपालिका-३ भकिम्लीस्थित स्वास्थ्यचौकीमा छाता ओढ्नुपर्ने बाध्यता छ । स्वास्थ्यचौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्ने गरेका हुन् । स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताए । “आफ्नै भवन नभएको र […]
३० असार, काठमाडौं ।नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् । बुधबार नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् […]
काठमाडौँ – आफुलाई ‘सामाजिक अभियानी’ दाबी गर्ने ज्वाला सङ्ग्रौलासहित ४ जना धरौटी तिरेर रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँले ज्वाला सङ्ग्रौला, उनका पति हिमालप्रसाद उपाध्याय, शर्मिला वाइबा भन्ने शर्मिला राई र यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार मङ्गलबार अदालतको आदेशपछि उनीहरू […]
काठमाडौँ– नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । “बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ व्यक्ति सम्पर्कमा आएका छन्, परिवारसँग सकुशल भेटिएका छन्”, आयोगका अध्यक्ष […]
काठमाडौं, असार ३० । मन्त्रिपरिषद्को पहिलो बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा केपी ओली नेतृत्वको सरकारले गरेको खर्चको हालसम्मको विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ताको जिम्मेवारी पाएका कानुन, न्याय तथा संसदीय […]
धनगढी: अछाममा पहिरोले सडक अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत कमलबजार नगरपालिकास्थित किर्तिपुरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। अछामबाट सुर्खेत जाने सो सडक मंगलबार दिउँसो तीन बजेदेखि अवरुद्ध रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले बताएको छ।
सोमबार सर्वोच्च अदालतबाट आएको बहुचर्चित १६७ पेजको फैसला लेख्ने न्यायाधीश थिए, ईश्वर खतिवडा । प्रश्न उठ्छ, स्वयं प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने संवैधानिक इजलाशको फैसला किन उनीभन्दा मुनिका न्यायाधीशलाई लेख्न दिइयो ? यसको जवाफ हो, खतिवडाको निडरपन । उनी कोही, कसैको डर र प्रलोभनमा नपरी राम्रो फैसला लेख्ने, आफैँ टाइप गर्ने र छिटो फैसला तयार पार्ने […]
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त भएका हुन्। यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःनिर्माण मन्त्री, विसं २०७३ मा ऊर्जा मन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न […]
बुधबार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालदेशभर मनसुनी वायुको प्रभाव रहेको छ भने जसका कारण वर्षा भइरहेको छ । महाशाखाको नियमित बुलेटिनमा आज बिहान देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै […]
२९ असार, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला थुनामुक्त भएकी छन् । जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी कसूरमा सामान्य तारेखमा उनलाई छाड्न आदेश दिएको एसएसपी अशोक सिंहले बताए । उनका पति हिमाल उपाध्यायलाई चाहिँ एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । यसअघि अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले […]
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् । उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पहिलो चरणमा सरकारमा दुई मन्त्री पठाउने भएको छ । नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा पठाउने निर्णय भएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो । देउवाले मंगलबार साँझ प्रधानमन्त्रीको […]
२९ असार, विराटनगर । उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्यामा संलग्न भएको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् । सोमबार बिहान कार्यालय परिसरमा मृत भेटिएकी महिला कर्मचारी बिमला कुमारी पराजुलीको हत्या आरोपमा इलाम इजलासका न्यायाधीशको सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँ पक्राउ परेका हुन् । बानियाँ नेपाल प्रहरीका असई हुन् । पराजुली […]
नेपाल पत्रकार महासंघले प्रधानन्यायाधीशको पुत्ला जलाएको प्रति आपत्ति जनाएको छ । मंगलबार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको नेपाल पत्रकार महासंघले स्वागत गरेको उल्लेख गरेका छन् । उनले सर्वोच्चको सो निर्णय संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनःस्थापित भएको महासंघको निष्कर्ष रहेको […]
केपी ओली सरकारबाट बाहिरिएकै दिन नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ । सोमबार काठमाडौमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो । यस अघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भएपनि पुनः गठन गरिएको छ । ५०१ युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको […]
२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गरेका छन् । सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्था गरेको दाबी गरे । १ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको र २ करोड भन्दा […]
२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् । सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताएका छन् । सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना […]