होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ६१ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आज ६४ जनामा कोरोना पुष्टि भएको हो। तीन वटा प्रयोगशालामा भएको परीक्षणमा सबैभन्दा धेरै कैलालीका ४५, कञ्चनपुरका १५ र अछामका चारजनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]
काठमाडौं । लकडाउन खुला गरेर सार्वजनिक यातायातलाई सूचारु गरे पनि अहिलेसम्म एक तिहाई सवारीसाधन पनि सकडमा निस्केका छैनन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघकाअनुसार अहिलेसम्म सञ्चालनका लागि अनुमति पाएका रुटका सवारी साधनमध्ये ३० प्रतिशतभन्दा पनि कम सवारीसाधन मात्रै सडकमा आउन सकेका छन् । बाँकी अहिलेसम्म पनि ग्यारेजमै थन्किएर बसेका छन् । उपत्यका बाहिर रहेका यातायात […]
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सोमबार साँझ ५ बजेपछिका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल गरेर निर्णयमा […]
काठमाडौं । एक सय ५१ स्थानीय तहले अझै पनि पेश गरेको बजेट विवरण पठाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आर्थिक वर्ष २०७७÷७८ को पेश गरेको बजेट विवरण पठाउन पटकपटक निर्देशन दिए पनि अझै पनि १५१ स्थानीय तहले बजेट विवरण नपठाएका हुन् । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीकाअनुसार अहिलेसम्म ६०२ स्थानीय तहले […]
काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। ७१.१ प्रतिशत निको भएका छन् । यसअघि हिजो १४ हजार ६०३ थियो । मन्त्रालयका […]
१९ साउन, काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग ३ घण्टा लामो वार्ता गरेलगत्तै नेकपा अध्यक्ष प्रचण्डले खुमलटारमा माधव नेपाल र नारायणकाजी श्रेष्ठलाई बोलाएर सविस्तार बताए । झलनाथ खनाललाई लिएर वार्तामा गएका उनले सोमबारको वार्ताअघि पनि खुमलटारमा आफू पक्षधर सचिवालय सदस्यसँग परामर्श गरेका थिए । दुई अध्यक्षको चोचोमोचो मिल्दैमा मानिँदैन भन्दै आएका बरिष्ठ नेता माधव […]
केही समयअघि गरिएको अध्ययन अनुसार अहिले किशोर–किशोरीहरु मनोविद् कहाँ धाउन थालेका छन् । यसले अहिलेका किशोरपुस्ताको मनोदसा ठीक छैन भन्ने संकेत गर्छ । अहिलेका किशोरपुस्ताले तुलनात्मक रुपमा धेरै सुविधा उपभोग गर्न पाएका छन् । उनीहरुले पढ्नलेख्न मात्र होइन, लगाउन, खान, घुमफिर, मनोरञ्जन गर्न पनि पर्याप्त मौका पाएका छन् । आफ्ना छोराछोरीका खातिर आमाबुवाले मनग्यै पैसा […]
काठमाडौं । सोमबार प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली अचानक बालकोटस्थित निजी निवास पुगे । ओली किन निजी निवास गए भन्ने प्रश्नको जवाफ स्पष्ट छैन । यदि ओलीलाई नै यो प्रश्न गर्ने हो भने कस्तो जवाफ आउथ्ँयो होला ? सायद उनले यसको जवाफ ठट्यौली पाराले नै दिन्थे होलान्– ‘घर किन जान्छन् […]
काठमाण्डाै – हामी जब असुरक्षित महसुस गर्छाैँ तब सुरक्षाकर्मीसँग गुहार माग्छौँ । जब अस्वस्थ हुन्छौँ, डाक्टर र स्वास्थ्यकर्मीकोमा पुग्छौँ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हामीलाई परेको बेलामा अग्रपङ्क्तिमा बसेर काम गर्छन्, सहयोग गर्छन् । अहिले कोरोना महामारी र प्राकृतिक विपद्मा पनि उनीहरु यसैगरी काम गरिरहेका छन् । एकातिर कोरोना नियन्त्रण र उपचारको काम, अर्कोतिर बाढी पहिरोमा […]
डोटी । डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले दिनुभएको जानकारी अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक हरिश जोशीको शव डोटीको केआइसिंह गाउँपालिका–५ को बुवातडा भन्ने स्थानमा फेला परेको हो । नदीले […]
१९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ । सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए । स्रोतका अनुसार दुवै नेता आआफ्नो अडानमा टसमस भएका छैनन् । प्रधानमन्त्रीसमेत रहेका […]
काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक […]
जिल्ला प्रहरी कार्यालय दाङले नक्कली प्रहरी बनेर होटेल सञ्चालकलाई धम्क्याउने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको नक्कली परिचयपत्र देखाएर होटेल सञ्चालकलाई धम्क्याउने घोराही उपमहानगरपालिका वडा नं. ९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको दाङका प्रहरि प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । […]
काठमाडौँ । नेपाली काँग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । १४औँ महाधिवेशनमा सभापतिका आकाङ्क्षी देखिएका नेताहरु आन्तरिक रणनीति बनाउन नेता कार्यकर्तासँगको भेटवार्तामा व्यस्त देखिन्छन् । छलफल र भेटघाटका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेता शेखर कोइरालाले सम्पर्क कार्यालयसमेत खुलेका छन् । पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोलेर आफ्नो समूहको बैठक र भेला […]
१९ साउन, काठमाडौं । नेकपाभित्र उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज पनि बालुवाटारमा छलफल जारी छ । आइतवार करिव तीन घण्टाको छलफल सकारात्मक रहेको र आजको छलफलपछि सहमतिको प्रस्ताव तयार हुने कतिपय नेताको दावी छ । ओलीसँग वार्ता गर्न प्रचण्ड आज पनि बरिष्ठ नेता झलनाथ खनाललाई […]
१९ साउन, काठमाडौं । देशमा एकातिर कोरोनाको महामारी छ, अर्कोतिर महंगीले जनताको ढाड सेक्न थालेको छ । बजारमा खाद्यान्न, लत्ता कपडा, विद्युतीय सामाग्री तथा सेवा क्षेत्रमा कृत्रिम मूल्य वृद्धि गरिएको छ । बजारको नियमन गर्नुपर्ने सरकारी निकायहरु कानमा तेल हालेर बसेका छन् । पछिल्लो एक–दुई सातामा चामल, दाल, तरकारी, माछा, मासु, विद्युतीय समाग्रीदेखि लत्त्ता कपडा […]
सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपछि यतिबेला जनजीवन सहज बनेको छ । सार्वजनिक बस चल्न थालेका छन् । उद्योग कलकारखाना, व्यापार, व्यवसाय पूर्ववत् अवस्थामा फर्किंदै छन् । साउन १५ गतेदेखि पर्यटन क्षेत्र, होटल, रेस्टुराँ, ट्राभल एजेन्सीहरू पनि खुला गरेको छ । आगामी भदौ १ गतेदेखि विद्यालय भर्ना र हवाई उडान पनि सुरु […]
१८ साउन, काठमाडौं । नेपालमा पहिलो पटक कोभिड-१९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । ६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो । उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् । अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दासकाअनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसले […]
काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ । छलफल झण्डै तीन घण्टा चलेको थियो । छलफलमा के के भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ । आजको बैठकमा ओली प्रचण्डबाहेक अर्का नेता झलनाथ खनाललाई पनि सहभागी […]