होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । मंगलबार र बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताले नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि सो पाटीभित्रको आन्तरिक राजनीति थप जटिल मोडमा पुगेको छ । यसक्रममा तीनथरी धारणाहरु सार्वजनिक भैसकेका छन् । पहिलो ओलीको राजीनामा बाहेकको विकल्प […]
१७ असार, काठमाडौं । बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
बाजुरा: बाजुराको गौमूल गाउँपालिकाको सातौँ गाउँ सभाले सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट एक सय १० प्रकारका औषधि निःशुल्क दिने नीति अघि सारेको छ। गाउँपालिकाका सातौँ गाउँ सभाको बजेट र कार्यक्रमबाट सो नीति पास गरिएको छ। स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनाका साथै स्थानीय सरकारले पहिलोपटक एक सय १० प्रकारका औषधि निःशुल्क गर्ने गरी नीति पारित गरिएको गाउँपालिका उपाध्यक्ष […]
भक्तपुर: पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ। गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल नजीकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व भक्तपुरका सेक्रेटरीसमेत रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको […]
१६ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्याउन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण एसईई हुन नसकेपछि आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा तयार पारेर पठाउन निर्देशन दिइएको हो । ‘शिक्षा विकास तथा समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिद्वारा […]
१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ७११ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार […]
१६ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार कोरोना भाइरस (कोभिड-१९) को स्रोत पत्ता लगाउन एक टोली चीन पठाउन लागेको बताएको छ । डब्ल्यूएचओले आगामी साता यो टोली चीन जाने बताएको छ । यो टोलीले कोरोना भाइरस कहाँबाट आएको थियो भन्ने कुरा पत्ता लगाउनेछ । डब्ल्यूएचओले अहिले कोरोना भाइरसको राजनीतिकरण र समग्र विश्व विभाजित […]
काठमाडौं- सरकारले पछिल्लो समय खुकुलो बनाएको लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘लकडाउन खुकुलो हुँदा जोखिम बढेपछि […]
नागरिक रैबार बाजुरा १६ असार । देशभर सोमबार असार १५ अर्थात १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विविध कार्यक्रम गरी मनाईको थियो । सोही अनुसार कृषि ज्ञान केन्द्र बाजुरालेपनि बडीमालिका नगरपालिका वडा नं. ८ स्थित बाउलीमा किसान खन्टे रावलको खेतमा धान रोपेर उक्त दिवस तथा रोपाई महोत्सव मनाएको हो । धान उत्पादनमा बृद्धि, […]
१५ असार, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले खुकुलो लकडाउन (लुजडाउन) मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ । सीसीएमसी निर्देशक समितिको सोमबार बसेको बैठकले भाषा परीक्षा, उद्योग सञ्चालन लगायतको मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि जनाएको छ । अघिल्लो बैठकले मापदण्ड बनाएर लागू गर्न भनेपनि नभएको भन्दै सोमबारको बैठकले कडाईका साथ लागू […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएसँगै नेपालको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । प्रधानमन्त्री ओलीले आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो सरकार ढाल्ने प्रयास भइरहेको आरोप लगाएका हुन् । आफू राष्ट्रियताको पक्षमा दृढ भएकै कारण प्रधानमन्त्रीबाट आफूलाई हटाउन देशी […]
काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो । मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिए । ती संक्रमितको ललितपुरको सानेपास्थित स्टार अस्पतालमा […]
१५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् । थप एकको […]
धनगढी : सुदूरपश्चिममा आज ९९ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल काठमाडौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज ९९ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज शिक्षण अस्पतालमा भएको परीक्षणमा बाजुराका २० महिला र ४६ पुरष गरी ६६ जनामा कोरोना पुष्टि भएको छ। कर्णाली स्वास्थ्य […]
५ असार, काठमाडौं । नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
धनगढी : गत शनिबार नेपाल प्रवेश गरेको सलह किरा कैलाली पुगेको छ। जिल्लाको लम्की र बर्दगोरीयामा सलह किरा देखिएको हो। लम्किचुहा नगरपालिका वडा नम्बर १ थकालिपुरको बारिमा सलह देखिएको स्थानिय लक्ष्मी रावलले जानकारी दिए। रावलले सलहलाई आफुहरुले मारेर राखेको पनि बताए। उता कैलालीको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको छ। बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले […]
काठमाडौं । मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । अपरान्ह चार बजेपछि बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यसैबीच, उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठक जारी छ । सिंहदरबारमा* बसेको बैठकमा कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारमा भइरहेका प्रगतिका बारेमा मन्त्रालयगत रुपमा छलफल […]
हेटौंडा: गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ। सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। छ महिना अघि दुर्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा […]
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका […]
बाजुरामा जिल्ला अस्पतालकि काेराेना पाेजेटिभ एक स्वास्थ्यकर्मीले काेराेना जितेकी छन् । उनकाे दाेस्राे जाँच रिपाेट नेगेटिभ आएकाे छ । काेराेना पाेजेटिभ आएकि ति स्वास्थ्यकर्मीकाे दाेस्राे जाँच नेगेटिभ आएकाे जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिकले वताएका छन् । ति स्वास्थ्यकर्मिलाइ हाेटलाकाे क्वारेनटाइनमा राखिएकाे थियाे । उनकाे सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीकाे रिपाेट पनि नेगेटिभ आएकाे अस्पताल […]