होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कैलाली । नेकपाका बारेमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अस्तित्व समाप्त भएको छ । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा स्थापित भएका कारण संघीय सरकार र प्रदेश सरकारमा त्यसले पार्ने प्रभावबारे लेखाजोगा गर्न थालिएको छ । सर्वोच्चको […]
२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेको छ । साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले मान्यता नदिई पूर्वपार्टीकै हैसियतमा कायम गरिदिएपछि पछि दर्ता भएका किराती र तिवारीको पार्टीलाई खारेज गरेको हो । मंगलबार बसेको आयोगको […]
२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने […]
२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा पार्टी पुनर्गठन प्रक्रिया र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक […]
काठमाडौँ — अदालतले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता खारेज गरिदिएसँगै भावी सत्ता गठबन्धनमा प्रमुख प्रतिपक्ष कांग्रेस र जसपा निर्णायक शक्ति बनेका छन् । यी दुई विपक्षी दलले सत्ता गठबन्धन वा निर्वाचनमध्ये कुन बाटो लिन्छन्, त्यसैबाट भावी राजनीतिको दिशा तय हुने देखिन्छ । कांग्रेस नेताहरूले अदालतको पछिल्लो निर्णयपछि संसद् सहज रूपमा अघि बढ्ने देखेका छैनन् । आइतबारबाटै […]
काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल संयुक्त रुपमा अध्यक्ष रहेको पार्टीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम दिन नमिल्ने फैसला गरेसँगै मुलुकमा राजनीतिक कोर्स परिवर्तन भएको छ । सर्वोच्चको उक्त फैसलासँगै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएका छन् । दुवै दल पार्टी एकताभन्दा अघिको अवस्थामा फर्किएसँगै सत्ता समीकरणका […]
काठमाडौँ — साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा (एमाले)को बोर्ड राखिएको छ । आइतबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो । माओवादी केन्द्रको मुख्यालय पनि एकीकरणअघि कार्यालय रहेको पेरिसडाँडाबाटै सञ्चालन हुने भएको छ । सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि […]
२५ फागुन, विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रलाई व्युँताउने सर्वाेच्च अदालतको फैसलाले राजनीतिक कोर्स नै परिवर्तन गरिदिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई झन् शक्तिशाली बनेका छन् । प्रचण्ड पक्षको साथ छोडेर एमालेमै फर्किने माधव नेपाल पक्षको निर्णयले शेरधन शक्तिशाली बनेका हुन् । ९३ जना सदस्य रहेको १ नम्बर प्रदेशसभामा एमालेका ५१ सदस्य छन् […]
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आ-आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘एमाले र माओवादी केन्द्रलाई सम्भवतः आजै हामी पत्राचार गर्ने तयारीमा छौं ।’ सोमबार अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक विदा भएकाले पत्राचार गर्न नपाएको बताउँदै उनले […]
गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत् रहने र कुनै दलमा प्रवेश गरेमा पद नजाने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, “उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पद तल माथि हुँदैन, उपयुक्त निरुपण गरिन्छ […]
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्। सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन्। (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् […]
२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो दिनको बैठकमा भएको बहिस्कार र नाराबाजीलाई पहिलो गासमै झिँगा भनी टिप्पणी गरेका छन् । आइतबारको संसद बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै नेकपाको प्रचण्ड–माधव समूहले बहिस्कार गरेको थियो भने विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले रोष्टम घेराउ गरेर नाराबाजी गरेको थियो । […]
काठमाडौं, २४ फागुन । आइतबार संसद् भवनमा संवैधानिक परिषद्सम्बन्धी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को नाराबाजीलाई प्रधामन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणविरुद्धको अध्यादेशमा सरकारको विरोध गरेको भन्नुभएको छ । सोमबार राजधानीमा आयोजित १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधनको सुरुवातमा व्यंग्य हान्न थालेका ओलीले संवैधानिक परिषद्सम्बन्धीको ठाउँमा एसिड आक्रमणविरुद्धको अध्यादेशमा सरकारको विरोध गरेको बताउनुभएको छ […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल कुन हो भनेर अदालतमा गएर बुझ्न भनेका छन् । हिजो बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्ड नेपाल समूहका सांसद भीम रावलले प्रधानमन्त्रीको दल कुन हो भनेर प्रश्न गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले अदालतले आफ्नो दलका बारेमा बोलेको र त्यही गएर सोध्न भनेका हुन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा […]
काठमाडौँ– नेकपा नामको विवादमा सर्वोच्च अदालतले फैसला दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपा एमाले ब्यूँताउन लागिपरेको छ । सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो । विभिन्न जिल्लामा रहेका पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राख्न थालिएको छ । मकवानपुर, मोरङ, नुवाकोट, पर्वतलगायतका जिल्लामा ओली पक्षका कार्यकर्ताले पार्टी […]
धनगढी: सुदूरपश्चिम प्रदेश सभाका सदस्य महेशदत्त जोशी प्रचण्ड–नेपाल समूहमै फर्किएका छन्। पूर्व माओवादी पृष्ठभूमिका सांसद जोशीले सोमवार काठमाडौंमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रचण्ड–नेपाल समूहमा फर्किएको घोषणा गरेका छन्। जोशी संसद विघटनपछि ओली समूहमा लागेका थिए।सांसद जोशी प्रदेशसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका हुन् ।
काठमाडौँ । (नेकपा) को नाम विवादमा सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेपछि नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । एकातिर सर्वोच्चको फैसलाले निवेदकको माग दाबीभन्दा बढ्ता निर्णय सुनाएको भन्ने आलोचना सुरु भएको छ भने अर्कोतिर फैसला कार्यान्वयन गर्दा निर्वाचन आयोगलाई अर्को जटिलता थपिने भएको […]
२४ फागुन, काठमाडौं । एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् । एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुनेछ ।
२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतले भनिसकेको बताएका छन् । संसदको पहिलो बैठकमा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठेको बताएका थिए । सोमबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले रावलको नाम नलिई […]