होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा झण्डै ५६ करोड बजेट खर्च गरेको छ। सरकारले खडा गरेको कोरोनाको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषबाट ४२ करोड सहित करिब ५६ करोड खर्च गरेको हो। सुदूरपश्चिम प्रदेशको गत चैत ११ गतेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा कोरोना भाईरसको रोकथाम, जोखिम न्यूनिकरण, क्वारेन्टिन तथा आपतकालिन व्यवस्थापननका लागि […]
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । यस्तै मृतकको संख्या २३ पुगेको छ । आइतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् । मन्त्रालयका […]
७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]
काठमाडौं । स्थानीय तहहरु बजेटको अन्तिम तयारीमा जुटेका छन् । असार १० गतेसम्मभित्रै गाउँसभा/नगरसभा बोलाएर आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानूनी व्यवस्था अनुसार गाउँपालिका तथा नगरपालिकाहरुले बजेटको तयारी अघि बढाएका हुन् । केही स्थानीय तहले भने गाउँसभा/नगरसभा बोलाएर नीति तथा कार्यक्रम प्रस्तुत समेत गरिसकेका छन् । शुक्रबार काठमाडौँ महानगरपालिकाले नगरसभा बोलाएर आगामी आर्थिक वर्षको […]
बाजुरा: चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बाजुरा पुगेका छन्। दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडि जिल्ला घुम्ने क्रममा उनी बाजुरा पुगेका हुन। डाक्टर केसी एक हप्ता बाजुरा बस्ने जनाइएको छ। डाक्टर केसीले यसअघि बझाङ, दार्चुला, बैतडी लगायतका जिल्लामा पुगेर सेवा दिइसकेका छन्। बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका […]
नागरिक रैबार बाजुरा ४ असार बाजुरा जिल्ला अस्पतालमा विरामी भएर भर्ना भएका एक जना ७० वर्षीया वृद्धलाई विहाबार जिल्लामा क्रियाशिल तीन जना पत्रकारले रगत दिएर ज्यान बचाएका छन् । बुढीनन्दा नगरपालिका वडा नं. ९ पाण्डुसैन निवासी वृद्ध गोरे गुरुङ्गको शरिरमा पानीको मात्रा बढी भएको र रगतको मात्रा कम भएर ज्यान जोखिममा रहेकाले निज विरामीलाई थप […]
काठमाडौं : कोरोना जितेकाहरू बाहिर आउनुस् कोरोना लागेपछि मरिहालिन्छ भन्ने गलत अफवाहलाई चिर्न जरुरी छ। यसका लागि व्यापक जनचेतनाको आवश्यकता देखिएको छ। कोरोना लागेपछि मृत्यु भइहाल्छ भन्ने आम बुझाइका कारण पनि मानसिक तनाव थपिँदै गएको छ। नेपालमा हालसम्म नेपालमा कोरोनालाई जितेर डिस्चार्ज भएकाको संख्या १ हजार १ सय ६७ नाघेको छ। कोरोनालाई जितेर घर फर्किएका सीमित व्यक्ति बाहेक […]
काठमाडौं : रुकुम हत्याको तीन हप्ता बितेको छ। यो देशमा दलितहरूको पक्षमा वा विद्रोहको पक्षमा असाध्यै ठूलो काम आफैँले गरेझैँ गर्ने नेता छन्। उनको नाम हो पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनी तीन हप्तासम्म उक्त घटनाबारे मौन बसे, किनभने उनको मुखमा जनार्दन शर्मा नामको ठूलो ढुंगो बसेको थियो। तर संसदले बनाएको एक समितिले उनलाई भेट्न गएछ। भेटका […]
बाजुरा ३ असार । बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालिका वडा न ३ का एक युबक भिरबाट लडेर घाइते भएका छन् । बुढिनन्दा नगरपालिका वडा न ३ का बर्ष ३० का दिपक राेकाया भिरबाट लडेर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर राेकायाले बताएका छन् । काेल्टीबाट आफ्नाे घर जाने क्रममा बुढिनन्दा नगरपालिका वडा […]
