होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपालमा तेल मालिस गर्ने चलन ‘यो पुरानो काम हो, तेलले छाला खराब गर्छ, मालिस गर्नु हुँदैन’ भनेर बिस्तारै छाडिँदै गएको छ, जबकि स्वास्थ्यका लागि यो अति लाभदायक अभ्यास हो । तेल लगाउने कि नलगाउने भन्नेबारे बहस गरिरहेको हाम्रो समाजले बिर्सिनु हुन्न, जाडो याममा बालबालिका मात्र होइन, वयस्क व्यक्तिहरूले पनि घाममा राखेर तेल मालिस गर्नु–गराउनु तिनको शारीरिक […]
शब्द, मेलोडी र स्वरको संयोजन नै गीत हो । गीत मार्फत कथा भन्ने, भावना व्यक्त गर्ने, विशेष मान्यता वा विचारलाई व्यक्त गर्ने गरिन्छ । श्रोता रिझाउने उद्देश्य बोकेका हाम्रा गीतहरूमा महिलाद्वेषी सन्देश प्रशस्त पाइन्छ । पुरुषसत्ताको भाका गाउने त्यस्ता गीतहरूले महिलाको भावनामाथि हदैसम्मको मजाक गरेका छन् । ‘गीतमा त रमाउने हो, त्यत्ति सिरियस्ली नलिऔं’ भन्ने […]
दयामराम पण्डित।यति बेला नेपाली कांग्रेसलाई जीवन्त राख्न १४ औं महाधिवेशनको महासंग्राम चलिरहेको छ । २०७२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय नेतृत्वको पदावधि सकिएको डेढ वर्ष पुुग्यो । कांग्रेस विधानतः नेतृत्वलाई विधिवत् चार वर्ष, विषम परिस्थितिमा थप एक वर्ष, त्यसपछि अन्तिममा ६ महिना कार्य अवधि थप गर्न सक्ने कानुनी प्रावधान देखिन्छ । त्यो पनि कांग्रेसले […]
पानी नखाई व्रत बस्दा श्रीमानको आयु बढ्छ भने मैले खाना खाँदा मेरो श्रीमान् अघाउनुपर्ने होइन ? यो तीज पर्वले सीधा सीधा भन्न खोजेको कुरा यही होइन ? तिमी पानी नखाऊ अनि श्रीमान्को लामो आयुको कामना गर । यदि यो सत्य हो भने तिमी टन्न खाना खाऊ, तिम्रो श्रीमान् अघाउँछन् भन्न सक्ने हिम्मत के यो समाजसँग […]
मेरो पेशा न राजनीति हो,नत राजनीतिक शास्त्रको विद्यार्थि तर पनि राजनीतिक संग जोडिएका बिषयमा कहिलेकाँही कलम चलाउन मन लाग्छ।मिति २०७८ भाद्र २१ गते बाजुरामा नेकपा एकिकृत समाजवादी पार्टीले जिल्ला कमिटी गठन देखि विभिन्न स्थानीय तहका इन्चार्ज र बिभागको जिम्मेवारी योग्यता,क्षमता र पार्टीमा योगदान गरेका व्यक्तिहरुलाईदिएको जानकारी २०७८ भाद्र २२ गते पत्रकार संम्मेलन मार्फत प्रबक्ता प्रेम […]
नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बाजुराले आफ्नो तयारीलाई पनि तिव्रताका साथ अगाडी बढाएको छ । गाउँटोल, पालिका, प्रदेश (क) र (ख) सहित जिल्लामा नेतृत्व चयनका लागि नेताहरु चुनावी रणनीति बनाएर अगाडी बढेका छन् । यससँगै जिल्ला सभापतिका लागि आकांक्षीहरु आफ्नो टिम निर्माण एवं विस्तारको आन्तरिक तयारीमा जुटेका छन् । बाजुरा […]
‘बा’को आँगनले चर्को सन्देश दियो– दोस्रो पुस्ताले पहिलो पुस्तासँग जोरी नखोज, दिएको खाऊ र अरनखटनमा बस समाजवाद भनेर नथाक्ने, जेलाई पनि समाजवादसँग गाँसेर विश्लेषण गरेको भान पार्न सक्ने ओलीसँग असहमत भनिएको दोस्रो पुस्ताले ओलीकै आँगनमा सहमति गरे । ओली समाजवादी भएर सहमति भयो कि बेजोड सैद्धान्तिक भनिएको दोस्रो पुस्ता ओलीकरण भयो, भविष्यमा खुल्नुपर्ने केही छैन […]
नेपालमा ३० वर्ष लामो पञ्चायत ढलेको थियो। २०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र २०४६ मा बहाली भएको थियो। तत्कालीन एमालेको आंशिक असहमतिका बिच पनि दलहरूको सहमतिमा २०४७ मा राजाले नेपाल अधिराज्यको संविधान जारी गरेका थिए। २०४६ सालको आन्दोलन राजनीतिक क्रान्ति त थिएन। तर, वाक् स्वतन्त्रता र बुर्जुवा प्रजातान्त्रिक अधिकारका दृष्टिले त्यो महत्वपूर्ण परिवर्तन थियो। यसले […]
एकदिन फेसबुकको न्युजफिड स्क्रोल गर्दै थिएँ, मेसेन्जरमा एउटा मेसेज खस्यो– टिङ। चिनजान भएको धेरै नभए पनि उनको विचार र बुझाइबाट म प्रभावित छु। उनैबाट आएको मेसेज रहेछ; कौतुहलसहित हेरेँ। स्क्रिन सट रहेछ। आँखा टक्क रोकेर पढेँ। त्यो प्रतिक्रिया लेख्नेप्रति थोरै सहानुभूति पनि पलायो। सोचेँ– एउटी महिलाले आफ्नो अस्तित्वप्रति फराकिलो बुझाइ राखेर बाँचेको जीवनले मात्रै पनि […]
यात्राको म पूर्ण सौखिन मान्छे हुँ। चिकित्सा पेसाका कारण रोजेरै विकट जिल्ला बाजुरा आएको १० महिना भयो। धेरथोर घुमेकै छु कलाकारजस्तै भएर नियतिले निर्देशित यो जिन्दगीमा। बडीमालिकाको बारेमा धेरै सुनियो,नजिकै भए पनि माथि बस्ने व्यवस्थापन नहुने, सिजन नमिल्ने र टिमको जरूरत पर्ने हुनाले घुम्न जाने मिति थाति राख्दै गएँ।काठमाडौंबाट कामको शिलशिलाले रिसर्चको टिम कोल्टीमा आएपछि […]
नेपालका प्रसिद्ध लोकतान्त्रिक समाजवादी नेता बीपी कोइरालाको नेपाली कंग्रेस पार्टी फेरि सत्तामा छ । सरकारको गठबन्धन दलहरू समाजवादको पक्षमा छन् । नेपालका चरम दक्षिणपन्थीदेखि चरम वामपन्थी कम्युनिस्ट राजनीतिक दलहरू समाजवादको वकालत त गर्छन् तर, उनीहरूमा उपयुक्त शब्दावली, उपकरण, प्रक्रिया र तालमेलको अभाव देखिन्छ । लोककल्याणकारी नीति, प्रणाली र राजनैतिक दृढसंकल्पको समेत अभाव देखिएको छ । […]
तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो । पूर्वमालेको […]
चन्द्रकिशाेर । विचार । भारतीय कवि सर्वेश्वरदयाल सक्सेनाको एउटा प्रसिद्ध कविता छ— देश कागजमा कोरिएको नक्सा होइन । त्यसमा कविले भनेका छन्, ‘यदि तुम्हारे घर के/एक कमरे में आग लगी हो/तो क्या तुम/दूसरे कमरे में सो सकते हो ?/यदि तुम्हारे घर के एक कमरे में/लाशें सड रहीं हों/तो क्या तुम/दूसरे कमरे में प्रार्थना कर सकते हो ?/यदि हाँ/तो […]
मलाई धमिलो गरी याद छ, म स्कुल जान्न भनेर वा आमासँग जिद्दी गर्दा मलाई मेरा बाले एक मोहोर (पचास पैसा) दिएर स्कुल पठाएको दिन । त्यो दिन मैले त्यो एक मोहोरले एक प्लेट चना र २० वटा पिपलगेडी किनेको । आज मेरो छोरी त्यही उमेरमा छन् तर जिद्दी उस्तै छ तर चाहना फरक भएका छन् […]
सरकारले नागरिकलाई सेवा-सुविधा प्रवाहका लागि हजारौं सरकारी कार्यालय स्थापना गरेको छ । संघीयताको अभ्याससँगै सेवा–सुविधा जनताको घरदैलोसम्म पुर्याउन प्रयास गरिएको छ । सरकारी कार्यालयहरूमा दिनहुँ लाखौं सर्वसाधारण आफ्नो काम लिएर जान्छन् । सिधासाधा जनता आफ्नो काम लिएर सरकारी कार्यालय जाँदा उनीहरूले भोग्नुपर्ने झन्झटको सूची लामै हुन्छ । एकपटक प्रश्न गरौं त-सर्वसाधारण नागरिकलाई अधिकांश कर्मचारीले गर्ने […]
नागरिक समाज हाम्रो देशमा कमजोर नै छ । कुनै पनि लोकतन्त्रमा पाँचवटा इलिमेन्ट हुन्छ । पहिलो, सरकार नै हो । दोस्रो, प्रतिपक्ष भयो । हाम्रो देशमा सरकार पनि, प्रतिपक्ष पनि सक्षम भएन । तेस्रो, अदालत हो । अदालत पनि कहिल्यै पनि निष्पक्ष वा राजनीतिको प्रभावभन्दा बाहिर पुग्न सकेन । चौथो तत्व मिडिया हो । मिडियाले […]
रमेश सुनाम । विचार । सर्वोच्च अदालतले हालै आरक्षणसम्बन्धी एउटा गम्भीर फैसला गरेको छ । चिकित्सा शिक्षाको स्नातकोत्तर एमडी तह प्रवेशमा आरक्षणको माग गरी विनय पञ्जियारले दिएको रिट निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईले गरेको फैसला विवादित बनेको छ । खासगरी, वर्चस्वशाली समुदायका व्यक्तिले यो फैसलालाई ल्यान्डमार्क करार गरेका छन् भने सीमान्तकृत […]
आहुती । विचार । विनयकुमार पन्जियारले चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा अध्ययनका निम्ति आफूले आरक्षण पाउनुपर्ने दाबीका साथ गरेको रिटलाई खारेज गरेको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ गएको हप्ता मात्र सार्वजनिक भयो । त्यस फैसलाले सारमा नेपाली समाजमा आवश्यक समावेशिताको मूल मर्मलाई नै क्षतविक्षत बनाउन खोजेको छ । नेपालमा समावेशिताका सन्दर्भमा चलिरहेको बहस र आन्दोलनको मूल मर्ममाथि प्रहार गर्ने […]
हाम्रो समाजमा विवाहलाई निकै पवित्र मानिन्छ। म पनि मान्छु। मान्नुपर्छ पनि। तर आज म विवाह पश्चात छोरी मान्छेको जीवनमा आउने फरकपनमा प्रकाश पार्न चाहन्छु। मैले धेरै विवाह समारोहमा उपस्थित भएर त्यो खुसीको भागिदार मात्र नभएर त्यसलाई सामाजिक मान्यता पनि दिएको छु। तर म त्यो परिस्थितिमा आफूलाई स्वीकार नभएको कुरा राख्न भने सकिनँ। ‘समाजले कोरेको रुपरेखा […]
दिनेश वाग्ले । विचार । साउन ८ गते शुक्रबार मलाई नेपालमा संघीयता साँच्चिकै लागू भैसक्या हो कि भन्ने भयो । त्यो दिन वाग्मती प्रदेशका सवारी साधनसम्बन्धी अनलाइन सूचना व्यवस्थापन प्रणाली सुरु भयो । मुख्यमन्त्रीले माउस थिचेर उद्घाटन गर्नुअगावै मैले https://tmis.bagamati.gov.np मा गएर एक मिनेटमै सवारी कर तिरें । जरिवानासहित ९० हजार चानचुन तिरेपछि मैले अन्तिम पटक एकान्तकुनास्थित यातायात […]