होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रौतहट । रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी […]
लमजुङ । बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो । थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद […]
बझाङः आज मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको एक सय ४३ औं जन्मजयन्ती मनाईदै छ। जयपृथ्वी बहादुर सिहको सम्झना गर्दै उनको एक सय ४४ औँ जन्म जयन्ती मनाईन लागिएको हो। कोरोना महामारीका कारण औपचारिक कार्यक्रम गर्न नसकिएपनि सिहको सम्झना गर्दै जन्म जयन्ती मनाईरहेको बझाङको जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले बताईन्। दक्षिण एसियाकै तारा तथा दोस्रो गौतम बुद्धका […]
चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । […]
धनगढीः अछाममा बाढी पहिरोको स्थलगत निरिक्षणमा आएको गृहमन्त्री रामबहादुर थापा बादल सहितको जम्बो टोली धानबाली मासेर गएको भन्दै आलोचना हुन थालेको छ। गृहमन्त्री थापा सहित उद्योग मन्त्री लेखराज भट्ट, पूर्व उपप्रधानमन्त्री भीम रावल लगायतका नेताहरुले शोकमा डुबेको गाउँमा पुगेर धान बाली मासेर औपचारिक कार्यक्रम गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ। खेतबारीमा आयोजना गरिएको फोटो […]
धनगढीः सार्वजनिक खरिद ऐन अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १९ लाख ८९ हजारका आइसोलेसन बेड सहितका सामाग्री खरिद गरेको छ। विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितका लागि आवश्यक बेड सहितका उपकरण खरिदका लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४५ प्रयोग गरिएको छ। केन्द्रले उपलब्ध गराएको सूचनामा १९ लाख ८९ हजार दुई सय […]
७ भदौ, डोटी । अछामको रामारोशन गाउँपालिका–५ कैलाशखोलामा बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये शनिबार थप एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन–५ र ६ को बीचमा पर्ने झोलुङ्गे पुल नजिक अन्दाजी १८ वर्षका रमेश साउदको शव भेटिएको हो । अन्य १० शवको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय […]
७ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो । यसआधारमा हेर्दा एक घण्टामा २४६ र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ । जोन्स हापकिन्स विश्वविद्यालयका अनुसार विश्वभर […]
७ भदौ, वीरगञ्ज । पर्सा र बारामा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो । पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर […]
नागरिक रैबार बाजुरा ६ भदौ । यतिबेला बाजुरा जिल्लाका कतिपय ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरो आएर स्थानीयहरु निकै सास्ती भोगिरहेका छन् । कतिपय नागरिक बेघर भएका छन् भने कतिपयले आफन्त गुमाएका छन् । झरी र बर्षायामले निम्त्याएको जन स्तरको क्षेती र उत्तरी क्षेत्रमा खाद्य संकटको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी कृष्ण गैर र […]
धनगढी : बिहिवार साँझ धनगढी उप–महानगरपालिकाले सुरुमा २७ र त्यसपछि थप तीन गरी धनगढीका ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी पायो। संक्रमण पुष्टि भएका २७ जनाको धनगढी उप–महानगरपालिकाले नै स्वाब संकलन गरेको थियो भने बाँकी तीन जनाको स्वाब संकलन सेती प्रादेशिक अस्पतालमा भएको थियो। सेती प्रादेशिक अस्पतालमा स्वाब दिने अधिकासं स्थानीय नै हुन्छन्। संक्रमण पुष्टि […]
सहाना प्रधान २००७ सालमा नै नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनिसकेकी थिइन् । त्यसपछि उनी इमानदारीका साथ पार्टीको नीतिनिर्देशनमा समाहित भएकी थिइन् । उनी राष्ट्रको हितका लागि जुधारु भएर नै लागिपरेकी थिइन् । २००७ सालको क्रान्ति सफल भएपछि २००८ साल असार २ गते भारतका प्रधानमन्त्री पं. जवहारलाल नेहरू नेपाल आएका थिए । त्यसबेला नेपाल महिला सङ्घबाट […]
सुमन महतरा, गुल्मी: गुल्मीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खले घुम्तीमा ब्रेक फेल भई जिप अनियन्त्रित हुँदा चार जना घाइते भएका हुन् । शुक्रबार सदरमुकाम तम्घास देखि मालिका गाउँपालिका अर्जे जाँदै गरेको लु २ च २५७३ नम्बरको निज त्यस स्थानमा दुर्घटना हुँदा एक जनाको अवस्था गम्भीर रहेको छ […]
सरकारले शुक्रबारसम्म आरटी पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड बढी खर्च गरेको छ । शुक्रबारसम्म जम्मा ५ लाख ७९ हजार ८९९ टेस्ट भएकोमा त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एउटा पीसीआर टेस्टका लागि सरकारको ५ हजार ५०० […]
काठमाडौं- नेपालमा शुक्रबार थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५७९ जनाको पीसीआर परीक्षणमा २९२ महिला र ५४६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। याे सँगै […]
५ भदौ, काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने स्थानीय तहको संख्या ६९० पुगेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार ६३ स्थानीय तहको बजेट भने अझै सार्वजनिक भएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको एकीकृत विवरणअनुसार बजेट ल्याउन असफल स्थानीय सरकारमध्ये धेरैजसो प्रदेश नं २ मा छन् । यहाँ कुल १३६ स्थानीय […]
५ भदौ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नौ हजार भन्दा बढी विद्यार्थीको औसत ग्रेड प्वाइन्ट (जीपीए) ४ आएपछि विद्यालयको आन्तरिक मूल्यांकनको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । तर यसको अर्को पाटो पनि छ । राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार नतिजा सार्वजनिक गरेका ४ लाख ७२ हजार ७२ विद्यार्थी मध्ये हजारौं विद्यार्थीले कक्षा ११ मा […]
जेनेभा, स्वीजरल्याण्ड । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएका मानिसको संख्या दुई करोड २२ लाखभन्दा बढी भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको जानकारीअनुसार विश्वभरीको कूल सङ्क्रमित संख्या २ करोड २२ लाख ५६ हजार २२० पुगेको छ । तीमध्ये २ लाख ६३ हजार ६०१ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले […]
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको समस्या समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले शनिबारसम्ममा आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने भएको छ । तर अपेक्षाकृत पार्टीका तमाम समस्या सम्बोधन गर्नेभन्दा पनि झिनामसिना कुरालाई समेटेर कार्यदलले औपचारिकता पूरा गर्दै प्रतिवेदन बुझाउन लागेको स्रोतले बताएको छ । ‘शुक्रबार बेलुकासम्म सम्भव भए शुक्रबारै र नभए भोलिसम्ममा प्रतिवेदन […]
धनगढी : एउटै अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। अछामको बयालपाटा अस्पतालका १९ जनालाई कोरोना भाईरसको संक्रमण देखिएको हो। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी कर्मचारीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए। बयालपाटा अस्पतालको विभिन्न बिभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ। ५ जना भने […]