होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१७ फागुन, काठमाडौं । मानव अधिकारसँग सम्बन्धित तीनवटा संस्थाले संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइ बिना गरिएका नियुक्ति खारेज गर्न माग गरेका छन् । ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर यस्तो माग गरेका हुन्। माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन आग्रह गरेका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले देश विकासमा हातेमालो गर्न आउन आग्रह गरेका हुन् । ‘तपाईहरु सुतली बम पड्काएर नबस्नुहोस्, त्यसले केही हुँदैन’ उनको भनाइ छ । उनले सरकार त्यसतर्फ सकारात्मक भएकाले देश विकास र समृद्धिको पक्षमा लाग्न आग्रह गरे […]
१७ फागुन, पोखरा । नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्याउन प्रचण्ड–माधव समूहलाई आग्रह गरेका छन् । उनले प्रचण्ड–माधव समूह सच्चिने यो अन्तिम अवसर भएकोसमेत बताए । पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर […]
१७ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए । ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै […]
काठमाडौं, १७ फागुन । अहिले जताततै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यासै शिलान्यासका विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । १५ दिनमा दलबलसहित दर्जनौँ सिलान्यासका गरिरहनुभएका प्रधानमन्त्री ओलीले यस बीचमा मात्र तीन दर्जनभन्दा बढी पुल तथा अन्य आयोजनाहरुको शिलान्यास गरेर रेकर्ड नै तोडेजस्तो देखिन्छ । सर्सती हेरौँ प्रधानमन्त्री ओलीले फागुन महिनाको बीच अवधिमा विभिन्न मितिमा शिलान्यास गर्नुभएका […]
१७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो । भोलि मंगलबार स्थायी कमिटी र पर्सि बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बोलाइएको हो । यसअघि ७ […]
काठमाडौँ, १७ फागुन । काँग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहलाई आग्रह गरेको छ । वैधानिक रुपमा नेकपा विभाजन हुने–नहुने टुंगो लाग्न नसक्दा भावी सत्ता समीकरण अन्योलमा बढ्दै गएको छ । काँग्रेसले प्रधानमन्त्री ओलीलाई पार्टी […]
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । उनले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको रातोपाटीलाई जानकारी दिए । […]
काठमाडौँ — बालाजु बाइसधाराकी आशामाया खड्गीको घर सात वर्षअघि सडक विस्तार गर्न काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले भत्काइदियो । घर भत्काइदिएको दिनदेखि नै बस्ने ठाउँसमेत नपाएको भन्दै उनी गुनासो गर्दै हिँडेकी छन् । बालाजुमा सडक विस्तार गर्ने नाममा मुआब्जासमेत नदिई घरजग्गा मासिदिएको विरोधमा आइतबार काठमाडौं महानगरको कार्यालयमा प्रदर्शन गरिँदै। आइतबार उनी महानगर घेराउ कार्यक्रममा पनि सहभागी भइन् । […]
काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिसकेको छ । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरेपछि इजलासकै आदेशअनुसार सरकारले बैठक आह्वानका लागि सिफारिस गरेको हो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्षलाई राजनीतिक रुपमा समाधान गर्न नसकेपछि सो पार्टीका एक अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा […]
१७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए । तर, दुवै बैठकको मिति भने तोकिएको छैन । […]
काठमाडाैं, १६ फागुन । मन्त्रिपरिषद्ले २३ गते संसद् बैठक बस्नेगरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीति झन् अन्योलग्रस्त हुनेछ । संसद् अधिवेशन सुरु हुनुअघि ओलीले राजीनामा नदिए बैठकमा यो विषय सशक्त रूपमा उठ्नेछ । राजीनामाको विषयले संसद् बैठक नै अवरुद्ध हुने […]
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी […]
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाण्डाैमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताउनुभएको छ । कुनैबेला स्थायी कमिटी […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस कम्युनिस्टको असफलताका कारण बिदेशी प्रभाव र चलखेल बढेको बताएका छन् । आज काठमाडौंमा पार्टीको भातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रबादी आन्दोलनको आवश्यकतामा भएको बिचार व्यक्त गरे। राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाई गलत भएको पुष्टि भएको […]
१५ फागुन, चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘पहिले जसरी संसद् चलेको थियो, त्यही अनुसार संसद् चल्छ । अब […]
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रधानमन्त्री केपी ओलीको प्रहार धेरै भएपछि पार्टी एकतामा संकट पैदा भएको बताएका छन् । जाउलाखेलमा शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू अन्यायमा परेको बताए । न्याय र सत्यका पक्षमा बोलिदिन पनि प्रचण्डले शिक्षकहरुलाई आग्रह गरे । कार्यक्रममा प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीले म माथिको […]
काठमाडौं, १५ फागुन । सर्वाेच्चले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पोखराको १५ गतेको आमसभा स्थगित भए पनि प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन् । नेकपा ओली समूहको राम्रो पकड मानिएको गण्डकी प्रदेशमा पूर्वनिर्धारित कार्यक्रमअनुसार एक लाख मानिस उतारेर शक्ति प्रदर्शन गर्ने दाबी गरिए पनि स्थगित भएको छ । प्रधानमन्त्रीका विश्वासपात्र प्रदेश पार्टी इन्चार्ज एवं मुख्यमन्त्री […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव भएको बताएका छन्। ललितपुरको जावलाखेलमा शनिबार आयोजित प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरूको राष्ट्रिय भेलामा प्रचण्डले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताए। ‘फेरि केपी ओलीसँग समहति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत […]