होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान ९ बजेतिर सिंहदरबार अगाडि भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो । गृहमन्त्रीलाई लिन मन्त्रीनिवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दिएको […]
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइस संक्रमण फैलाउन २० देखि ४० वर्षको उमेर समूहहरुको सबैभन्दा ठूलो हात भएको जानकारी दिएको छ । डब्ल्यूएचओले यीमध्ये धेरैलाई उनीहरु कोरोनाद्वारा संक्रमित छन् भनेर थाहा नै नभएको पनि बताएको छ । यो कुरा मंगलबार विश्व स्वास्थ्य संगठनका वेस्टर्न प्यासिफिकका क्षेत्रीय निर्देशक ताकेशी कासाईले भनेका हुन् । उनले भने, ‘कोरोना […]
९ हजारभन्दा बढीको जीपीए ४ कति विद्यार्थीले कति जीपीए प्राप्त गरे भनेर सार्वजनिक गरिएन पुनर्योग गराउन, उत्तर पुस्तिका हेर्न, पुन: परीक्षण गराउन नपाइने, पूरक ग्रेड वृद्धिको परीक्षा पनि नहुने भाद्र २, २०७७मकर श्रेष्ठ, सुदीप कैनी काठमाडौँ — कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको […]
नागरिक रैबार बाजुरा २ भदौ गृहमन्त्री रामबहादुर थापा सहितकाे टाेली बाजुराका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्घारका सामाग्री लिएर बाजुरा अाउने भएकाे छ । यस अघि हेलिकप्टरमा बाजुराका बाढी प्रभावित क्षेत्रकाे अनुगमन र प्रभावित परिवारलाई राहत तथा उद्घार गर्न बाजुरा अाउने भनिएकाे भएपनि प्रतिकुल माैषमका कारण गृहमन्त्री सहितकाे टाेली बाजुरा अाउने कार्यक्रम स्थगित भएकाे थियाे […]
काठमाडौँ- मनसुनी न्यून चापीय रेखाको प्रभावले अहिले नेपालका विभिन्न ४ वटा प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र कर्णाली प्रदेशका आसपासका क्षेत्रमा वर्षा भइरहेको छ । आज दिउँसो पनि सामान्य बदली रही केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । आज राति […]
धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो। धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले लकडाउन गर्नका लागि छलफल भईरहेको बताए। ‘विगतमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिमा मात्रै कोरोना देखिएको थियो,’ प्रवक्ता मुडभरीले भने, ‘अहिले प्रहरी, बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, […]
युएई – अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्। आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर (आरए–२२९२) रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं नेपाली यात्रुहरु अलपत्र परेका हुन्। उनीहरु ५ घण्टा अघिनै एयरपोर्ट पुगेका थिए। होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने […]
१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार […]
धनगढी : कोरोना भाइरस(कोभिड –१९)को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक÷एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन्। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या […]
१ भदौ, वीरगञ्ज । बारामा दुई पक्षबीच झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको […]
१ भदौ, काठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्यो ? खासमा यो लोगो डिजाइन गर्ने व्यक्ति हुन्- ८७ वर्षे टेकवीर मुखिया । तर, उनले डिजाइन गरेको लोगो र अहिले वितरीत लोगोमा केही भिन्नता […]
धनगढी: विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकाया फेसबुक लाइभमा विक्षिप्त मनोदशामा देखिएकी छिन्। उनले अश्लील गालीगलौजसहित आपत्तिजनक कुराहरु बोलेकी छिन्। उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आफ्नो भँडास निकालेकी छन्। उनले एक व्यक्तिको नाम लिएरै धम्कीसमेत दिएकी छिन्। ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने रोकायाले खुलाएकी छैनन्। उनी […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डले मगलबारभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ । बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी भइरहेको छ। स्रोतले अन्तिम तयारी भइरहेको र मंगलबारभित्र नतिजा प्रकाशन गरिसक्ने जानकारी दिएकाे छ । बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि साहमतिका लागि […]
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा संवैधानिक नियुक्तिहरु बारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापति देउवासँग परामर्श गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार सभापति देउवाले भेटघाटको शुरुमै जरुरी महत्वका ३ बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जसअनुसार सिन्धुपाल्चोकको जुगल गापाको […]
१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले बोलाएपछि नेता रमेश लेखकलाई लिएर नेता देउवा बालुवाटार पुगेका हुन् । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी छन् । भेटवार्तामा संवैधानिक आयोग, विश्वविद्यालयलगायतमा नियुक्ति, कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्या […]
१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने […]
काठमाडौँ — सिन्धुपाल्चोकको जम्बुमा गत असार २५ गते गएको पहिरो निरीक्षण गर्न सबै दलका नेताहरू हेलिकप्टर लिएर गए । हेलिकप्टर लैजान सभामुख अग्निप्रसाद सापकोटा, वाग्मती प्रदेशमा मन्त्रीहरू, प्रदेशसभा सदस्य, सत्ता र प्रतिपक्षी दलका नेता एवं कार्यकर्ताबीच तँछाड–मछाड नै चल्यो । घाइतेलाई एउटै हेलिकप्टरमा राजधानी ल्याउन सकिने भए पनि नेताहरूको होडबाजीका कारण ६ जना घाइतेलाई उद्धार गर्न ५ […]
काठमाडौँ । उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिको दाबी प्रस्तुत गरेपछि नेपाली काँग्रेसमा नयाँ हलचल ल्याएको छ । पछिल्लो समय सर्वसम्मत नेतृत्व चयनको कसरतमा लागेका निधिले गत बिहीबार सभापति शेरबहादुर देउवासँग चौधौँ महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रस्ताव राखेका थिए । तर देउवाले एक पटक आफै सभापतिमा उठ्ने जवाफ दिएपछि अब निधिले के गर्लान् भन्ने काँग्रेसजनमा […]
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्ने बैठकमा पार्टीको विवाद सुल्झ्याउन गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यादेश दिने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता दिने र कार्यादेश दिइने छ । त्यस्तै पार्टी भित्रका अन्य […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको जनाएको छ । महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश ५ तथा कर्णाली प्रदेशका थोरै […]