होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले शुक्रबार राजधानीमा गरेको प्रदर्शनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक नारा लगाएका छन् । उनीहरुले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले ‘असंवैधानिक कु’ गरेको आरोप लगाउँदै त्यसको खारेजीको माग गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र विरोधीको संज्ञा दिँदै उनको असंवैधानिक कदमका कारण जनताले दुःख पाएको […]
१० पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ । ‘हामी जिउँदै छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ । […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने भएको छ भने ओली समूहले प्रचण्ड–नेपाल समूहका गतिविधिको राजनीतिक रूपमा प्रतिकार गर्ने भएको छ। विभाजनको कानुनी र राजनीतिक प्रक्रियामा लागेका दुवै समूह आफूलाई आधिकारिक नेकपा दाबी गर्दै एकअर्काको […]
काठमाडौं । स्थिर सरकार र एउटै कम्युनिस्ट केन्द्र बनाउने वाचासहित ०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। पार्टी एकता ३१ महिना पनि टिक्न सकेन। अन्ततः यही पुस ७ गते नेकपा दुई टुक्रा भयो। दुवै पक्ष नेकपाकै नाममा वैधानिकताको खोजी गरिरहेका छन्। अर्कातिर एकअर्काविरुद्ध जुध्ने गरी कार्ययोजना बनाई अगाडि बढेका […]
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने चर्चा शुरु भएको छ । पछिल्लो पटक भारतबाट उच्चस्तरीय भ्रमण हुँदै गर्दा ओली पनि पछिल्लो समय दुई देशबीचको समस्या समाधानका लागि भारत भ्रमणमा जान चाहेको उच्च स्रोतले जनाएको छ । यसका लागि भित्रभित्रै छलफल सुरु भएको स्रोतको दावी छ । नेपाल–भारतको बीचमा देखिएको सीमा समस्याको बारेमा राजनीतिक रुपमा […]
९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३०औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेस गरेका हुन् । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहकाबीच प्रमुख […]
९ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ सरकारमा परिणत भएको विज्ञहरूले बताएका छन् । त्यसकारण अब ओली सरकारले दीर्घकालीन महत्वको कुनै पनि निर्णय लिन नपाउने उनीहरूको भनाइ छ । संविधानविद् डा. भीमार्जुन आचार्यका अनुसार ५ पुसदेखि […]
काठमाडौं । नेकपाको प्रचण्ड माधव समुहका सबै केन्द्रीय सदस्यहरु शुक्रबार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएका छन् । उनीहरु १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने भएका हुन् । यसअघि केन्द्रीय समितिका निर्णयहरु आयोगलाई जानकारी गराएको प्रचण्ड -नेपाल पक्षले नेकपाको आधिकारिकताका लागि आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर र बैठकका निर्णयहरु बुधबार आयोगमा […]
प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बिहीबारको केन्द्रीय समिति बैठकको पृष्ठभूमि परिवर्तन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको पृष्ठभूमिमा सूर्य चिन्ह र हँसिया हथौडा अंकित ब्यानर राखिएको छ । यसअघि मंगलबार बसेको ओली पक्षको बैठकमा हँसिया हथौडा भएको झण्डामात्रै राखेको ओली समूहले बिहीबारको बैठकमा सूर्य चिन्हसमेत राखेको हो । बिहीबारकै बैठकमा पूर्वमाओवादी पक्षका […]
नेकपाको प्रचण्ड-माधव नेपाल पक्षद्वारा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । थापाथलीमा बिहीबार बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । जसअनुसार पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा […]
काठमाडौं । नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने निर्णय गरेकाे छ । बिहीबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएकाे सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विराेध प्रदर्शन घाेषणा गरिएकाे उनकाे भनाइ छ। काँग्रेस वरिष्ठ […]
