होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपाको दुवै पक्षले स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी ओली पक्षले बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षले कोटेश्वरमा बैठक बोलाएका हुन् । ओली पक्षको बैठक बालुवाटारमा जारी छ भने प्रचण्ड–माधव पक्षको बैठक दिउँसो ३ बजेबाट बस्दैछ । कोटेश्वरमा बस्ने बैठकमा ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन र सांगठानिक विषयमा छलफल गर्ने […]
१ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए । गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिए ।
कैलाली । नेपाल कम्युनिस्ट पार्टी राजनीतिक रुपमा विभाजन भएसँगै नेकपाको ओली पक्षले आफ्नो सबैभन्दा कमजोर अवस्था रहेको सुदूरपश्चिम प्रदेशमा धमाधम पद बाँडेर अस्तित्व रक्षा गर्ने रणनीति अख्तियार गर्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा नेकपाको प्रचण्ड–माधव पक्षको राजनीतिक अवस्था ओली पक्षको तुलनामा निकै बलियो देखिएको छ । त्यसैले पनि ओली पक्षले केन्द्रीय सदस्य पद बाँडेर भए […]
१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । प्रचण्ड-माधव समूह काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘यो झुटोसुटो कुरालाई हो कि भन्ने पार्न सक्ने क्षमताचाहिँ केपीमा रछ ।’ ओलीले विभिन्न सार्वजनिक मञ्चबाट लगाएका आरोपहरुको खण्डन गरे । […]
राजनीतिक अस्थिरता अन्त्य गर्नेगरी पाँच वर्षे म्याण्डेट पाएको नेकपा सरकारले दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् विघटन गरिदियो । पार्टी कलह बढ्दै जाँदा प्रधानमन्त्री केपी ओलीले अन्ततः संसद् नै विघटन गरेपछि नेकपा विभाजित भयो । निर्वाचन आयोगको वैधानिकता कुरिरहेका दुवै समूहका नेताहरू यतिखेर देश दौडाहामा छन् । दौडाहाको दौरानमा जनताको बहुदलीय जनवाद (जबज) को आत्मा […]
‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका वरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’ मंगलबार राति नेकपा प्रचण्ड–माधव नेपाल समूहका प्रभावशाली नेता योगेश भट्टराईको ट्वीट हो यो । उनको ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि निर्वाचन आयोगसहित अन्य संवैधानिक निकायमा सेटिङ मिलाएको संकेत गरिएको बुझिन्छ । हालै […]
काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरिएको छ । आयोगका दशौं बर्षदेखि काम गरिरहेका कर्मचारीहरुको सरुवा नभइरहेका बेला आयोगमा जिम्मेवारी सम्हालेको १० महिनामै गौतमको नेपाल कानुन आयोगमा सरुवा गरिएको आयोगको उच्च स्रोतले जानकारी दियो । उनको ठाउँमा […]
पोखरा– नेपाल कम्युनिस्ट पार्टी नेकपाबीच औपचारिकरुपमा विभाजित नभए पनि गण्डकी प्रदेशमा दुबै समूह अलग अलग संगठन विस्तारमा लागिसकेका छन् । पार्टी संस्थापनको पक्षको लडाईँमा रहेका नेकपाको दुबै समूहले जिल्ला जिल्लामा भेला प्रशिक्षणहरू गरिरहेका छन् ।दुवैसमूहले पार्टीको आन्तरिक भेला प्रशिक्षण राखे पनि खुला कार्यक्रम गरेका छन् र बहुमत कार्यकर्ता देखाउने प्रयासमा छन् । प्रदेशका हरेक जिल्लामा […]
काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस शुरु गर्दै वृहत् पूर्ण इजलासको माग गरेका छन् । बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्षले भने असहमति जनाएको छ । सरकारी पक्षलाई बृहत् पूर्ण […]
नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा चढेको गाडी रास्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु अछामका युवा र बिद्यार्थीले तोडफोड गरेका छन् । नेकपा अछामको पार्टी कार्यालय नजिक तोडफोड गरिएको हो । अध्यक्ष थापा चढेको प्रदेश ३ –०१ ०२३ च ७०६९ नम्बरको गाडी तोडफोड गरिएको हो । रास्ट्रिय युवा संघका केन्द्रिय सदस्य दिपक कुवरले प्रधानमन्त्री केपी शर्मा […]
रामबहादुर बि.क/बाजुरा २८ पुस। बाजुरामा राष्ट्रिय किसान महिला महासंघ शाखा विस्तार गरिएको छ । आज एक औपचरिक कार्यक्रमको आयोजना गरी उतm शाखा विस्तार गरिएको नेपाल महिला संघ बाजुराकी अध्यक्ष अमृता सिंहले बताइन् । जमना विक अध्यक्ष रहने गरी ११ सदस्यीय समिती शाखा विस्तार गरिएको बताइएको छ । जसमध्य उपाध्यक्ष सुनमती रावल ,कमला रावललाई चयन गरिएको […]
२८ पुस, पोखरा । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताएका छन् । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत विराधी आन्दोलनबाटै चिनेको बताए । ‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर’, प्रचण्ड भने । प्रचण्डले माधव […]
काठमाडौं । नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् । कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । ‘नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् । भएन भने आँधीहुरी चल्छ’ प्रचण्डले सम्बोधनका क्रममा कार्यकर्ताहरुलाई भने, ‘यसमा […]
मेरो गुरु हुनुहुन्छ, भुवन ढुंगाना । उहाँले आफ्नो पुस्तक परित्यक्तामा लोग्ने मान्छे, स्वास्नी मान्छे, त्यसपछि मान्छेहरु खोज्नु भएको छ, त्यसपछिका विचारहरु खोज्नु भएको छ । पुस्तकको निचोड छ, मान्छेले देहले आत्महत्या गर्ने होइन, विचारको हत्या गर्छ । त्यसकारण अहिलको प्रश्न आत्महत्या गर्ने कि नगर्ने भन्ने हो । यो भनेको विचारलाई सक्ने कि नसक्ने भनेको हो […]
२८ पुस, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मध्यावधि निर्वाचनको घोषणा जनताको ध्यान भड्काउन फालिएको तुरुप भएको बताएका छन् । वीरगञ्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘निर्वाचनको घोषणा गरिसकेपछि सरकार काम चलाउ हुन्छ, तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ ठान्नु भएको छैन, सरकार विस्तार गर्नुभएको छ । निर्वाचनको नाममा […]
२८ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनाको सम्बन्धमा सर्वोच्च अदालतले छिटो फैसला दिनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन धनुषाले मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले सर्वोच्चबाट संसद पुनर्स्थापना या निर्वाचनको जुनसुकै निर्णय आए पनि मान्न तयार रहेको बताए । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्चमा एक दर्जन बढी […]
२८ पुस, कैलाली । पुस १७ गते नेकपा दाहाल-नेपाल समूहले नेकपा ओली पक्षका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा र कैलाली जिल्ला अध्यक्ष रतन थापालाई कारबाहीको लागि सिफारिस गरेको थियो । दाहाल-नेपाल समूहले आयोजना गरेको प्रदेश कमिटीको चौथो बैठकले दुवैजनालाई कारबाही गर्न सिफारिस गरेको हो । उक्त बैठकमा साबिकका इन्चार्ज भीम रावल सहभागी थिए । […]
काठमाडौँ — चौतर्फी अविश्वासबीच कांग्रेस सभापति शेरबहादुर देउवा आगामी वैशाखमै प्रतिनिधिसभा निर्वाचन हुनेमा विश्वस्त छन् । ‘सर्वोच्च अदालतभन्दा जनता ठूलो अदालत हो’ भन्दै उनले पार्टीलाई निर्वाचनको पक्षमा रहेको सन्देश ‘जबर्जस्ती’ दिन खोजेका छन् । पार्टीभित्रै शीर्षस्थ नेताहरूले वैशाखमा निर्वाचन हुने देउवाको भनाइ पत्याइरहेका छैनन् । प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुवै नहुने तर्क गर्दै त्यसपछि उत्पन्न हुने जटिल राजनीतिक […]
२८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताएका छन् । भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमा सम्बन्धी कुनै पनि विवाद नरहेको र भारतसँग भने सानो समस्या रहेको र सन् २०२१ मा त्यो पनि समाधान […]