होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगेका छन् । नेकपा अध्यक्षद्धयको सम्वाद टुटेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु खुमलटार पुगिरहेका छन् । ज्ञवाली पछिल्लो तीन दिनमा खुमलटार पुग्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट तेस्रो […]
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् । सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहका वडामा गएर १८ देखि […]
१४ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोको एसियाली मुलुकको भ्रमणले यतिबेला भूराजनीतिक तरंग सिर्जना गरेको छ । अमेरिका र भारतका बीचमा भएको टु प्लस टु मन्त्रिस्तरीय वार्ता, रक्षा सूचना आदान–प्रदानसम्बन्धी सम्झौता र क्षेत्रिय मुद्दाहरुमा भएका केही प्रारम्भिक सहमतिले दक्षिण एसियाली मुलुकमा शक्ति राष्ट्रहरुवीचको संघर्ष आगामी दिनमा बढ्ने स्पष्ट संकेत देखिएको छ । पम्पियोले नेपालको […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई जिल्लामा निर्माणको काम लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कामनै नगरी योजना अलपत्र पार्ने ठेकेदारको लिष्ट तयार गरी कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिएका हुन् । निमार्ण […]
काठमाडौं । कोरोनाको कहरलाई कारण देखाउँदै सत्तारुढ दल नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक एक महिना पर सारिएको छ । तर यही कार्तिक १५ देखि १७ सम्म बस्ने भनिएको बैठक मंसिर १५–१७ मा पुर्याउनुमा कोरोनामात्रै कारण नरहेको नेताहरु बताउँछन् । ‘कोरोना एउटा कारण त बनेको छ तर सबै कारण कोरोनामात्रै भन्न सकिँदैन । नेताहरुमा […]
काठमाडौं । ज्यादै नै कठिन समयमा हुन लागेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको मिति आउन अब ५ दिनमात्रै बाँकी छ । प्रत्येक ४÷४ वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबारका दिन चुनाव हुने अमेरिकी संविधानको प्रावधान अनुसार यो वर्ष नोभेम्बर ३ मा निर्वाचनको मिति तय भएको हो । आगामी कार्यकालको राष्ट्रपतिको लागि अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट हालका राष्ट्रपति डोनाल्ड […]
१३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले चीन र दक्षिण एशियाली मुलुकबीचको सम्बन्धलाई भडकाउन खोजेको चीनस्थित युनान विश्व विद्यालयका प्रोफेसर युआन छुनले गुनासो गरेका छन् । प्रोफेसर युआन छुन युनान विश्वविद्यालयको मार्क्सवादी अध्ययन स्कुलका डेपुटी डिन हुन् । हालै अमेरिकी विदेशमन्त्री पम्पियोले भारतलगायत दक्षिण एसियाली मुलुकहरुको भ्रमण गरेको सन्दर्भलाई चीनले कसरी हेरिरहेको छ भनेर […]
१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कात्तिक २१ गते पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । यसअघि असोज १९ गते बोलाइएको बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका लगायतका विषयमा छलफल हुने बताइएको […]
१२ कात्तिक, झापा । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले […]
१२ कात्तिक, काठमाडौं । पछिल्ला केही महिनायताका घटनाक्रमलाई नियाल्ने हो भने चीनसँग सीमा विवाद बढेसँगै भारत अमेरिकासँग अलि नजिकिएको देखिन्छ । चीनले पनि सीमा विवादका सम्बन्धमा आफूसँगको बार्गेनिङमा बलियो रुपमा प्रस्तुत हुनका लागि भारत अमेरिकासँग नजिकिएको प्रतिक्रिया दिइरहेको छ । केही महिनायता भारत र अमेरिकाका उच्च अधिकारीहरु निरन्तर संवाद र सम्पर्कमा छन् । यसै सिलसिलामा […]
