होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं: कोरोना संक्रमण पुष्टि भएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले काठमाडौंमा प्रहरी महानिरीक्षक, गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटेको खुलेको छ। मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए। काठमाडौंमा केही दिन बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्री […]
२१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुले पार्टीमा चलिरहेको बहस पदको झगडा नभएको प्रष्टिकरण दिएका छन् । पार्टीसम्वद्ध सञ्चारकर्मीसँग बुधबार भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको बताए । केपी ओली र […]
सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन । अस्पतालले आन्तरिक किचलोका कारण मेसिन खरिदका लागी हाल सम्म टेन्डर समेत गर्न सकेको छैन । प्रादेशिक अस्पतालको मेसिन खरिदका लागी गत आर्थिक वर्ष २०७६/०७७ साढे ८ करोड रकम विनियोजन भएको थियो । तर खरिद प्रकृया सुरु नहुँदा उक्त रकम फ्रिज भएको […]
धनगढी : धनगढीमा तत्काल लकडाउन वा निषेधाज्ञा जारी नहुने उप–महानगरपालिकाले जनाएको छ। कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय तहमा निषेधाज्ञा र लकडाउन जारी भईरहेका बेला धनगढीमा भने तत्काल लकडाउन वा निषेधाज्ञा जारी गर्ने तयारी नरहेको उप–महानगरपालिकाले जनाएको हो। उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले आजभोली नै लकडाउन वा निषेधाज्ञा जारी गनेबारे कुनै तयारी नभएको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेताहरुले पार्टीभित्र जारी संघर्ष पद प्राप्तिका लागि नभई खराव प्रवृत्तिकाविरुद्ध रहेको बताएका छन् । बुधबार पार्टी निकटका सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनीहरुले अध्यक्ष केपी ओलीको ‘म नै पार्टी हुँ’ भन्ने शैलीले पार्टी सञ्चालन गर्दा समस्या भएको बताए । त्यस्तै उनीहरुले विभिन्न प्रतिक्रियावादी शक्तिहरुले नेकपा फुटाउन नै लागिपरेकाले जस्तोसुकै परिस्थितिको पनि […]
काठमाडौं । ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्पको धक्का गएको छ । बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार राति पनि थापाथली केन्द्रबिन्दु भएर ३ रिक्टरस्केल भन्दा कम मापन गरिएको भूकम्पको धक्का गएको थियो ।
२१ साउन, काठमाडौ । सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित सडक छेउको घर भत्काइएको भन्दै बालाजु बाइपास क्षेत्रका बासिन्दा आन्दोलित भएका छन् । बिना पूर्व सूचना गाईजात्रा पर्वकै दिन जनताको घरमा डोजर लगाएको भन्दै स्थानीयवासीले प्रहरी बृत बालाजुमा रिले अनशन समेत थालेका छन् । घर भत्काइएका मध्येका एक भीमदेव श्रेष्ठले अदालतको आदेश समेत नटेरी सरकार उठीबास […]
बाजुरा: बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ मा प्रहरी चौकी नहुँदा बिच्छँयामा खुलेआम जडिबुटि तथा वन्यजन्तुको चोरी शिकारी भइरहेको छ। गाउँपालिकाको वडा नम्बर ३ युनामा रहेको प्रहरी चौकी एक दिनको दुरीमा तल पर्ने हिमाली गाउँपालिको –४ नम्बर कवाडीमा सरेपछि लामो समयदेखि उक्त समस्या भइरहेको छ। युनामा बस्न नसक्ने भन्दै ८ वर्ष पहिले प्रहरी […]
धनगढीः झण्डै चार महिना पहिले कोरोना संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेशमा मृत्यु भएका ९ जना मध्ये अधिकांश आन्तरिक ट्राभल हिस्ट्री भएका छन्। कैलालीमै कोरोना संक्रमणको कारणबाट मृत्यु भएका चारै जना आन्तरिक ट्राभल हिस्ट्री भएको व्यक्ति हुन्। बाह्य ट्राभल हिस्ट्री नभएका व्यक्तिको कोरोना संक्रमणका कारणबाट मृत्यु भएका बेला प्रदेश सरकारले भने समुदाय स्तरमा कोरोना भाईरस नफैलिएको दावी गरिरहेको […]
२१ साउन, सप्तरी । कोरोना भाइरस जस्तै लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो । जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा […]
कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम […]
२१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् । मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले आफू कुनै सानो ठूलो गुटमा नलाग्ने बताएका उनका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन् । ‘क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो […]
मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा […]
पश्चिम रुकुम । मुसीकोट नगरपालिका वडा नं ७ र ८ का सबै घरधुरी विद्युत्को पहुँचमा पुग्ने भएका छन् । हालसम्म विद्युत्को पहुँच पुग्न नसकेका दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको छ । विद्युत् पुग्न बाँकी रहेका घरमा बत्ती बलेपछि दुई वडाका सबै घर परिवार विद्युत्को पहुँचमा पुग्ने भएका हुन् । केन्द्रीय प्रसारण […]
२१ साउन, पोखरा । गण्डकी प्रदेशमा लकडाउन खुलेपछि मात्रै करिब २ सय जना कोरोना संक्रमित थपिएका छन् । १३ दिनको अवधिमा थपिएको यो संख्या लकडाउनअघिको परिस्थितिमा भन्दा धेरै हो । गण्डकी प्रदेशमा अहिलेसम्म २५ हजार २ सय ९२ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये साउन सात गते लकडाउन खुल्नुभन्दा अघिसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या […]
२१ साउन काठमाडौं । फुलहम एक सिजनपछि नै इंग्ल्याण्डको शीर्ष डिभिजनको फुटबल प्रिमियर लिगमा बढुवा भएको छ । दोस्रो श्रेणीको फुटबल अर्थात च्याम्पियनसिपको प्ले अफमा मंगलबार राति ब्रेन्टफोर्डलाई पराजित गर्दै फुलहम प्रिमियर लिगमा फर्किएको हो । जोई ब्राईनको दुई गोल मद्दतमा फुलहमले ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेको छ । वेम्वलीमा भएको खेलको निर्धारित समय र […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा लामो समयदेखि शक्ति संघर्ष चल्दै आएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट सरकारको आलोचना भइरहेको भन्दै असन्तुष्ट रहँदै आएका छन् भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतहरु सरकारका कारण पार्टी नै बद्नाम हुने अवस्थामा पुगेको टिप्पणी गर्दै आएका […]
काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक व्यक्तित्व, अर्थ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका विज्ञहरुलाई समेत बालुवाटार बोलाएर छलफल गरे । कोभिड–१९ को संक्रमण अवस्था, प्रभाव र रोकथाम तथा सुरक्षाका लागि भन्दै बोलाइएको छलफलमा प्रधानमन्त्री ओलीलाई विज्ञहरुले कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिए । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले आवश्यकता र सुझावलाई ध्यानमा राख्दै सरकार […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको […]
काठमाडौं- नेपालमा मंगलबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङ विराटनगर-५ आदर्शटोल बस्ने वर्षा ७७ का एक जनाको कोरोनाले मृत्यु भएको छ । साउन १९ गते कोशी […]