होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दाङमा आठ जुवाडे पक्राउ परेका छन् । शुक्रबार पक्राउ गरिएका उनीहरुलाई शनिवार प्रहरीले सार्वजनिक गरेको हो । शुक्रवार दिउँसो प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुल्सीपुर–६ रजौरा टोलको एक खाली घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट झण्डै दुई लाख नगद समेत बरामद गरिएको जनाएको छ । पक्राउ […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। कार्तिक २ गते बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले जगन्नाथ गाउँपालिकाकाे कार्यालय बगाउँदा साढे ४ कराेडकाे क्षति भएकाे छ । बेमौसमी बर्षासँगै जुड्डी खाेलामा आएकाे बाढीले गाउँपालिकाकाे भाैतिक संरचनासंगै कार्यालयका सामाग्री सहित साढे ४ कराेडकाे क्षति भएकाे गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् । बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले […]
कात्तिक १२ पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका छन् । पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न […]
प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ। यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार ६ सय ८३ रुपैयाँ पर्न […]
अरुण गाउँले/बाजुरा ७ कार्तिक। बुढीगंगा नगरपालिका साविकको बाह्रविसमा स्थापित सुर्योदय बहुउद्देश्यीय सहकारीको भवन निर्माणमा लागेका कामदारले २ वर्ष वित्न लाग्दा समेत ज्याला नपाएको बताएका छन् । २०७६ सालमा सहकारीको भवन निर्माण कार्य गरिसक्दा समेत सहकारीले अहिलेसम्म भवन निर्माणमा खटिएका २० जना कामदारको ज्याला नदिएको कामदार खड्क विष्टले गुनासो गरेका छन् । सहकारीको भवन निर्माणको जिम्मा […]
काठमाडौँ — बेमौसमी वर्षापछि आएको बाढी र हुरीले १६ जिल्लामा मात्रै ७ अर्ब २२ करोड रुपैयाँ बराबरको दुई लाख ५८ हजार ९२ टन धानमा क्षति पुर्याएको छ । लुम्बिनीका १०, प्रदेश १ का तीन र सुदूरपश्चिमका दुई जिल्लाबाट उक्त परिमाणमा धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक विवरण छ । धान उत्पादन हुने मुख्य पकेट […]
काठमाडौं १ कात्तिक । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा […]
नागरिक रैबार/बाजुरा १ कात्तिक । बाजुरामा आईतबार साँझबाट परेको अविरल बर्षाका कारण पाकेको धानवाली नष्ट पारेको छ । खेतमा पाकेको धान भित्र्याउने बेला परेको अविरल वर्षाका कारण धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढालेको छ । पाकेको धान भित्र्याउने समयमा पानीले क्षति पुर्याइ दिएपछि दैनिक […]
काठमाडौँ — सरकारले यसपटकको दसैंमा पाँच लाख गरिब परिवारलाई राहत दिने घोषणा गरेको थियो । तर, अहिलेसम्म राहत रकम वितरण भएको छैन । सरकारले गरिबलाई राहत दिने आशा देखाएर निराश पारेको छ । सरकारी घोषणापछि राहतको रकमले दसैं मनाउने योजना बनाएका गरिब परिवार राहत नपाएपछि निराश बने । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारको अध्यादेश बजेटमा […]
अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् । लघु वित्त संस्थाहरुले १० देखि १५ प्रतिशतसम्म व्याजदरमा ऋण लगानी गर्दै आएका छन् । आइतवार माइक्रो फाइनान्स एशोसिएशन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री शर्माले गाँउ गाउँसम्म पहुँच रहेका लघु वित्त संस्थाहरुले व्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने धारणा राखे […]
सरकारले फलामे छडमा लाग्दै आएको अन्तःशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सङ्घमा आवद्ध उद्योगलाई प्रतिकिलो रु चार मूल्य घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तःशुल्कमा […]
काठमाडौं : सरकारले असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लागू हुनेगरी सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय हो। सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। हेर्नुस कुन ठाउँको भाडा कति लाग्छ ? https://drive.google.com/file/d/16guAmwULvdeUL0rXXPtHjvIUHK0DEehU/view
काठमाडौं । राष्ट्रियसभामा विनियोजन विधेयक (बजेट) पेश भएको छ । सोमबार प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक मंगलबार राष्ट्रियसभामा पेश भएको हो । एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अब राष्ट्रियसभा सदस्यले ७२ घण्टाभित्र विनियोजन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्नेछन् । र, सांसदहरुको संशोधनसहित मन्त्रालयत रुपमा छलफल […]
भोलि (असोज ४) गतेदेखि दसैं/तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयबाट नयाँ नोट […]
इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने भएको छन् । सेवा प्रदायकहरुले सहरी क्षेत्रमा १५० र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँसम्म इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएपछि इन्टरनेटको मूल्य बढाउनु परेको इन्टरनेट सेवा प्रदायक संघले जानकारी दिएको छ । विद्युत प्राधिकरणले पोल भाडा बृद्धि गर्ने भएपछि इन्टरनेट प्याकेजको मूल्य वद्धि […]
नेपालमा सुर्ती नियन्त्रण गर्न उद्योगी/व्यापारी बाधक रहेको पाइएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको ‘सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप’ विषयमा गरेको अध्ययन नतिजाले यस्तो देखाएको हो । सुर्ती उद्योगीको निरन्तर हस्तक्षेपका कारण सुर्ती नियन्त्रण फितलो भइ जनताले स्वास्थ्य अधिकार उपभोग गर्न पाएका छैनन् । साथै, नेपाल सरकारले सुर्तीमाथि लगाइरहेको कर दक्षिण एसियामै […]
काठमाडौँ — सरकार र प्रतिपक्षबीच संसद्मा देखिएको राजनीतिक असमझदारीका कारण आर्थिक सटडाउनको अवस्था आएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरेपछि विनियोजन विधेयक पारित हुन नसक्दा आर्थिक सटडाउनको अवस्था आएको हो । संसद्मा शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका बेला सांसद नरबहादुर धामीलाई उचालेर रोस्ट्रमतर्फ अघि बढाउन खोज्दै प्रमुख प्रतिपक्ष एमालेका […]
यसपालिको दसैँ,तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने करिब पक्कापक्की भएको छ । यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो । यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला […]
काठमाडौँ — सरकारले बजेट लगायतका अध्यादेश प्रतिनिधिसभामा पेस गरेको बुधबार ६० दिन पुग्दै छ । संविधानअनुसार संसद्मा पेस भएको ६० दिनभित्र अध्यादेशको प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ । तर ती अध्यादेशको टुंगो लाग्नुअघि नै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगन गरिएको छ । ‘संसद्मा अध्यादेश पेस भएको ६० दिनमा प्रतिस्थापन विधेयक नआएपछि अब स्वतः निष्क्रिय हुने अवस्था आयो,’ […]
काठमाडौं । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले आज मध्यरातबाट केही दिन सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट निष्कृय भएको र नयाँ सरकारले नयाँ बजेट पनि ल्याउन नसकेपछि ढुकुटीबाट खर्च रोकिंदा केही सेवा प्रवाह प्रभावित हुनेछन् । सरकारी ढुकुटीबाट खर्च गर्न रोकिने […]