१२ कात्तिक, काठमाडौं । कोरोना महामारीका बाबजुद भारतको बिहारमा विधानसभाका लागि आज पहिलो चरणको मतदान जारी छ । मतदान तीन चरणमा हुने छ । आज पहिलो चरणमा १६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको हो । ९५२ पुरुष र ११४ महिला गरी १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् । दोस्रो चरणको मतदान ३ […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे केन्द्रीय समिति बैठक निर्धारित मितिमा बस्ने÷नबस्ने अनिश्चित भएको छ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले महाधिवेशनको तयारीस्वरुप कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने समय निर्धारण गरेको थियो । तर, निर्धारित समय आउन ३ दिनमात्रै बाँकी रहँदा बैठक बस्ने या सर्ने भन्ने […]
१२ कात्तिक, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त एमी कोने ब्यारेटले शपथग्रहण गरेकी छन् । उदारवादी भनेर चर्चित न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएपछि रिक्त स्थानमा अमेरिकी राष्ट्रपति ट्रम्पले गत सेप्टेम्बर २६ मा ४८ वर्षीय ब्यारेटलाई न्यायाधीश मनोनयन गरेका थिए । राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटले सोमबार पारित गरेको थियो […]
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा २ नम्बर प्रदेश कमिटी सदस्य मानपुर चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज ट्वीटमार्फत उनले चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गरेका हुन् । सप्तरी, कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज निधन भएको […]
११ कात्तिक, काठमाडौं । उनको जम्म नेपालमा भएको हो । उनले (आग्रहमा नाम नराखिएको) भारतको गोर्खा रेजिमेन्टमा झण्डै २८ वर्ष काम गरे र सुवेदारबाट अवकाश पाए । तर, यतिबेला उनले आफू राज्यविहीन भएको महसुस गरिरहेका छन् । उनी भारतको नागरिकता प्राप्त गर्न चाहान्छन् तर अहिलेसम्म पाएका छैनन् । उनले भने, ‘मेरो जन्म पोखरा नजिकैको एउटा […]
दिलनिसानी मगर । खास त यसरी जोत्नु पर्छ हलो, यसरी रोप्नु पर्छ धान, यसरी काट्नुपर्छ घाँस, यसरी मस्काउन पर्छ भाँडा भनेर सिकाउनु पर्ने हो। तर आज यसरी गर्नुपर्छ नेताको चाकडी भनेर लेख्दैछु। यो कुनै जीवन उपयोगी सीप त हैन तर जीवन जिउने कलाचाहिँ पक्कै हो । नेपालको शक्ति केन्द्रसँग चाकडीको थरीथरीका नमूनाहरू ठोक्किन पुग्छन् र […]
नागरिक रैबार/बाजुरा १० कार्तिक। भिरबाट लडेर शक्त घाईते भएका बडीमालिका नगरपालिका ९ रतुडाका मानसिंगे चंदाराको उपचारका लागि नेकपा बडीमालिका ९ नम्बर वडा कमिटी अध्यक्ष राजेश पायल विकले आर्थिक सहयोग गरेका छन् । नेकपा वडा ९ नम्बर वडा कमिटीका अध्यक्ष विकले चंदाराको उपचारका लागि रु चारहजार आर्थिक सहयोग गरेका हुन् । घाईते चंदाराको घरको आर्थिक अवस्था […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् । विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै घरपरिवारमा मात्रै दसैँ मनाउन आग्रहसमेत गरेका छन् । सुदूरपश्चिमबासीका नाममा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा […]
१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे […]
नागरिक रैबार/बाजुरा ८ कार्तिक। नेपाली काँग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डितको गाउँ खाली हुँदै नेकपामा प्रवेश गर्नेको लर्को लागेको छ । काँग्रेस सभापतिको गाउँबाट काँग्रेसकै सक्रिय कार्यकर्ताहरु पार्टी छाडेर नेकपामा प्रवेश गर्न थालेपछि पार्टी सभापति पण्डितलाई ठुलो झट्का लागेको छ । नेकपा बडीमालिका १ वडा संगठन कमिटीले गत असोज ५ गते वडामा आयोजना गरेको दोस्रो […]