होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३२ साउन, काठमाडौं । कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनका लागि ३ सय २६ वटा टावर निर्माण गरिएको छ । प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण […]
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारले १ हजार १८० अर्बभन्दा बढी खर्च गरेको जनाएको छ । महालेखा नियन्त्रक कार्यालयबाट २०७८ साउन १ मा प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको कुल खर्च रु. १,१८० अर्ब ९५ करोड भएको राष्ट्र बैंकले जनाएको हो । शुक्रबार सार्वजनिक मौद्रिक नीतिको सरकारी खर्च, राजस्व […]
काठमाडौं । कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि अपनाइएको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । मौद्रिक नीतिले निषेधाज्ञा अवधिका २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने इएमआई/इक्यूआई वा साँवा ब्याज भुक्तानी […]
सार्वजनिक हुन अघि नै मौद्रिक नीति सञ्चारमाध्यममा ‘लिक’ भएपछि अर्थ मन्त्रालयमा हङ्गामा भएको छ । सञ्चारमाध्यममा मौद्रिक नीति प्रकाशित भएसँगै अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर जानकारी माग गरेका हुन् । जवाफमा गभर्नर अधिकारीले यसबारेमा बुझेर खबर गर्ने बताएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्री शर्माले यसबारे अर्थ सचिवसँग पनि […]
काठमाडौँ – रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै प्रष्टीकरण नदिने बताएका थिए । प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा […]
धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेरुजु झण्डै ७२ लाख पुगेको छ। कार्यालयले मनलाग्दी रुपमा खर्च गर्न थालेपछि मन्त्रिपरिषद् कार्यालयको बेरुजु ७१ लाख ७७ हजार २ सय ९२ पुगेको हो। असुल उपर गर्नुपर्ने बेरुजु र पेश्की गरी मन्त्रिपरिषद् कार्यालयको बेरुजु करोड नजिक पुग्दा पनि अझै फछ्यौट हुन सकेको छैन। आर्थिक वर्ष २०७७/७८ का लागि […]
काठमाडौं । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरे । २०७७ भदौमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङ फेरि प्राधिकरणमा फर्किएका […]
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने […]
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य राखिएको छ। मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ। शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा […]
काठमाडौं, २६ साउन । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ । उनी अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ । मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर […]
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो रूप लिन पुगेको तर सो अनुसार उपलब्धि नदेखिएको यर्थाथ तथ्याङ्क प्रस्तुत गरेका छन् । मंगलबार प्रतिनिधि सभा मार्फत मुलुकको वर्तमान आर्थिक अवस्थाको जानकारी श्वेतपत्र जारी गर्दै यस्तो बताएका हुन् । श्वेतपत्र मार्फत अर्थमन्त्री शर्माले गएको ३ वर्षमा करिब २५० अर्बले नै […]
२६ साउन, काठमाडौं । नेपालमा एक वर्षको अवधिमा करिब ३४ सय मानिस कामदार भिसा लिएर नेपाल आएका छन् । नेपालबाट भने विभिन्न अवसरको खोजीमा ३ लाख भन्दा बढी नेपाली विदेशीएका छन् । अध्यागमन विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को १२ महिनाको अवधिमा उक्त संख्यामा विदेशीहरु कामदार भिसा लिएर नेपाल आएका हुन् । विभागका अनुसार अध्यागमन […]
काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्थाको यथार्थ चित्र देखिने गरी सरकारले श्वेतपत्र ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार व्यवस्थापिका संसदमा देशको आर्थिक अवस्थाको बारेमा जानकारी गराउन लागेको संसद सचिवालय स्रोतले जनएको छ । उनले मन्त्री नियुक्त भएलगत्तैको पत्रकार सम्मेलनमा श्वेतपत्र ल्याउने घोषणा गरेका थिए । देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ […]
नागरिक रैबार । बाजुरा २६ साउन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रतिनिधिमुलक प्रहरीहरु बजारमा भेटे जतिका सर्वसाधारणहरुलाई तपाईको मास्क खोई भन्दै नभएकाहरुलाई मास्क लगाउन सुझाउँदै उनीहरुलाई मास्क वितरण गर्दै हिडिरहेको छ । “नेपाल मास्क अभियान” साप्ताहिक कार्यक्रम अन्तर्गत कोभिड-१९ को संक्रमणबाट उत्पन्न हुन सक्ने जोखिम न्युनिकरणको लागि जिल्ला बाजुरा बडीमालिका नगरपालिका वडा नं. ८ र […]
कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश भएपनि निर्णय भने हुन सकेन ।उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् । ‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया अझै पुरा गर्नुपर्ने देखियो । त्यसैले सोमबारको बैठकले निर्णय गर्न सकेन’, […]
२५ साउन, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् । मन्त्रिपरिषद्को बैठक सोमबार ४ बजे बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा यो छैन । तर मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा […]
नागरिक रैबार बाजुरा २४ साउन । कृषि ज्ञान केन्द्र बाजुराले स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ बाहुनी गाउँमा उत्पादित प्याज खच्चडमार्फत ढुवानी गराई बाजुरा जिल्लाको सदरमुकाम मार्तडी लगाएतका स्थानीय बजारहरुमा पुगाईएको छ । बाउँनी गाउँका ४० भन्दबढी स्थानीयले खेतमा उत्पादन गरेको प्याजलाई कृषि ज्ञान केन्द्र बाजुरा र स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखाको ढुवानी अनुदान […]
२२ साउन, गुल्मी । बाँसको तामा बिक्न थालेपछि गुल्मीका किसानहरुमा उत्साह थपिएको छ । अहिले गुल्मी जिल्लाका विभिन्न स्थानमा किसानहरुले बाँसको तामा बेचेरै दैनिक उपभोग्य लगायतका वस्तुहरुको गुजारा चलाउने गरेका छन् । बारीका छेउछाउमा लगाइएका बाँसहरुमा अरु कुनै मेहेनत गर्नु पर्दैन । साउन महिना लागेसँगै बाँसका झाडीमा तामा टुसाउन शुरु हुन्छ । यो क्रम भदौको […]
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको नेतृत्व सम्हाल्दै गर्दा आफ्ना पाँच प्राथमिकता सुनाएका थिए, जसमा विद्युतीकरण पनि एक थियो । तर करिब साढे तीन वर्षको अवधिसम्म पनि कर्णाली प्रदेशमा विद्युत विस्तारको अवस्था दयनीय छ । प्रदेश सरकारले न विद्युत विस्तारमा ध्यान दिन सकेको छ, न त विद्युत उत्पादनतर्फ नै । कर्णाली प्रदेशमा झण्डै १७ […]
१९ साउन, काठमाडौं । आर्थिक वर्ष ०७७/०७८ मा १ लाख ७ हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण पुरा गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बाषिर्क समीक्षा गोष्ठीमा सार्वजनिक तथ्यांकअनुसार यो आवमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् । ४१ हजार ७३८ हजारले भने अनुदान सम्झौता गरेका छन् । ४७ हजार ३८४ ले […]