९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधवसमूहको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको छ । बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको बैठकले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको नेता भीम आचार्यले जानकारी दिए । ‘नयाँ सरकार बनाउन सकिन्छ, संसद ज्युँदै छ […]
९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधव समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक सुरु भएको हो । बिहीबारको बैठकमा यसअघि केपी समूहमा रहेको भनिएका शेरबहादुर तामाङ र उषाकला राई पनि सहभागी भएका छन् । केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत […]
काठमाडौं : पार्टीका दुई खेमा अलग्गिएसँगै जनमानसमा एउटा जिज्ञासा व्याप्त छ– नेकपा र सूर्य चिह्न कसको होला ? विज्ञहरू यसका तीनवटै सम्भावनाबारे मत राख्छन्– १. ओली समूहको २. दाहाल–नेपाल समूहको ३. कसै न कसैको (निलम्बन हुने) यसका आधारमा तीनै किसिमका वस्तुस्थिति छन्– १. ओलीतिर प्रथम अध्यक्ष र महासचिव सहितको निर्णय छ। २. दाहाल–नेपालतिर साविक केन्द्रीय […]
काठमाडौं : प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित दायर गरिएका सबै रिटको सुनुवाइ अब एकसाथ संवैधानिक इजलासमा हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले बुधबार एक दर्जन रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको हो। अब सबै रिटमा शुक्रबार एकसाथ सुनुवाइ हुनेछ। सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय कार्यान्वयन नगर्न तत्कालका लागि माग गरिएको अन्तरिम आदेश दिन […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षका केन्द्रीय समिति समिति बैठक बिहीबार बस्दैछ । ओली नेतृत्वको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक थापाथलीस्थित कार्की बैंक्वेटमा बस्दैछ । ओली पक्षको दिउँसो १ बजे बस्नेछ भने प्रचण्ड–नेपाल पक्षको पनि १ बजे नै बस्नेछ । यसअघि सो पक्षको बैठक ११ […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताए । प्रदर्शनको मति र कार्यक्रम भोलि ९ गते बस्ने बैठकले तय गर्ने उनको भनाइ छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा जानुपर्नेमा जोड […]
चर्चित अभिनेत्री तथा राप्रपा संयुक्तकी सहमहामन्त्री रेखा थापाले आगामी निर्वाचनमा पुरुष उमेरद्वारलाई भोट नदिन आग्रह गरेकी छन्। एक कार्यक्रमा बोल्दै थापाले नेपालमा आधा आकाश ढाक्ने महिलालाई ३३ प्रतिशत आरक्षण रहेपनि पूर्णरुपमा पालना नभएको र मानसिक रुपमा सबै परिवर्तन नभै हुन नसक्ने बताइन्। विश्वमा ५५ करोड महिला अझै अशिक्षित रहेको र प्रयेक ९० सेकेन्डमा एक महिला […]
काठमाडौं ,–नेकपा विवाद र विभाजनमा अहिलेसम्म तटस्थ बसेका गृहमन्त्री राबहादुर थापा बादल अब भने खुल्ने भएका छन् । बादलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमप्रति आपत्ति जनाउँदै पदबाट राजीनामा दिने भएका छन् । बादलले मंगलबार भैंसेपाटी पुगेर नेता वामदेव गौबतमसँग भेटेका थिए । लगत्तै बादललाई भेट्न प्रचण्ड मन्त्री निवास पुलचोक पुगे । त्यस क्रममा […]
काठमाडौं। संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइमा सरकारको निर्णयविरुद्ध कुनै अन्तरिम आदेश दिन अस्वीकार गरेलगत्तै प्रधानन्यायाधीश चालेन्द्रसमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मञ्च साझा गरेका छन् । सुनुवाइका क्रममा सबै मुद्दाको शुक्रबार संवैधानिक इजलासमा पेशी तोकेर प्रधानन्यायाधीश महान्यायाधीवक्ताको कार्यालयको भवन उद्घाटन कार्यक्रममा गएका थिए । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाले […]