होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का दुई जना केन्द्रीय सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेका छन् । पार्टीमा स्वच्छाचारिता बढेको, एकलौटी ढंगबाट संचालन भएको, नीति, नियम र नेतृत्व प्रष्ट नभएको र पार्टीको संगठनात्मक संरचना अनुसार चल्नुपर्नेमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको, जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरू चंगुलमा पार्टी डुब्दै गएको […]
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतामाथि गरेको कारबाही निर्णयको भर्त्सना गर्दै खारेज गरेका छन् । शुक्रबार राति अबेर एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल समेत गरेका छन् । ‘हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको […]
नागरिक रैबार बाजुरा ३२ असार । स्थानिय तहमा नयाँ जनप्रतिनिधि चुनिय संग कर्मचारीमा हेरफेर हुने संकेत देखिएको छ । जिल्लाका स्थानिय तहमा सत्ता परिर्वतन भए संगै अघिल्ला सरकारले करारमा नियुक्त गरेका कर्मचारी हेरफेर गर्ने संकेत देखिएको हो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले आज एक सूचना जारी गर्दै करार सम्झौता थप गरिएको पत्र प्राप्त कर्मचारीलाई मात्रै […]
वीरगञ्ज । शुक्रबार डाकिएको गाउँ सभा स्थगित भइसकेपछि पनि पर्साको कालिकामाई गाउँपालिकामा झडप भएको छ । शुक्रबार दिउँसो नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेल सहित ५ जना घाइते भएका छन् । घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । वडा […]
भारत भ्रमणको क्रममा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो प्रचण्ड भारत प्रस्थान गरेका थिए । आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन् । प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री […]
झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको छ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी हुन् । ९३ सांसदले मत […]
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए ।उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस […]
काठमाडौं । उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो । भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार […]
नागरिक रैबार बाजुरा ३१ असार । नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे सचिवालय बैठक मार्तडीमा बसिरहेकाे छ । स्थानीय तह निर्वाचन पछि पहिलाेपटक बसेकाे एमालेकाे सचिवालय बैठकमा निर्वाचनकाे समीक्षा लगाएत जिल्ला समन्वय समितिकाे पदाधिकारीमा कसलाई बनाउने भन्ने विषयमा समेत छलफल गरिने भएकाे छ । एमाले जिल्ला कमिटी अध्यक्ष कालिबहादुर शाहीकाे अध्यक्षतामा बसेकाे पार्टीकाे सचिवालय बैठकमा एमालेका […]
मकवानपुर — वाग्मती प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख ११ हजार रुपैयाँको राहत सामग्री वितरण गर्न करिब २८ लाख रुपैयाँ हेलिकोप्टर भाडा तिरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिन्धुपाल्चोकको लिदीमा ०७७ साउन २६ गतेको पहिरो प्रभावित परिवारलाई दाल, चामल, स्वास्थ्य सामग्रीलगायत राहत वितरण गर्न १२ पटक नेपाली […]
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिमा बिग्रिएको मेन स्विच अफ गर्न सजिलो नभएको बताएका छन्। बिहीबार झापाको बिर्तामोडमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्। ‘बिग्रिएको राजनीतिको मेन स्विच अफ गर्न सजिलो छैन,’ लामिछानेले भने, ‘त्यसलाई रोक्न खोज्दा बाधा अवरोध आउनेछन्, यसपटकको निर्वाचनमा राजनीतिक दललाई सुध्रने मौका दिने जिम्मा हाम्रो काँधमा […]
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । त्यसैले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ । गठबन्धनबाट काँग्रेसकी पुष्पा भुसाल र एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुखको उम्मेदवार भट्टराई भएको जानकारी दिए । […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ । अध्यक्ष प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएको छ । देशको सामाजिक, राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मूल्यबृद्धि […]
काठमाडौं, २८ असार । सरकारले ४ मंसिरमा चुनाव गर्ने भएको छ । निर्वाचन आयोगले २ मंसिरमा गर्न सुझाव दिएपनि सरकारले ४ मंसिरमा गर्ने गरी मन्त्रिपरिषदबाट सिफारिश गर्ने बुझिएको छ । २ मंसिर शुक्रबार परेको र मुसलमान समुदायले आफूहरुको नमाज पढ्ने दिन भएकाले सार्न आग्रह गरेपछि सरकारले आइतबार पार्ने भएको हो । ४ मंसिरको आइतबार एकै […]
धनगढीः सुदूरपश्चिम सरकारले यहि असार १ गते नै आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सभामा बजेट प्रस्तुत गरेको थियो। प्रदेश सरकारले आगामी वर्षका लागि झण्डै पौने ३७ अर्बको बजेट सभामा पेश गरेको हो। तर, उक्त बजेट पास गर्नका लागि अहिलेसम्म पनि छलफल हुन सकेको छैन। सुदूरपश्चिम सरकारले ल्याएको बजेटप्रति सत्ता पक्षकै सांसद विरोधमा उत्रिएका […]
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठकमा १०६ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको छ । बैठक सुरु हुँदासम्म रजिस्ट्रेसन गर्ने केन्द्रीय सदस्यहरूले सङ्ख्या १०६ पुगेको हो । कार्यकारिणी सदस्य गंगा श्रेष्ठले नेताहरू आउने क्रम जारी रहेकाले कति जना बैठकमा उपस्थित भए त्यो अहिले भन्न नसकिने उनले […]
नागरिक रैबार/ २८ असार बाजुरा । बाजुराको जिल्ला समन्वय समिति एमालेको बन्ने पक्का भएको छ। बुढीगंगा नगरपालिकाको जितसँगै जिल्ला समन्वय समिति एमालेको बन्ने पक्का भएको हो। असार २३ गते भएको पुनः मतदानको परिणाम आईतबार सार्वजनिक भएको थियो। सार्वजनिक मत परिणाम अनुसार नगर प्रमुखमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपप्रमुखमा एमालेकै माया कुमारी खड्का (कुँवर) निर्वाचित […]
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । लिउ नेतृत्वको प्रतिनिधि मण्डल र अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो । लिउ र ओलीबीचको भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल पनि सहभागी रहेको एमाले […]
नागरिक रैबार/बाजुरा २७ असार। बढीगंगा नगरपालिकाका नवनिर्बाचित नगर प्रमुख रामबहादुर बाँनियाले पद तथा गोपनियताको शपग ग्रहण गरेका छन् । असार २३ गते भएको निर्बाचनबाट नगरप्रमुखमा निर्वाचित भएपछि बानियाँले आज मार्तडीमा मुख्य निर्वान अधिकृत समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । नगर प्रमुखको शपथ ग्रहणपछि उनलेआजै उप–प्रमुख तथा पालिकाका अन्य जनप्रतिनिधिहरुलाई पनि पद तथा […]