१० जेठमा पश्चिम रुकुमको सोतीमा भएको हत्याकाण्डलाई भवितव्य देखाउन राजनीतिक नेतृत्व नै क्रियाशील भइरहेको एक स्थलगत अध्ययनले निष्कर्ष निकालेको छ । मंगलबार राजधानीमा सार्वजनिक गरिएको रुकुम घटनाको स्थलगत प्रतिवेदनमा घटनालाई भवितव्य देखाउन स्थानीय तहका जनप्रतिनिधिदेखि संघीय सांसदसम्मको संरक्षणमा काम भइरहेको उल्लेख छ । १० जेठमा जाजरकोटको भेरी नगरपालिका-०४ रानागाउँबाट मल्ल थरकी आफ्नी प्रेमिकालाई लिन नवराज […]
बाजुरा १ असार। हिमाली गाउँपालिका– ५ कवाडीको क्वारेन्टाइनमा बसेकाहरुले आरडीटी परिक्षण गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेका छन् । भारत लगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टाइनमा बसिरहेका उनीहरुले आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेका हुन् । उनीहरु क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएपछि गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफै आरडीटी […]
‘छुवाछुत कहाँ छ र ? अब त हटिसक्यो ! भए पनि गाउँघरतिर होला ।’ मेरा अधिकांश गैरदलित साथीहरूले भन्ने वाक्य हुन् यी । दुई-चारजनाले दलितसँगै बसेर खाँदैमा छुवाछुत हट्ने भए आज यसरी लेख्नुपर्ने थिएन । जबदेखि बुझ्ने भएँ, त्यसवेलादेखि अहिलेसम्म पनि मलाई जातीय विभेदले पछ्याउन छाडेको छैन । गाउँबाट सदरमुकाम पुगेँ, सदरमुकामबाट राजधानी पसेँ, जहाँ पुगे पनि मलाई विभेदले पछ्याउन छाडेन । पाइला-पाइलामा […]
१ असार, काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको छ । वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरूलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको पाइएको छ। घटनाको छानबिन गर्न गृह मन्त्रालयका सह-सचिव जितेन्द्र […]
काठमाण्डाै – कोरोनाको जोखिम र लकडाउनका कारण तीन महिनादेखि विद्यार्थी स्कुल जान पाएका छैनन् । लामो समय स्कुल जान नपाउँदा बालबालिकाहरुले पहिला पढेको बिर्सन सक्ने र पढाइप्रतिको रुचि घट्दै जाने हुन्छ । कतिपय स्कुलहरुले अनलाइन कक्षामार्फत् पढाउन थालेका छन् । तर धेरै बालबालिका इन्टरनेटको पहुँचमा नभएका कारण अनलाइन कक्षा प्रभावकारी हुन सकेको छैन । कोरोना […]
धनगढी : सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले सिँचाइका योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन गरको छ। सोमबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षमा ९ वटै जिल्लाका लागि १ अर्ब ४१ करोड सिँचाइ योजनामा खर्चिने जानकारी दिएका छन्।
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ । […]
धनगढी : सुदूरपश्चिममा आज ६८ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो। २४ घण्टामा थपिएको यो सङख्या हालसम्मकै उच्च हो। तीन जना महिला र ६५ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार बैतडी २१, डोटीका २०, कैलालीका […]
१ असार, सुर्खेत । कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार ११० जना संक्रमित थपिएसँग कर्णाालीमा संक्रमित संख्या एक हजार ७७ पुगेको हो । सोमबार एकै दिन दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् […]
१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा सामान्य रकम घटाएर आगामी आव २०७७/७८ को बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । आगामी आवका लागि प्रदेश सरकारले कुल ३३ अर्ब ७४ करोड १३ लाख रुपैयाँको बजेट आएको […]