होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइसम्बन्धी अभियानको सुरुवातको अवसरमा शुभकामना सन्देश दिँदै सबैलाई यसमा सहभागी हुन आग्रह गरेका छन् । उनले विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई स्थानीय स्तरमा जुन विधि सम्भव छ, त्यही माध्यमबाट पठनपाठन गर्न गराउन आह्वान गरेका छन् । अनलाइन, अफलाइन, टेलिभिजन, रेडियो र स्वअध्ययन सामग्रीको प्रयोग गरेर सिकाइ क्रियाकलापमा सहभागी हुन […]
धनगढी : आइतवार नौँ जना संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या दुई सय ६४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २६ जना […]
रुकुम ३२ जेठ ।चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो । पक्राउ परेका सोती गाउँका २८ र फरार पाँच […]
नागरिक रैबार । बाजुरा ३२ जेठ । प्रेस संंगठन नेपाल बाजुराले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई स्वास्थ्य तथा सुरक्षा सामग्री र ज्याकेट वितरण गरेको छ । कोरोना संक्रमणको बेला जोखिम मोलिरहेका सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षाका लागि आवस्यक सामाग्री सहयोग गरेको हो । गौमुल, जगन्नाथ, स्वामीकार्तिक खापर गौमुल गाउँपालिका आर्थिक सहयाेगमा ४० जनालाई जकेट र ६० जनालाई स्वास्थ्य तथा […]
धनगढी ३२ जेठ । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् । तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका […]
३१ जेठ, डोटी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले शनिबार बेलुकी पाँच वजे सार्वजनिक गरेको बिवरणअनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिकामा एक महिलासहित २३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको लालझाडीमा दुई महिलासहित १४ जना, कैलालीको चुरै गाउँपालिकामा पाँच पुरुष, […]
काठमाडौं । प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक दुई तिहाइ भन्दा बढी मतले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा […]
महानगरीय प्रहरी वृत्त कालिमाटीले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउँसो काठमाडौँ महानगरपालिका-१४ रविभवन स्थित एक घरमा जुवाताख खेलिरहेको अवस्थामा कुलेश्वर बस्ने धादिङका राजु भुजेल सहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३ महिला सहित ९ जना रहेका छन । उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ८ […]
३१ जेठ, काठमाडौं । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै […]
२९ जेठ, काठमाडौं । लामो अन्योलपछि सरकारले अन्ततः यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको छ । गत चैत ६ गतेबाट सुरु हुनुपर्ने एसईई परीक्षा कोरोनाको त्रासका कारण अघिल्लो दिन स्थगित गरिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले अब सम्बन्धित विद्यालयहरूकै आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ । यसको लागि यसअघि […]
काठमाडौं । अब कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका […]
२९ जेठ, काठमाडौं । ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको छ । त्यसअनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ । तर सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई […]
काठमाडौं । सरकारले हालै नेपालको संशोधित नक्सा जारी गरेको विषयमा सिंगो देश एकजुट देखिएको छ । संशोधित नक्सालाई संविधानको अनुसूचीमा सामेल गर्नका लागि सरकारले पेश गरेको संविधान संशोधन विधेयकलाई सर्वसम्मत रुपमा समर्थन जनाएको छ । यसका बाबजुद समाजवादी पार्टीकी सांसद सरिता गिरी अपवादका रुपमा देखिएकी छन् उनले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी छन् । […]
बाजुरा : बाजुरामा एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । धुरालसैन मावि क्वारेन्टाइनमा बसेका मध्ये १७ जना र १ जना त्रिवेणी नगरपालिकाका गरि १८ जना कोरोना संक्रमित थपिएका हुन् । स्वाब संकलन गरि जेष्ठ १९ गते पठाइएको थियो । नमुना जाँचका लागि स्वाब पठाएको ११ दिन पछि धनगढी प्रयोगशालाबाट रिपोट आएको हो । पीसिआर जाँचमा […]
२९ जेठ, काठमाडौं । बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय […]
धनगढी : सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये ४ दिनका शिशु पनि रहेका छन्। बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको […]
काठमाडौँ — सर्वोच्च अदालतले तत्काल कर बुझाउनुपर्ने सरकारको सूचना कार्यान्वयनलाई रोक लगाइदिएको छ ।न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी अन्तरिम आदेश जारी गरेको हो । आन्तरिक राजस्व विभागले कर तिर्न जारी गरेको सूचना जेठ २० गतेबाट बढाएर असार ५ पुर्याएको थियो । कर तिर्न ताकेता […]
भारतको विपक्षी पार्टी कंग्रेस आईले नेपालसँगको सीमा विवादको सहमति वार्ताद्वारा खोजिनुपर्नेमा जोड दिएको छ । सीमा विवाद राष्ट्रिय सरोकारको विषय भएकाले यसमा सरकार गम्भीर हुनुपर्ने कंग्रेसको माग छ । लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको नेपालले सीमा विवाद समाधानका लागि वार्ताको पहल गर्दै आएपनि भारत सरकारले यसमा चासो देखाएको छैन । बरु उल्टै, सत्तारुढ […]
२९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने सरकारको निर्णय सही भएको शिक्षाविद्हरुले प्रतिक्रिया दिएका छन् । मन्त्रिपरिषद्को बुधबार राति बसेको बैठकले विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । चैत ६ गतेका […]
२८ जेठ, काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ […]