होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२२ भदौ, काठमाडौं । २०७५ फागुन २ गते एकान्तकुनामा सरकारले ‘पानीजहाज कार्यालय’ स्थापना गर्यो । कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस्, टिकट पाइन्छ ।’ तर, कार्यालय खुलेको डेढ वर्षसम्म कानून बनाउने र जलमार्गको अध्ययनका लागि परामर्शदाता छान्ने प्रक्रियासमेत सकिएको […]
२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको […]
२२ भदौ, सप्तरी । नेपाल-भारत सीमा क्षेत्रमा भारतीय नागरिकको समूहले कुटपिट गर्दा एकजना नेपाली नागरिकको मृत्यु भएको छ । भारतीय नागरिकले गत भदौ ६ गते कुटपिट गर्दा सप्तरीको डाक्नेश्री नगरपालिका वडानम्बर ६ औरही निवासी रामदेव यादव घाइते भएका थिए । ६५ वर्षीय यादवको उपचारको क्रममा आइतबार राति बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको […]
बाग्लुङ ।बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् । बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स्थित बढीगाड खोलामा फेला परेको […]
महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधि (अनलाइन) बाट लिने तयारी गरेको छ । स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी भइरहेको विश्वविद्यायलयका उपकुलपति प्रा डा अम्मराज जोशीले जानकारी दिए । उनका अनुसार यसअघि स्थगित भएका परीक्षाहरू आगामी असोज १२ गतेदेखि सञ्चालन हुने तयारी छ । […]
२२ भदौ, काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट […]
काठमाडौं । ‘आजको दिनले राष्ट्रको सेवामा निरन्तर निष्ठापूर्वक लाग्न सबै राष्ट्रसेवकलाई प्रेरणा देओस् ! कोभिड १९ को माहामारीमा अग्रपंक्तिमा बसेर सेवा दिने सबैमा नमन !’ पूर्व मुख्यसचिव लीलामणि पौडेलले सोमबार आफ्नो ट्वीटरमा लेखेका वाक्य हुन् यी । निजामती सेवा दिवस २०७७ को अवसरमा सम्पूर्ण निजामती राष्ट्रसेवकहरूमा शुभकामना व्यक्त गर्दै उनले पुरस्कृत सबैलाई बधाइ पनि दिए […]
कैलाली ।कर्णाली प्रदेशको डोल्पा जिल्लाका महिलाहरु लोप हुन थालेको रैथाने बाली संरक्षण गर्न जुटेका छन् । जिल्लाको मुङ केचुला गाउँपालिका ७ सर्मिगाउँका महिलाहरु लोप हुन थालेको चिनो, फापर, कागुनो जस्ता रैथाने बालीको संरक्षण गर्न लागि परेका हुन् । उनीहरुले २० रोपनी जमिनमा चिनो, १० रोपनीमा फापर र १० रोपनीमा कागुनो खेती सुरु गरेका छन् । साथै […]
धनगढी– आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ। ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो। सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गरी दिवस मनाउन निर्देशन दिएको छ। यस्तै १७ औं निजामती सेवा दिवसरको अवसरमा […]
धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाईरसको सङ्क्रमण बढ्दै गएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा ४० जना प्रहरीमा संक्रमण पुष्टि भएको छ। कार्यालयका निमित्त प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले संक्रमण पुष्टि भएका ४० जना मध्ये २२ जनाले कोरोना जितेको र बाँकी १८ जनाको उपचार […]
काठमाडौं । नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको दुई दिने बैठकले ९ वटा निर्णय गरेको छ । भदौ २० र २१ गते भएको काँग्रेस प्रचार विभागको प्रथम भर्चुअल बैठक न्यूनतम योजना र दीर्घकालीन उपयोगिता सम्बन्धी ९ वटा निर्णय लिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख रहेको प्रचार विभागले ६ वटा उपसमितिको संयोजक तोकेको […]
फ्रान्समा एक व्यक्तिले झिंगा मार्ने कोसिस गरे तर यो चक्करमा उनको घरको ठूलै भाग जलेको छ । फ्रान्सको दोर्दोनमा बस्ने करिब ८० वर्षका एक वृद्ध रातीको खाना खान बसेका थिए तर एउटा झिंगा भन्किँदा उनलाई रिस उठ्न थाल्यो । उनले किरा–फट्याङ्ग्रा मार्न काम लाग्ने इलेक्ट्रोनिक र्याकेट उठाए र झिङ्गा मार्ने कोसिस गरे । तर त्यतिबेला […]
आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ। ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो। कोभिड– १९ जोखिमका कारण सरकारले यसपटक कुनै औपचारिक कार्यक्रम राखिएको छैन। सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग […]
२२ भदौ, काठमाडौं । अहिले देशमा रोजगारीको चरम संकट छ । देशका विभिन्न क्षेत्रमा कोरोना नियन्त्रण र रोकथामका लागि गरिएका निषेधाज्ञा र लकडाउनले आर्थिक गतिविधि ठप्प छन् । अनौपचारिक क्षेत्रमा मात्र हैन,औपपचारिक क्षेत्रमा काम गरिरहेका धेरै कामदारहरु पनि फुर्सदिला भएका छन् । महामारीका बेला रातारात भारतबाट आएका कामदार अहिले फेरि मुग्लान नै भासिँदै छन् । […]
२२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए […]
बझाङः बझाङमा बाघको छाला र हड्डी सहित दाजुभाई पक्राउ परेका छन्। गएराती जिल्लाको बुङ्गल नगरपालिकाबाट दुईवटा बाघको छाला र ९ किलो हड्डी सहित दाजुभाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक नेत्रबहादुर बोहराले बुङल नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय हरजित बोहोरा र उनका सहोदर भाई २३ वर्षीय सुरेन्द्र बोहोरालाई […]
२२ भदौ, काठमाडौं । नाम बदलेर काठमाडौंमा उपचार गराइरहेका विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । सिन्धुलीमा शिक्षकको अपहरणपछि फरार विप्लव समूहका जिल्ला समिति सदस्य राजीव सुनुवार छद्म नाममा काठमाडौंमा उपचार गराइरहेका बेला पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको प्राविधिक सहयोगमा उनलाई प्रहरीले अर्थोपेडिक अस्पताल, जोरपाटीबाट पक्राउ गरेको हो । अस्पतालमा उनी […]
काठमाण्डाै । महत्वपूर्ण मन्त्रालयहरू खाली रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। अर्थ, सञ्चार, सहरी विकासजस्ता मन्त्रालय मन्त्रीविहीन भएपछि ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक राखेर मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। राष्ट्रियसभामा पार्टी उपाध्यक्ष वामदेव गौतमको मनोनयनसँगै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी रहेको स्रोतले जनाएको छ। स्थायी कमिटीको बैठक […]
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णयविरुद्ध शनिबार रणनीति बैठक बेलाएको छ । शनिबार दिउँसो २ बजे पौडेल समूहले आफूनिकट केन्द्रीय सदस्यको भर्चुअल बैठक बोलाएको नेता अर्जुनरसिंह केसीले रातोपाटीलाई जानकारी दिए । विभाग गठन, क्रियाशील सदस्यता वितरण र तेस्रो भ्रातृ संस्थाको कार्यकाल थपलगायतका विषयमा दबाब दिन छलफल केन्द्रित हुने […]
२० भदौ, कैलाली । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत उनी राति १२ बजेपछि ड्युटीमा खटिएका थिए । […]