होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धीलगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।
राष्ट्रियसभाको रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले-एमालेबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ भने माओवादीले एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । वाम बुद्धिजीवी देवकोटालाई माओवादी, नेपाली काँग्रेस र माधव नेपाल […]
काठमाण्डौ – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उहाँले यदि सत्यानाश हुनबाट डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्याउन आग्रह गर्नुभएको छ । उहाँले आफूमात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताउनुभएकाे छ । उहाँले भन्नुभएको छ, ‘हामी त […]
विपक्षी गठबन्धनले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेको खनाल-नेपाल पक्षका देवकोटालाई काँग्रेस माओवादीको पनि समर्थन रहने छ । मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादव बीचको छलफलबाट देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको […]
२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका छन् । हात्तिबनस्थित एक घरमा भएको भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको एक नेताले बताए । जसपाका एक नेताका अनुसार प्रचण्ड र यादवसँग विश्वासको मतलाई कसरी […]
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा बुझाएको समर्थन फिर्ता पत्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम चालेको, मुलुकका राष्ट्रिय मुद्दालाई सौदावाजीको विषय बनाएको तथा कोरोना महामारी नियन्त्रणमा असफल भएको’ आरोप लगाएको छ । त्यस्तै संविधानको ठाडो उलंघन गरेको, लोकतान्त्रिक मूल्यमान्यता […]
नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको छ । मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो । माओवादीका मुख्य सचेतक देव गुरुङले पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली […]
काठमाडौँ — प्रतिनिधिसभाको अधिवेशन सुरु हुनु ६ दिनअघि एकै पटक सातवटा अध्यादेश जारी गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार यौनहिंसा, फौजदारी कसुर तथा कार्यविधि, औषधि, संवैधानिक परिषद्, सामाजिक सुरक्षा, नेपाली प्रहरी र प्रदेश प्रहरी अनि तेजाब प्रहारसम्बन्धी अध्यादेश जारी गरेकी हुन् । महान्यायाधिवक्ता रमेश बडालले यसअघि नै जारी भएका अध्यादेशलाई फेरि जारी गरिएको बताए । […]
२२ वैशाख, काठमाडौं । सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन सुरू गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब संकलन हुने संसद सचिवालयले जनाएको छ । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि आज […]
२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दोहोरो दबाब परेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पनि समेटेर विश्वासको मत लिन ओलीलाई उनकै समूहबाट दबाब परेको छ। त्यस्तै खनाल–नेपाल पक्षले पनि आफूहरू पार्टी मिलाउने पक्षमा रहेको तर निषेध गरेर जाने हो भने अप्रिय निर्णय लिन सक्ने सन्देश दिएपछि ओली दोहोरो दबाबमा […]
अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार गरेर अघि बढ्ने रणनीति बनाईसकेका छन्। उता आफूलाई एकल बहुमत प्राप्त दलको मुख्यमन्त्री दाबी गरिरहेका पोखरेलले भने […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । ‘समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको हो । समर्थन त हाम्रो पहिले पनि थिएन’, स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने । बुधबारदेखि समर्थन फिर्ता हुने उनले […]
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसहितको समर्थनमा ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रले १७ असोज […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए । उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । उनले नागरिकको […]
कोरोनाको महामारीकै नीचमा आगामी बैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिभासको बैठक बस्दैछ । प्रधानमन्त्रीले आफूसँग बहुमत सदस्यको विश्वास छ कि छैन भनेर जाँच गर्न यो अधिवेशन डाकिएको हो । बैठकमा प्रधानमन्त्रीको पक्ष र विपक्षमा सांसदहरुले मतदान गर्नुपर्ने छ । तर, धेरैजना सांसदहरु कोरोना पोजेटिभ भएर अहिले आइसोलेसनमा छन् । कोरोना पोजेटिभ देखिएका सांसदहरुले एउटै […]
२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो साढे ३ बजे कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । पछिल्ला केहीदिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ र स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि अस्पतालमा बेड उपलब्ध गराउन […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) फेरि मन्त्रिपरिषद बैठक बोलाएका छन् । हिजो आइतबार मात्रै मन्त्रिपरिषद बैठक बसेको थियो । भोलिपल्टै प्रधानमन्त्रीले पुनः अर्को बैठक बोलाएका छन् । तर, बैठकको एजेण्डाबारे मन्त्रीहरुलाई पूर्व जानकारी गराइएको छैन । मन्त्रिपरिषद बैठक आज ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले […]
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुसँग स्पष्टीकरण सोधेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन सांसदलाई स्पष्टीकरण सोधेका हुन् । सांसदहरु समिना हुसेन, कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले पुष्टि गरे । ‘तीन जनालाई सोधिएको स्पष्टीकरणको […]
२० वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी […]