होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेलाई डाकिएको छ ।बैठकमा साविकका २४१ जना र फागुन २८ मा मनोनित २३ सहित २६४ सदस्यहरूलाई खबर पठाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा अध्यक्ष आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र लुम्बिनी प्रदेशमा पार्टी ह्विप विपरित ‘फ्लोर क्रस’ […]
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले एकै दिन बैठक बोलाएका छन् । नेकपा एमालेले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ भने माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको हो ।एमालेको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । उनका […]
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जन जातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन् । तर नेपाली काँग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने बताए […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ लाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार थापालाई गृह मन्त्रालयको कार्यभार तोकेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको हो । ओलीको नेतृत्वमा २०७४ फागुन […]
प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् । ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई विजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले विजनेस नदिइकन बैठकको कार्यसूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ । संसदीय अभ्यासविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम […]
कैलाली । नेकपा एमाले माधव–खनाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले कर्णाली प्रदेश जस्तै सुदूरपश्चिम प्रदेशमा पनि हुनसक्ने बताएका छन् । आज नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले शनिबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले पार्टीको विधान नमान्ने, कानुन नमान्ने र […]
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि माओवादीलाई राजनीतिक रुपमा नराम्रोसँग झड्का लागेको छ । सोही फैसलाअनुसार नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र ब्युँतिए पनि तत्कालीन माओवादीका प्रदेशदेखि सङ्घीय संसदसम्म प्रतिनिधित्व गर्ने सांसदहरु एमालेतिर लागे । उनीहरु मुल पार्टीमा नफर्किएपछि माओवादी केन्द्रका १३ सांसदले पद गुमाएका छन् । अर्थात माओवादीले विभिन्न प्रदेश, सङ्घीय प्रतिनिधि सभा […]
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन गरिसक्नुपर्ने हुन्छ । राष्ट्रियसभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति गर्नुपर्ने कानूनी व्यवस्था छ । प्रतिनिधिभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदहरु जहिल्यै पूर्ति गरे पनि हुन्छ । […]
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे । यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको […]
३ वैशाख, सुर्खेत । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ । प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । मतदानमा ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले […]
३ वैशाख, काठमाडौं । कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । भवन उद्घाटनपछि छोटो सम्बोधन गरेका उनले प्रधानमन्त्री ओलीको फोन आएको सुनाए । ‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि’ उनले […]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नयाँ गठबन्धनका लागि नेपाली काँग्रेस, माओवादी केन्द्रर जनता समाजवादी पार्टीले बिहीबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ […]
२ वैशाख, काठमाडदं । नेकपा एमालेका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति ढुंगामुढा भएका बताएका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले गृहमन्त्री बदलको ध्यानाकर्षण गरे । ‘म बसेको घरमा बुधबार राति १२ बजेतिर ५-१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेदेखि नै तीन दल (नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी) पार्टीले गठबन्धन बनाउन प्रयास गरे । तर, त्यो गठबन्धनको प्रयास अहिलेसम्म सफल भएको छैन । प्रयास भने अझै जारी छ । यो प्रयास सकारात्मक दिशामा अघि बढेको नेताहरुले दाबी गरेका छन् । मंगलबार […]
२ वैशाख, पोखरा । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको प्रदेश सभाका […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउन नगर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । नयाँ वर्षको अवसरमा राज्यलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लकडाउनलाई सरकारले अन्तिम उपायको रुपमा मात्र प्रयोग गरिने बताएका हुन् । ‘कतिपयले आज नै लकडाउन भोलि नै लकडाउन गर्छ भनेर हल्ला फैलाए । तर सरकार सकेसम्म लकडाउन चाहँदैन,’ उनले भने, ‘विश्वका अन्य मुलुकहरु […]
विक्रम संवत् २०७८ बुधबारदेखि सुरु भएको छ । विश्वभरका नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष हर्षोल्लास साथ मनाउँदैछन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उनले चेतावनी दिए । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष अोलीले भने, ‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्मालोचना गरेर […]
काठमाडौँ, चैत २९ । जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने सङ्केत गरेका छन् । उनले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री ओलीविरुद्ध प्रस्ताव लैजानुस् नत्र जसपालाई साथ दिनुस् भनी आग्रह गरेका छन् । यसरी प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजान जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र […]